शक्तिशाली भूकम्पबाट चीनमा ९ जनाको मृत्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, पौष २३, २०८१
|
|
२६ पटक हेरिएको
Shares
शक्तिशाली भूकम्पबाट चीनमा ९ जनाको मृत्यु

सारांश

  • नेपाल–चीन सीमा क्षेत्रमा गएको भूकम्पबाट चीनमा कम्तिमा ९ जनाको मृत्यु भएको छ ।
  • केही घरहरु भत्किएका छन् ।
  • चीनको सरकारी टेलिभिजन च्यानल ले सरकारी अधिकारीहरुलाई उद्धृत गर्दै ९ जनाको मृत्यु भएको जनाएको छ ।

२३ पुस, काठमाडौं । नेपाल–चीन सीमा क्षेत्रमा गएको भूकम्पबाट चीनमा कम्तिमा ९ जनाको मृत्यु भएको छ । केही घरहरु भत्किएका छन् ।चीनको सरकारी टेलिभिजन च्यानल ले सरकारी अधिकारीहरुलाई उद्धृत गर्दै ९ जनाको मृत्यु भएको जनाएको छ ।

आज बिहान नेपाली समय अनुसार ६ बजेर ५० मिनेटमा चीनको जिजाङ्ग प्रान्तको सिगात्सेस्थित दिङ्गी गाउँमा केन्द्रविन्दु भएर शक्तिशाली भूकम्प गएको थियो । भूकम्पको धक्का नेपालमा समेत महसुस भएको थियो । नेपालको भूकम्प मापन केन्द्रले ७ म्याग्निच्युडको भूकम्प गएको रेकर्ड राखे पनि चीनको भूकम्प नेटवर्क केन्द्रले ६.८ तीव्रता मापन गरेको छ । यो भूकम्प १० किलोमिटर गहिराइमा थियो ।

चिनियाँ सञ्चार माध्यमहरुका अनुसार भूकम्पका कारण दिङ्गी काउन्टीको चाङ्गसुओ क्षेत्रका गाउँमा घरहरु भत्किएका छन् ।चीनको भूकम्प नेटवर्क केन्द्रका अनुसार आज भूकम्प गएको स्थानदेखि २०० किलोमिटर वरपरको क्षेत्रमा विगत पाँच वर्षको अवधिमा ३ म्याग्निच्युड माथिका २९ वटा भूकम्प गएको रेकर्ड छ । तर आज बिहानको भूकम्प सबैभन्दा शक्तिशाली हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रवीन्द्र मिश्रलाई सातौं पटक म्याद थप्न अदालत लगियो, फोटो खिच्न रोक
रवीन्द्र मिश्रलाई सातौं पटक म्याद थप्न अदालत लगियो, फोटो खिच्न रोक
जेठ पहिलो सातादेखि सहकारीको बचत फिर्ता गर्ने तयारी, ऋणीहरूको सूची सार्वजनिक गरिँदै
जेठ पहिलो सातादेखि सहकारीको बचत फिर्ता गर्ने तयारी, ऋणीहरूको सूची सार्वजनिक गरिँदै
चितवन राष्ट्रिय निकुञ्जबाट हिउँचितुवाको छाला र हड्डीसहित दुई जना पक्राउ
चितवन राष्ट्रिय निकुञ्जबाट हिउँचितुवाको छाला र हड्डीसहित दुई जना पक्राउ
नागार्जुनमा पहिरोले घर भत्काउँदा एक जनाको मृत्यु, दुई जना घाइते
नागार्जुनमा पहिरोले घर भत्काउँदा एक जनाको मृत्यु, दुई जना घाइते
युवालाई लक्षित ‘उदय परियोजना’ सुरु गर्दै कोशी सरकार, सहुलियत ऋणमा ३ करोडसम्म लगानी
युवालाई लक्षित ‘उदय परियोजना’ सुरु गर्दै कोशी सरकार, सहुलियत ऋणमा ३ करोडसम्म लगानी
नेपाल नेत्रज्योति सङ्घ र महिडोल युनिभर्सिटीबीच समझदारी
नेपाल नेत्रज्योति सङ्घ र महिडोल युनिभर्सिटीबीच समझदारी
मधेशमा सत्ता घटकबीच सहमति : करोडभन्दा कमका योजना नबन्ने, चुनावसम्मै गठबन्धन
मधेशमा सत्ता घटकबीच सहमति : करोडभन्दा कमका योजना नबन्ने, चुनावसम्मै गठबन्धन
यस्तो छ तपाईको आजको राशिफल
यस्तो छ तपाईको आजको राशिफल
गाउँ कार्यपालिकाको कार्यालय पर्सा सर्लाहीको सार्वजनिक अनुरोध !
थाइल्यान्डको औपचारिक भ्रमणबाट स्वदेश फर्किए प्रधानमन्त्री
थाइल्यान्डको औपचारिक भ्रमणबाट स्वदेश फर्किए प्रधानमन्त्री