कोशी प्रदेशमा एक वर्षमा प्राकृतिक विपदबाट ७७ जनाको मृत्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, श्रावण २, २०८१
|
|
३३ पटक हेरिएको
Shares
कोशी प्रदेशमा एक वर्षमा प्राकृतिक विपदबाट ७७ जनाको मृत्यु

सारांश

  • प्राकृतिक विपदका कारण कोशी प्रदेशमा ७७ जनाको मृत्यु भएको छ ।
  • पछिल्लो एक वर्ष (आर्थिक वर्ष २०८०-८१)मा प्रदेशका १४ जिल्लामा भएका दुई हजार ८६८ विपद्का घटनामा परी ७७ जनाको मृत्यु भएको हो ।
  • कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार बाढी, पहिरो, चट्याङ, आगलागी, हावाहुरी र जंगली जनावरको आक्रमणमा परेर ७७ जनाको मृत्यु हुँदा २७७ जना घाइते भएका छन् ।

२ साउन, विराटनगर । प्राकृतिक विपदका कारण कोशी प्रदेशमा ७७ जनाको मृत्यु भएको छ ।

पछिल्लो एक वर्ष (आर्थिक वर्ष २०८०-८१)मा प्रदेशका १४ जिल्लामा भएका दुई हजार ८६८ विपद्का घटनामा परी ७७ जनाको मृत्यु भएको हो । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार बाढी, पहिरो, चट्याङ, आगलागी, हावाहुरी र जंगली जनावरको आक्रमणमा परेर ७७ जनाको मृत्यु हुँदा २७७ जना घाइते भएका छन् । प्रदेश प्रहरी प्रवक्ता एसएसपी भीमबहादुर दाहालका अनुसार एक वर्षमा एक हजार ७३१ स्थानमा आगलागी भएको छ । ४९६ स्थानमा पहिरो, २५३ स्थानमा जंगली जनावरको आक्रमण, १८४ हावाहुरी, ११७ स्थानमा बाढी र ८७ स्थानमा चट्याङले मानवीय क्षति पुर्‍याएको छ ।

प्रहरीका अनुसार बाढीका कारण २२ जनाको मृत्यु भएको छ । २४ जना घाइते भएका छन् । आगलागीमा परेर २०, चट्याङका कारण १३, जंगली जनावरको आक्रमणबाट १३ जनाको मृत्यु भएको छ । पहिरोमा परी ९ जनाको मृत्यु भएको छ । पहिरोमा परेर २०, चट्याङले लागेर ३६, आगलागीमा परी १३४, हावाहुरीका कारण ६ तथा जंगली जनावरको आक्रमणबाट ५७ जना घाइते भएको तथ्यांक प्रदेश प्रहरी कार्यालयले उपलब्ध गराएको छ । विपद्का कारण दुई हजार २७४ घर प्रभावित भएका छन् । विभिन्न विपद्मा परेर ७ हजार ९०८ वटा चौपाया मरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अस्पताल समयमा चिकित्सक बाहिर जान नपाउने
अस्पताल समयमा चिकित्सक बाहिर जान नपाउने
दशैंलाई शेयर बजारको स्वागतः नेप्से ५६.०९ अंकले उचालियो, ६ अर्ब बढीको कारोबार
दशैंलाई शेयर बजारको स्वागतः नेप्से ५६.०९ अंकले उचालियो, ६ अर्ब बढीको कारोबार
कप्तान पूजाको सानदार शतकमा नेपालले कुवेतलाई दियो २१४ रनको लक्ष्य
कप्तान पूजाको सानदार शतकमा नेपालले कुवेतलाई दियो २१४ रनको लक्ष्य
उखु किसानका माग जायज छन्, सरकारले पूरा गर्नुपर्छ : श्रेष्ठ
उखु किसानका माग जायज छन्, सरकारले पूरा गर्नुपर्छ : श्रेष्ठ
झोलुङ्गे पुलबाट हाम्फालेका युवाको मृत्यु
झोलुङ्गे पुलबाट हाम्फालेका युवाको मृत्यु
विदेशमा दुःख गर्नुभन्दा रुद्राक्षका सामग्री बनाएर बिक्री गर्न सजिलो
विदेशमा दुःख गर्नुभन्दा रुद्राक्षका सामग्री बनाएर बिक्री गर्न सजिलो
सरकारले आन्दोलनरत शिक्षकलाई वार्तामा बोलायो   
सरकारले आन्दोलनरत शिक्षकलाई वार्तामा बोलायो   
कुलमान घिसिङलाई हटाएर सरकारले गल्ती गर्‍यो : कांग्रेस महामन्त्री शर्मा
कुलमान घिसिङलाई हटाएर सरकारले गल्ती गर्‍यो : कांग्रेस महामन्त्री शर्मा
टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
भारत सरकारद्वारा बाढीपीडितहरूका लागि एक करोड १८ लाख ५१ हजारभारु बराबरको सामग्री हस्तान्तरण
भारत सरकारद्वारा बाढीपीडितहरूका लागि एक करोड १८ लाख ५१ हजारभारु बराबरको सामग्री हस्तान्तरण