सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

मलेसियाविरुद्धको चौथो खेलमा नेपाल विजयी

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, आश्विन २१, २०८२
|
|
४६ पटक हेरिएको
Shares
मलेसियाविरुद्धको चौथो खेलमा नेपाल विजयी

सारांश

  • नेपाली महिला क्रिकेट टीमले मलेसियाविरुद्धको टी–२० सिरिजको चौथो खेलमा जित हासिल गरेको छ ।
  • मंगलबार सम्पन्न खेल नेपालले मलेसियालाई ६ विकेटले जितेको हो ।
  • मलेसियाले दिएको ११२ रनको लक्ष्य पछाएको नेपालले १७.

२१ असोज, काठमाडौं ।

नेपाली महिला क्रिकेट टीमले मलेसियाविरुद्धको टी–२० सिरिजको चौथो खेलमा जित हासिल गरेको छ । मंगलबार सम्पन्न खेल नेपालले मलेसियालाई ६ विकेटले जितेको हो । मलेसियाले दिएको ११२ रनको लक्ष्य पछाएको नेपालले १७.३ ओभरमा ४ विकेट गुमाउदै ११५ रन बनाएको थियो ।नेपालका लागि कप्तान इन्दु बर्माले सर्बाधिक ४८ रन बनाएकी थिइन् भने रुबिना छेत्रीले २३ र कविता कुँवरले १६ रन बनाएकी थिइन् ।

यसअघि पहिला ब्याटिङ गरेको मलेसियाले २० ओभरमा ५ विकेट गुमाउदै १११ रन बनाएको थियो । यो जितपछि नेपालले जारी सिरिजमा कमब्याक गर्दै २–२ को बराबरी गरेको छ । अब सिरिजको अन्तिम तथा निर्णायक खेल बुधबार हुने तालिका रहेको छ । पहिलो खेलमा तीन रनले पराजित भएको नेपाली महिला टिम दोस्रो खेलमा ६ विकेटले विजयी भएको थियो भने तेस्रो खेलमा १३ रनले पराजय भएको थियो । पाँच खेलको सिरिजमा नेपालले दुई खेल गुमाइसकेको हुनाले मलेसिया २–१ ले अगाडि थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मुग्लिन नारायणगढ सडकखण्डको टोपेखखोलामा २ गाडीमाथि ढुंगा खस्दा ५ जना घाइते
मुग्लिन नारायणगढ सडकखण्डको टोपेखखोलामा २ गाडीमाथि ढुंगा खस्दा ५ जना घाइते
गर्मी बढेपछि सल्यानका दुई पालिकाले गरे विद्यालय बन्द
गर्मी बढेपछि सल्यानका दुई पालिकाले गरे विद्यालय बन्द
राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि नेपाल पुलिसलाई
राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि नेपाल पुलिसलाई
सुर्योदय बहुउदेश्यीय सहकारी संस्था लि. को उद्घाटन
सुर्योदय बहुउदेश्यीय सहकारी संस्था लि. को उद्घाटन
सुनचाँदीको मूल्यमा फेरि कीर्तिमान, सुनको मूल्य २ लाख ७० हजार नजिक
सुनचाँदीको मूल्यमा फेरि कीर्तिमान, सुनको मूल्य २ लाख ७० हजार नजिक
सुरु भयो विशेष महाधिवेशनको बन्दसत्र, विश्वप्रकाशपछि पुगे गगन
सुरु भयो विशेष महाधिवेशनको बन्दसत्र, विश्वप्रकाशपछि पुगे गगन
सडक खन्ने क्रममा माटोको ढिस्को खस्दा दुई मजदुरको मृ*त्यु, एक गम्भीर
सडक खन्ने क्रममा माटोको ढिस्को खस्दा दुई मजदुरको मृ*त्यु, एक गम्भीर
पोलिटब्युरो बैठक आजै सक्न ओलीको रुलिङ, ३२ जनाले राखे धारणा
पोलिटब्युरो बैठक आजै सक्न ओलीको रुलिङ, ३२ जनाले राखे धारणा
न्यायाधीशद्वय वासुदेव र ओमप्रकाशको इजलासमा, रवि र छविको मुद्दामा सुनुवाइ हुँदै
न्यायाधीशद्वय वासुदेव र ओमप्रकाशको इजलासमा, रवि र छविको मुद्दामा सुनुवाइ हुँदै
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर