अमेरिका-इरान वार्ताका लागि उच्च सुरक्षासहित तयार छ इस्लामाबाद

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, चैत्र २८, २०८२
|
|
८७ पटक हेरिएको
Shares
अमेरिका-इरान वार्ताका लागि उच्च सुरक्षासहित तयार छ इस्लामाबाद

सारांश

  • अमेरिका र इरानका प्रतिनिधिमण्डलबीच हुन गइरहेको उच्चस्तरीय वार्ताका लागि पाकिस्तानले सुरक्षा र व्यवस्थापकीय तयारीलाई मजबुत बनाइएको छ ।
  • पाकिस्तानका गृहमन्त्री मोहसिन नाक्वीले विदेशी प्रतिनिधिहरूका लागि पूर्ण सुरक्षा सुनिश्चित गर्न एक विस्तृत योजना तयार गरिएको बताएका छन् ।
  • इस्लामाबादका अधिकारीहरूले वार्ताको पूर्वसन्ध्यामा व्यापक सुरक्षा उपायहरू लागू गरेका छन् ।

२८ चैत, काठमाडौं ।

अमेरिका र इरानका प्रतिनिधिमण्डलबीच हुन गइरहेको उच्चस्तरीय वार्ताका लागि पाकिस्तानले सुरक्षा र व्यवस्थापकीय तयारीलाई मजबुत बनाइएको छ ।

पाकिस्तानका गृहमन्त्री मोहसिन नाक्वीले विदेशी प्रतिनिधिहरूका लागि पूर्ण सुरक्षा सुनिश्चित गर्न एक विस्तृत योजना तयार गरिएको बताएका छन् । इस्लामाबादका अधिकारीहरूले वार्ताको पूर्वसन्ध्यामा व्यापक सुरक्षा उपायहरू लागू गरेका छन् । व्यवस्थापनलाई सहज बनाउन पाकिस्तानका जुम्ल्याहा सहर इस्लामाबाद र रावलपिन्डीमा स्थानीय बिदा घोषणा गरिएको छ । ‘ब्लु बुक’ भीभीआईपी प्रोटोकल अन्तर्गत प्रहरी, अर्धसैनिक बल र अन्य सुरक्षा निकायहरू परिचालन गरिएको छ ।

सिन्ह्वाका अनुसार विदेशी प्रतिनिधिमण्डलको आवागम नका लागि छुट्टाछुट्टै मार्गहरू निर्धारण गरिएका छन् । इस्लामाबाद प्रहरीले एक्सप्रेस राजमार्गमा सवारी साधनहरू अन्यत्र मोडिने जानकारी दिँदै ट्राफिक एडभाइजरी जारी गरेको छ । पाकिस्तानले वार्तालाई मध्यनजर गर्दै उद्दार सेवा र अस्पतालहरूलाई उच्च सतर्कता (हाई अलर्ट) मा राखेको छ । रेड जोनमा रहेको पाँचतारे होटल सेरेना पूर्ण रूपमा प्रतिनिधिमण्डलका लागि मात्र आरक्षित गरिएको छ । इरानी र अमेरिकी प्रतिनिधिमण्डलको बसाइका क्रममा राजधानी प्रवेश गर्ने धेरै नाकाहरू सिल गरिने भएका छन् ।

दुवै पक्षलाई वार्ताको टेबुलमा ल्याउन पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफ र उपप्रधानमन्त्री एवं विदेशमन्त्री मोहम्मद इसाक दारले क्षेत्रीय नेताहरूसँग परामर्श गर्नुका साथै तेहरान र वासिङ्टनसँग कूटनीतिक सम्पर्क कायम राखेका छन् । सबै सरोकारवालाहरूसँगको पुरानो सम्बन्ध र पाकिस्तानको तटस्थताले संवादलाई अघि बढाउन विशेष भूमिका खेल्ने विश्लेषण विश्लेषकहरूले गरेका छन् । इरानको वार्ता टोली इस्लामाबाद पुगिसकेको छ । अमेरिकी टोली पनि इस्माबादका लागि हिँडिसकेको छ । अमेरिकी टोलीको नेतृत्व उपराष्ट्रपति जेडी भान्सले गरेका छन् भने इरानको नेतृत्व सभामुख मोहम्मद बगर गालिबाफले गरिरहेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सडकमा निर्माण सामग्री थुपारेको भन्दे २५ हजार जरिवाना
सडकमा निर्माण सामग्री थुपारेको भन्दे २५ हजार जरिवाना
महासमितिबारे छलफल गर्न देउवाले बोलाए कार्यसम्पादन समिति
महासमितिबारे छलफल गर्न देउवाले बोलाए कार्यसम्पादन समिति
बजेटमा सुझाव दिन स्वास्थ्य मन्त्रालयको आह्वान
बजेटमा सुझाव दिन स्वास्थ्य मन्त्रालयको आह्वान
बागमती प्रदेशको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै
बागमती प्रदेशको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै
सञ्चारमन्त्री खरेल र बागमती प्रदेश सांसद श्रेष्ठबीच भेटवार्ता
सञ्चारमन्त्री खरेल र बागमती प्रदेश सांसद श्रेष्ठबीच भेटवार्ता
ऊर्जामन्त्री खड्काको निमन्त्रणमा भारतका विद्युत्मन्त्री नेपाल आउँदै
ऊर्जामन्त्री खड्काको निमन्त्रणमा भारतका विद्युत्मन्त्री नेपाल आउँदै
लेखा समिति सभापतिका स्वकीय सचिव अनिल कुमार पोखरेलविरुद्ध पक्राउ पुर्जी जारी
लेखा समिति सभापतिका स्वकीय सचिव अनिल कुमार पोखरेलविरुद्ध पक्राउ पुर्जी जारी
यू–१९ विश्वकप फाइनलः उपाधिका लागि भारत र दक्षिण अफ्रिका भिड्दै
यू–१९ विश्वकप फाइनलः उपाधिका लागि भारत र दक्षिण अफ्रिका भिड्दै
जनकपुर भन्सारद्वारा २४ करोड ७३ लाख राजस्व संकलन
जनकपुर भन्सारद्वारा २४ करोड ७३ लाख राजस्व संकलन
इरानबाट ७ नेपाली स्वदेश फर्किँदै, उद्धारमा भारतीय सहयोग
इरानबाट ७ नेपाली स्वदेश फर्किँदै, उद्धारमा भारतीय सहयोग