सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

चुनावमा भाग लिने निर्णय गरेको नेकपा माओवादी किन मौन ?

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, मंसिर १७, २०८२
|
|
४२ पटक हेरिएको
Shares
चुनावमा भाग लिने निर्णय गरेको नेकपा माओवादी किन मौन ?

सारांश

  •   निर्वाचन आयोगबाट दल दर्ता प्रमाणपत्र पाएपछि नेकपा ९ माओवादीको गतिविधि सुस्त देखिएको छ ।
  • मङ्सिर २ गते बाजागाजासहित माओवादीका महासचिव नेत्रविक्रम चन्द विप्लव आयोग पुगेर दल दर्ता प्रमाणपत्र लिएका थिए ।
  • प्रमाणपत्र पाएपछि विप्लवले प्रधानमन्त्री सुशीला कार्की, राष्ट्रपति रामचन्द्र पौडेल लगायतसँग छलफल गरेका थिए ।

१७ मंसिर, काठमाडौँ । 

निर्वाचन आयोगबाट दल दर्ता प्रमाणपत्र पाएपछि नेकपा ९ माओवादीको गतिविधि सुस्त देखिएको छ । मङ्सिर २ गते बाजागाजासहित माओवादीका महासचिव नेत्रविक्रम चन्द विप्लव आयोग पुगेर दल दर्ता प्रमाणपत्र लिएका थिए । प्रमाणपत्र पाएपछि विप्लवले प्रधानमन्त्री सुशीला कार्की, राष्ट्रपति रामचन्द्र पौडेल लगायतसँग छलफल गरेका थिए ।

अन्य पार्टीहरू चुनावी गतिविधि, नेतृत्व चयन, पार्टी एकता तथा गठबन्धन सम्मको गतिविधि भइराख्दा माओवादीको गतिविधि खासै देखिएको छैन । यद्यपि, आन्तरिक प्रशिक्षण भइराखेको स्थायी समिति सदस्य सन्तोष बुढाले जिकिर गरेका छन् । निर्वाचनलाई उपयोग गर्ने नीति पार्टीको भए पनि महत्त्व नदिएको उनको भनाइ छ । ‘चुनाव हाम्रो महत्वको विषय होइन । त्यसका लागि तयारी गरेका पनि छैनौँ । पछिल्लो केन्द्रीय बैठकले गरेका निर्णय कार्यान्वयन सम्बन्धमा आन्तरिक प्रशिक्षण चलिराखेको छ । अहिले खेतीपातीको समय भएकाले हामी काममै व्यस्त छौँ’, उनले भने ।

निर्वाचनमा आवश्यकताअनुसार विचार र सिद्धान्त मिल्नेसँग तालमेल हुनसक्ने बुढाले बताए । तर अहिलेसम्म चुनावी तालमेलको विषयमा पार्टीले कुनै योजना नबनाएको उनको भनाइ छ । नेता तथा कार्यकर्ताले धमाधम पार्टी छोड्ने क्रम बढेकोप्रति पार्टीले खासै महत्त्व नदिएको बुढाले जिकिर गरे । ‘प्रचण्डले नेताहरू भित्र्याउँछन् । हामी कार्यकर्तालाई भित्र्याइराखेका छौँ । नेता भन्दा पनि हाम्रा लागि कार्यकर्ता र जनता ठुला हुन् । आउने जाने क्रम चलिनै रहन्छ’, उनले भने ।

तत्कालीन नेपाल कम्युनिस्ट पार्टीको ब्यानरमा कात्तिक २० गते काठमाडौँमा विरोधसभा भएको थियो । कर्णाली प्रदेशमा आन्तरिक प्रशिक्षणका लागि पुगेका विप्लव, सुर्खेत, कपिलवस्तु, दाङको कार्यक्रम सम्पन्न गरेर केही दिनमा काठमाडौँ फर्किने योजना रहेको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

महाकाली नदीमा फसेका व्यक्तिको सकुशल उद्धार
महाकाली नदीमा फसेका व्यक्तिको सकुशल उद्धार
त्रिभुवन विश्वविद्यालय क्याम्पसमा आज स्ववियु निर्वाचन हुँदै
त्रिभुवन विश्वविद्यालय क्याम्पसमा आज स्ववियु निर्वाचन हुँदै
जनकपुर न्युरो हस्पिटल द्वारा दुई युवालाई मृत्युको मुखबाट बचाउन सफल
जनकपुर न्युरो हस्पिटल द्वारा दुई युवालाई मृत्युको मुखबाट बचाउन सफल
काठमाडौंसहित देशका विभिन्न स्थानमा बिहानैदेखि वर्षा
काठमाडौंसहित देशका विभिन्न स्थानमा बिहानैदेखि वर्षा
दीक्षान्त समारोहमा धेरै विद्यार्थी सहभागी गराएर त्रिभुवन विश्वविद्यालयले बनाए कीर्तिमान
दीक्षान्त समारोहमा धेरै विद्यार्थी सहभागी गराएर त्रिभुवन विश्वविद्यालयले बनाए कीर्तिमान
फेरि सर्‍यो पत्रकार महासंघको चुनाव
फेरि सर्‍यो पत्रकार महासंघको चुनाव
तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:
तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:
कांग्रेस-एमाले गठबन्धनमा समस्या छैन : देउवा
कांग्रेस-एमाले गठबन्धनमा समस्या छैन : देउवा
अफताब आलमलाई सफाइ दिने उच्चको फैसलाविरुद्ध सरकार पुग्यो सर्वोच्च
अफताब आलमलाई सफाइ दिने उच्चको फैसलाविरुद्ध सरकार पुग्यो सर्वोच्च
बस गुड्दागुड्दै बानेश्वरको सडक भासियो (तस्बिरहरू)
बस गुड्दागुड्दै बानेश्वरको सडक भासियो (तस्बिरहरू)