अहिलेसम्म यो देशमा नेता हुन लायक मान्छे देखिनँ: हर्क साम्पाङ

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, मंसिर २२, २०८२
|
|
३१ पटक हेरिएको
Shares
अहिलेसम्म यो देशमा नेता हुन लायक मान्छे देखिनँ: हर्क साम्पाङ

सारांश

  • श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले देशमा अहिलेसम्म योग्य, भिजनयुक्त र जिम्मेवार नेतृत्व नदेखिएको भन्दै कडा आलोचना गरेका छन्।
  •  सोमबार काठमाडौँमा आयोजित सभामा बोल्दै उनले विगतका निर्वाचित नेताहरुले देशलाई दिशाहीन बनाएको दाबी गरे।
  • साम्पाङले भने, ‘अहिलेसम्म यो देशमा नेता हुन लायक मान्छे उनका अनुसार, नेपालको राजनीतिमा नेतृत्व भन्ने शब्द केवल पद र शक्तिमा सीमित भयो, देश विकासका लागि आवश्यक दृष्टिकोण नभएको प्रमाणित हुँदै आएको छ।

२२ मंसिर, काठमाडौं ।

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले देशमा अहिलेसम्म योग्य, भिजनयुक्त र जिम्मेवार नेतृत्व नदेखिएको भन्दै कडा आलोचना गरेका छन्। सोमबार काठमाडौँमा आयोजित सभामा बोल्दै उनले विगतका निर्वाचित नेताहरुले देशलाई दिशाहीन बनाएको दाबी गरे। साम्पाङले भने, ‘अहिलेसम्म यो देशमा नेता हुन लायक मान्छे उनका अनुसार, नेपालको राजनीतिमा नेतृत्व भन्ने शब्द केवल पद र शक्तिमा सीमित भयो, देश विकासका लागि आवश्यक दृष्टिकोण नभएको प्रमाणित हुँदै आएको छ।

साम्पाङ भन्छन्, ‘यो देशमा हामीले आजसम्म चुनेको नेतामा भिजन थिएन। कसरी यो देशको अर्थतन्त्रलाई उठाउने भन्ने भिजन थिएन।’ उनको आरोप छ कि नेताहरूले विदेशी शक्तिको चाकडी गर्न, अलिकति अनुदान लिन र धेरै ऋण लिनमै आफूलाई सीमित गरे। साम्पाङले थपे, ‘लिएको ऋणले पनि बाटो नबनाउने, घर बनाउने। बरु पुल नबनाउने, आफ्नो सम्पत्ति जोड्ने। यो खालको मान्छेहरुलाई हामीले नेता ठानेर चुनिरह्यौँ।’ विगतका चुनावमा जनता नेतृत्व चयनमा भ्रमित भएको साम्पाङको टिप्पणी छ। उनले भने, ‘भिजन नभएको नेता चुनेको हुनाले ऊ आफैलाई पनि थाहा हुँदैन देशलाई कहाँ पुर्‍याउने?’

साम्पाङका अनुसार, समयको मूल्य नबुझ्ने नेतृत्वले युवालाई समेत दिशाहीन बनाइरहेको छ। उनका शब्दमा, ‘भिजन नभएको नेतालाई समयको महत्व हुँदैन। उसले युवालाई पनि समयको महत्व बुझाउँदैन।’ भ्रष्टाचार र अन्याय बढ्नु पनि गलत नेतृत्व चयनकै परिणाम भएको उनको निष्कर्ष छ। साम्पाङले अन्त्यमा भने, ‘हामी त्यस्ता मान्छेलाई चुनिरह्यौँ जुन मान्छेले भ्रष्टाचारमाथि भ्रष्टाचार गरिरहे, अन्यायमाथि अन्याय गरिरहे।’ साम्पाङले अब नेतृत्व चयनमा जनताले सचेत हुनुपर्ने र भिजनयुक्त व्यक्तिलाई अघि ल्याउनुपर्ने आवश्यकता औंल्याए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यू-१९ महिला विश्‍वकप : बंगलादेश विरुद्ध नेपाल ब्याटिङ गर्दै
यू-१९ महिला विश्‍वकप : बंगलादेश विरुद्ध नेपाल ब्याटिङ गर्दै
विपक्षी दलको अवरोधले मधेश प्रदेशबाट बैठक आज पनि स्थगित
विपक्षी दलको अवरोधले मधेश प्रदेशबाट बैठक आज पनि स्थगित
लगानीकर्ताले नाफा बुक गर्दा २७ अंकले घट्यो नेप्से
लगानीकर्ताले नाफा बुक गर्दा २७ अंकले घट्यो नेप्से
गोरुले कुल्चिएर एक महिलाको मृत्यु
गोरुले कुल्चिएर एक महिलाको मृत्यु
कांग्रेसको नेतृत्वमा मधेस प्रदेशको सरकार गठनका लागि दाबी पेश
कांग्रेसको नेतृत्वमा मधेस प्रदेशको सरकार गठनका लागि दाबी पेश
महिला फुटबल टोलीका प्रशिक्षक वाइल्डले पठाए राजीनामा पत्र, निर्णय हुन बाँकी
महिला फुटबल टोलीका प्रशिक्षक वाइल्डले पठाए राजीनामा पत्र, निर्णय हुन बाँकी
५० रुपैयाँ दरका ४२ करोड नयाँ नोट छपाइका लागि राष्ट्र बैंकले गर्यो चीनसँग सम्झौता
५० रुपैयाँ दरका ४२ करोड नयाँ नोट छपाइका लागि राष्ट्र बैंकले गर्यो चीनसँग सम्झौता
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
विद्युत् अवरुद्ध हुँदा ४८० घरमा तीन महिनादेखि अन्धकार
विद्युत् अवरुद्ध हुँदा ४८० घरमा तीन महिनादेखि अन्धकार
राष्ट्रपति समक्ष अख्तियारले बुझायो वार्षिक प्रतिवेदन
राष्ट्रपति समक्ष अख्तियारले बुझायो वार्षिक प्रतिवेदन