मालपोत कार्यालय टीकापुरका तत्कालीन प्रमुखसहित ८ जनाविरूद्ध भ्रष्टाचार मुद्दा

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, जेठ ६, २०८१
|
|
३० पटक हेरिएको
Shares
मालपोत कार्यालय टीकापुरका तत्कालीन प्रमुखसहित ८ जनाविरूद्ध भ्रष्टाचार मुद्दा

सारांश

  • अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको आरोपमा मालपोत कार्यालय, टीकापुरका तत्कालीन कार्यालय प्रमुख मोहन स्नेही रसाईलीसहित ८ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
  • मालपोत कार्यालय, टीकापुरका तत्कालीन कार्यालय प्रमुख मोहन स्नेही रसाईली र नापी कार्यालय, टीकापुरका तत्कालीन कार्यालय प्रमुख एवं नापी अधिकृत मानबहादुर चन्दसहित ८ जनाविरूद्ध अख्तियारले भ्रष्टाचार मुद्दा दायर भएको हो ।
  • अख्तियारका प्रवक्ता नरहरि घिमिरेका अनुसार मालपोत कार्यालय, टीकापुरका तत्कालीन कार्यालय प्रमुख मोहन स्नेही रसाईली र नायब सुब्बा अग्नी बहादुर शाही र नायब सुब्बा अग्नी बहादुर शाही, टीकापुरका तत्कालीन कार्यालय प्रमुख एवं नापी अधिकृत मान बहादुर चन्द र सर्भेक्षक दशरथ मण्डल, आफ्नो नाममा जग्गाधनी दर्ता प्रमाणपूर्जा बनाउने विन्द्रा रावल, कमल बहादुर रावल, सुशील बहादुर रावल र बिमल बहादुर रावलविरूद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दायर भएको हो ।

 

६ जेठ, काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको आरोपमा मालपोत कार्यालय, टीकापुरका तत्कालीन कार्यालय प्रमुख मोहन स्नेही रसाईलीसहित ८ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

मालपोत कार्यालय, टीकापुरका तत्कालीन कार्यालय प्रमुख मोहन स्नेही रसाईली र नापी कार्यालय, टीकापुरका तत्कालीन कार्यालय प्रमुख एवं नापी अधिकृत मानबहादुर चन्दसहित ८ जनाविरूद्ध अख्तियारले भ्रष्टाचार मुद्दा दायर भएको हो । अख्तियारका प्रवक्ता नरहरि घिमिरेका अनुसार मालपोत कार्यालय, टीकापुरका तत्कालीन कार्यालय प्रमुख मोहन स्नेही रसाईली र नायब सुब्बा अग्नी बहादुर शाही र नायब सुब्बा अग्नी बहादुर शाही, टीकापुरका तत्कालीन कार्यालय प्रमुख एवं नापी अधिकृत मान बहादुर चन्द र सर्भेक्षक दशरथ मण्डल, आफ्नो नाममा जग्गाधनी दर्ता प्रमाणपूर्जा बनाउने विन्द्रा रावल, कमल बहादुर रावल, सुशील बहादुर रावल र बिमल बहादुर रावलविरूद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दायर भएको हो ।

अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) तथा दफा २२ को प्रतिवन्धात्मक व्यवस्थाबमोजिम उनीहरूविरूद्ध २४ करोड ६ लाख ६९ हजार बिगो माग दाबी गरेको छ । उनीहरूले कैलालीको साविक नारायणपुर-८ अन्तर्गतको कित्ता नं. ९०८ को क्षेत्रफल १५-०-० ज.बि. (बिगाह) जग्गा फिल्डबुकमा जंगल भनी कायम भएकोमा कित्ताकाट गरी मालपोत कार्यालय, टीकापुरबाट २०६८ सालमा व्यक्तिको नाममा कायम गरिदिएको अख्तियारको  छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ