अमेरिका-इरान वार्ताका लागि उच्च सुरक्षासहित तयार छ इस्लामाबाद

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, चैत्र २८, २०८२
|
|
९५ पटक हेरिएको
Shares
अमेरिका-इरान वार्ताका लागि उच्च सुरक्षासहित तयार छ इस्लामाबाद

सारांश

  • अमेरिका र इरानका प्रतिनिधिमण्डलबीच हुन गइरहेको उच्चस्तरीय वार्ताका लागि पाकिस्तानले सुरक्षा र व्यवस्थापकीय तयारीलाई मजबुत बनाइएको छ ।
  • पाकिस्तानका गृहमन्त्री मोहसिन नाक्वीले विदेशी प्रतिनिधिहरूका लागि पूर्ण सुरक्षा सुनिश्चित गर्न एक विस्तृत योजना तयार गरिएको बताएका छन् ।
  • इस्लामाबादका अधिकारीहरूले वार्ताको पूर्वसन्ध्यामा व्यापक सुरक्षा उपायहरू लागू गरेका छन् ।

२८ चैत, काठमाडौं ।

अमेरिका र इरानका प्रतिनिधिमण्डलबीच हुन गइरहेको उच्चस्तरीय वार्ताका लागि पाकिस्तानले सुरक्षा र व्यवस्थापकीय तयारीलाई मजबुत बनाइएको छ ।

पाकिस्तानका गृहमन्त्री मोहसिन नाक्वीले विदेशी प्रतिनिधिहरूका लागि पूर्ण सुरक्षा सुनिश्चित गर्न एक विस्तृत योजना तयार गरिएको बताएका छन् । इस्लामाबादका अधिकारीहरूले वार्ताको पूर्वसन्ध्यामा व्यापक सुरक्षा उपायहरू लागू गरेका छन् । व्यवस्थापनलाई सहज बनाउन पाकिस्तानका जुम्ल्याहा सहर इस्लामाबाद र रावलपिन्डीमा स्थानीय बिदा घोषणा गरिएको छ । ‘ब्लु बुक’ भीभीआईपी प्रोटोकल अन्तर्गत प्रहरी, अर्धसैनिक बल र अन्य सुरक्षा निकायहरू परिचालन गरिएको छ ।

सिन्ह्वाका अनुसार विदेशी प्रतिनिधिमण्डलको आवागम नका लागि छुट्टाछुट्टै मार्गहरू निर्धारण गरिएका छन् । इस्लामाबाद प्रहरीले एक्सप्रेस राजमार्गमा सवारी साधनहरू अन्यत्र मोडिने जानकारी दिँदै ट्राफिक एडभाइजरी जारी गरेको छ । पाकिस्तानले वार्तालाई मध्यनजर गर्दै उद्दार सेवा र अस्पतालहरूलाई उच्च सतर्कता (हाई अलर्ट) मा राखेको छ । रेड जोनमा रहेको पाँचतारे होटल सेरेना पूर्ण रूपमा प्रतिनिधिमण्डलका लागि मात्र आरक्षित गरिएको छ । इरानी र अमेरिकी प्रतिनिधिमण्डलको बसाइका क्रममा राजधानी प्रवेश गर्ने धेरै नाकाहरू सिल गरिने भएका छन् ।

दुवै पक्षलाई वार्ताको टेबुलमा ल्याउन पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफ र उपप्रधानमन्त्री एवं विदेशमन्त्री मोहम्मद इसाक दारले क्षेत्रीय नेताहरूसँग परामर्श गर्नुका साथै तेहरान र वासिङ्टनसँग कूटनीतिक सम्पर्क कायम राखेका छन् । सबै सरोकारवालाहरूसँगको पुरानो सम्बन्ध र पाकिस्तानको तटस्थताले संवादलाई अघि बढाउन विशेष भूमिका खेल्ने विश्लेषण विश्लेषकहरूले गरेका छन् । इरानको वार्ता टोली इस्लामाबाद पुगिसकेको छ । अमेरिकी टोली पनि इस्माबादका लागि हिँडिसकेको छ । अमेरिकी टोलीको नेतृत्व उपराष्ट्रपति जेडी भान्सले गरेका छन् भने इरानको नेतृत्व सभामुख मोहम्मद बगर गालिबाफले गरिरहेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एसईईमा ३.६० देखि ४ जीपीए ल्याउने विद्यार्थी ४८ हजार, कुन ग्रेडमा कति?
एसईईमा ३.६० देखि ४ जीपीए ल्याउने विद्यार्थी ४८ हजार, कुन ग्रेडमा कति?
मोटरसाइकल दुर्घटनामा झापामा दुईजनाको मृत्यु
मोटरसाइकल दुर्घटनामा झापामा दुईजनाको मृत्यु
११ किलो गाँजासहित तीन भारतीय विमानस्थलबाट पक्राउ
११ किलो गाँजासहित तीन भारतीय विमानस्थलबाट पक्राउ
सीमा क्षेत्रमा सशस्त्र प्रहरीको उच्च सतर्कता
सीमा क्षेत्रमा सशस्त्र प्रहरीको उच्च सतर्कता
नवनियुक्त प्रधानमन्त्री कार्कीले आज पदभार ग्रहण गर्दै
नवनियुक्त प्रधानमन्त्री कार्कीले आज पदभार ग्रहण गर्दै
फागुन २१ को निर्वाचन जसरी पनि सम्पन्न हुनुपर्छ : मेयर महर्जन
फागुन २१ को निर्वाचन जसरी पनि सम्पन्न हुनुपर्छ : मेयर महर्जन
बझाङमा चट्याङले ३३ केभी राष्ट्रिय प्रसारण लाइनमा क्षति, विद्युत् सेवा पूर्णरूपमा ठप्प
बझाङमा चट्याङले ३३ केभी राष्ट्रिय प्रसारण लाइनमा क्षति, विद्युत् सेवा पूर्णरूपमा ठप्प
भोलि एमालेसहित तीन पक्षको प्रदर्शन, काठमाडौंको सुरक्षा व्यवस्थामा कडाइ
भोलि एमालेसहित तीन पक्षको प्रदर्शन, काठमाडौंको सुरक्षा व्यवस्थामा कडाइ
कोशी प्रदेशमा बढ्दै हात्ती आतंक, २० वर्षमा ९७ जनाको मृत्यु
कोशी प्रदेशमा बढ्दै हात्ती आतंक, २० वर्षमा ९७ जनाको मृत्यु
दसैँमा मनकामना केबलकार तीन दिन बन्द हुने
दसैँमा मनकामना केबलकार तीन दिन बन्द हुने
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध

नेपाली मिति लोड हुँदैछ...