युवालाई २० लाखसम्म बिनाधितो कर्जा दिइने
सारांश
- सरकारले उद्यम गर्ने युवालाई बिनाधितो सहुलियत कर्जा दिने भएको छ ।
- आज उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै युवालाई सहुलियत कर्जा दिने घोषणा गरेका हुन् ।
- ‘शिक्षित युवालाई उद्यमशील र स्वरोजगार बनाउन शैक्षिक योग्यता व्यवसाय दर्ताको प्रमाणपत्र र परियोजना प्रस्तावको आधारमा बिनाधितो २ लाख देखि २० लाखसम्म ३ प्रतिशत ब्याजदरमा सहुलियत कर्जा उपलब्ध गराइने छ’, पौडेलले बजेटमा घोषणा गरेका छन् ।

१५ जेठ, काठमाडौं ।
सरकारले उद्यम गर्ने युवालाई बिनाधितो सहुलियत कर्जा दिने भएको छ । आज उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै युवालाई सहुलियत कर्जा दिने घोषणा गरेका हुन् ।

‘शिक्षित युवालाई उद्यमशील र स्वरोजगार बनाउन शैक्षिक योग्यता व्यवसाय दर्ताको प्रमाणपत्र र परियोजना प्रस्तावको आधारमा बिनाधितो २ लाख देखि २० लाखसम्म ३ प्रतिशत ब्याजदरमा सहुलियत कर्जा उपलब्ध गराइने छ’, पौडेलले बजेटमा घोषणा गरेका छन् ।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया