Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

भारतबाट बिजुली ल्याउने सम्झौता तीन महिनाका लागि मात्रै नवीकरण

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, चैत्र १५, २०८०
|
|
१४५ पटक हेरिएको
Shares
भारतबाट बिजुली ल्याउने सम्झौता तीन महिनाका लागि मात्रै नवीकरण

सारांश

  • नेपाल र भारतबीच विद्युत् आयात सम्झौता नवीकरण भएको छ ।
  • एक वर्षका लागि हुनुपर्ने सम्झौता २०८१ असार दोस्रो सातासम्मका लागि मात्र भएको हो ।
  • सम्झौता अनुसार भारतको एक्सचेन्ज मार्केटबाट आगामी तीन महिनासम्म ५ सय ५४ मेगावाट विद्युत् आयात गर्न पाइने नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषले जानकारी दिए ।

१५ चैत, काठमाडौं । नेपाल र भारतबीच विद्युत् आयात सम्झौता नवीकरण भएको छ । एक वर्षका लागि हुनुपर्ने सम्झौता २०८१ असार दोस्रो सातासम्मका लागि मात्र भएको हो ।

सम्झौता अनुसार भारतको एक्सचेन्ज मार्केटबाट आगामी तीन महिनासम्म ५ सय ५४ मेगावाट विद्युत् आयात गर्न पाइने नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषले जानकारी दिए । त्यसमध्ये ५ सय मेगावाट ढल्केबर–मुजफ्फरपुर प्रसारण लाइन र ५४ मेगावाट टनकपुरबाट आयात गरिने जानकारी उनले दिए । अहिले नेपालले भारतबाट ६ सय ५० मेगावाट विद्युत् आयात गर्न पाउने व्यवस्था छ ।

एक वर्षका लागि हुनुपर्ने सम्झौता तीन महिनाका लागिमात्र नवीकरण गरेको भारतले विद्युत् परिमाण पनि घटाएको छ । असारपछि नेपालसँग पर्याप्त विद्युत् हुने र निर्यात समेत सुरु हुने भएकाले यो सिजनलाई आपूर्तिमा समस्या नहुने ऊर्जा मन्त्रालयका प्रवक्ता नवीनराज सिंहले बताए । भारतबाट ५५४ मेगावाट विद्युत् आयात गर्दा पनि नेपालको माग धान्न सकिने उनले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इरान-अमेरिका युद्धविराम ६० दिनका लागि विस्तार
इरान-अमेरिका युद्धविराम ६० दिनका लागि विस्तार
महाधिवेशनमार्फत नै पार्टीमा नयाँ दृष्टिकोण र विश्वास बढ्छ: विश्वप्रकाश शर्मा
महाधिवेशनमार्फत नै पार्टीमा नयाँ दृष्टिकोण र विश्वास बढ्छ: विश्वप्रकाश शर्मा
आजको मौसम : देशका पहाडी र तराई भूभागमा वर्षाको सम्भावना
आजको मौसम : देशका पहाडी र तराई भूभागमा वर्षाको सम्भावना
बाजुरामा हिउँदे बर्षासँगै हिमपात, जनजीवन प्रभावित
बाजुरामा हिउँदे बर्षासँगै हिमपात, जनजीवन प्रभावित
सुदूरपश्चिमको धार्मिक पर्यटन प्रवर्द्धनमा सांसदको जोड
जसपाले प्रधानमन्त्रीलाई दियो २ मन्त्री र १ राज्यमन्त्रीको नाम
जसपाले प्रधानमन्त्रीलाई दियो २ मन्त्री र १ राज्यमन्त्रीको नाम
सोमबार राति रद्द भएको दोहाको उडान आज १२ बजे हुने
सोमबार राति रद्द भएको दोहाको उडान आज १२ बजे हुने
कांग्रेस सरकारमा छ तर सत्ताको चाबी वामपन्थीसँग छ : शेखर कोइराला
कांग्रेस सरकारमा छ तर सत्ताको चाबी वामपन्थीसँग छ : शेखर कोइराला
सहकारी प्रकरणमा छानविन समिति बनाउन एकीकृत समाजवादीको माग
सहकारी प्रकरणमा छानविन समिति बनाउन एकीकृत समाजवादीको माग
सरकारले दल विभाजनसम्बन्धी व्यवस्था संशोधन गर्न विधेयक ल्याउँदै
सरकारले दल विभाजनसम्बन्धी व्यवस्था संशोधन गर्न विधेयक ल्याउँदै