Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

कप्तान पूजाको सानदार शतकमा नेपालले कुवेतलाई दियो २१४ रनको लक्ष्य

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, कार्तिक २७, २०८१
|
|
६६ पटक हेरिएको
Shares
कप्तान पूजाको सानदार शतकमा नेपालले कुवेतलाई दियो २१४ रनको लक्ष्य

सारांश

  • यूएईमा जारी आईसीसी यू-१९ महिला टी-२० विश्वकप छनोटअन्तर्गत आफ्नो चौथो खेलमा नेपालले कुवेतलाई २१४ रनको लक्ष्य दिएको छ ।
  • दुबईस्थित दी सेभेन्स मैदानमा पहिले ब्याटिङ गरेको नेपालले कप्तान पूजा महतोको सानदार शतकमा २ विकेट गुमाएर २१३ रन बनायो ।
  • नेपालकी कप्तान पुजा महतोले १३० र सोनी पाख्रिन ४३ रनको अविजित इनिङ खेले ।

 

२७ कात्तिक, काठमाडौं । यूएईमा जारी आईसीसी यू-१९ महिला टी-२० विश्वकप छनोटअन्तर्गत आफ्नो चौथो खेलमा नेपालले कुवेतलाई २१४ रनको लक्ष्य दिएको छ ।

दुबईस्थित दी सेभेन्स मैदानमा पहिले ब्याटिङ गरेको नेपालले कप्तान पूजा महतोको सानदार शतकमा २ विकेट गुमाएर २१३ रन बनायो । नेपालकी कप्तान पुजा महतोले १३० र सोनी पाख्रिन ४३ रनको अविजित इनिङ खेले । पूजाले ६९ बलमा १७ चौकासहित १३० रन बनाउँदा सोनी ३३ बलमा दुई चौका मद्दतमा ४३ रनमा अविजित रहिन् । उनीहरूले तेस्रो विकेटका लागि ८४ बलमा १५७ रनको साझेदारी गरे ।

सावित्रि धामीले ११ र सान प्रविनले ६ रन बनाए । कुवेतकी जिफा जिलानी र रेलिन मारिया डी सोउजाले एक/एक विकेट लिए । प्रतियोगितामा चारमध्ये तीन खेल जितेको नेपालले यसअघि पहिलो खेलमा कुवेतलाई १०८ रनले हराएको थियो । नेपाल ४ खेलबाट ६ अंकसहित दोस्रो स्थानमा छ । कुवेत भने लगातार चार हार व्यहोर्दै अंकविहीन छ । नेपालले पहिलो खेलमा थाइल्याण्डलाई ६७ रनले र दोस्रो खेलमा कुवेतलाई १०८ रनले पराजित गरेको थियो । त्यसपछि यूएईसँग १३ रनले पराजित भएको नेपालले थाइल्याण्डलाई फेरि १०६ रनले हरायो ।

चार टोली सहभागी छनोट प्रतियोगितामा डबल राउण्ड रोविनका आधारमा खेल भइरहेको छ र शीर्ष स्थानमा रहने टोली मात्र यू-१९ महिला टी-२० विश्वकपमा छनोट हुनेछ । घरेलु टोली यूएई सबै चार खेल जितेर ८ अंकसहित शीर्ष स्थानमा छ । यूएईले आज थाइल्याण्डसँग खेल्नेछ । लिग चरणको अन्तिम खेलमा बुधबार नेपालले यूएईको सामना गर्नेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?