जसपाले प्रधानमन्त्रीलाई दियो २ मन्त्री र १ राज्यमन्त्रीको नाम

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, बैशाख ३१, २०८१
|
|
३८ पटक हेरिएको
Shares
जसपाले प्रधानमन्त्रीलाई दियो २ मन्त्री र १ राज्यमन्त्रीको नाम

सारांश

  • अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीले सरकारमा थप दुई मन्त्री र एक राज्यमन्त्री पठाएको छ ।
  • एक पदाधिकारीका अनुसार सचिव प्रदीप यादव र रञ्जु झालाई मन्त्री र सांसद हसिना खान राज्यमन्त्रीमा सिफारिस गरेको हो ।
  • प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यादव स्वास्थ्य तथा जनसंख्या मन्त्री र खान स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी दिने टुंगो लागेको ती पदाधिकारीले बताए ।

 

३१ वैशाख, काठमाडौं । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीले सरकारमा थप दुई मन्त्री र एक राज्यमन्त्री पठाएको छ ।

एक पदाधिकारीका अनुसार सचिव प्रदीप यादव र रञ्जु झालाई मन्त्री र सांसद हसिना खान राज्यमन्त्रीमा सिफारिस गरेको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यादव स्वास्थ्य तथा जनसंख्या मन्त्री र खान स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी दिने टुंगो लागेको ती पदाधिकारीले बताए । झाको मन्त्रालय भने अहिलेसम्म टुंगो लागेको छैन । ‘एक दुई दिन समय लाग्न सक्छ, तर कुनै मन्त्रालय खाली गरेर उहाँलाई दिने कुरा भएको छ’, उनले भने । उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले सोमबार राजीनामा दिएपछि उक्त मन्त्रालय खाली भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ