Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

शक्तिशाली भूकम्पबाट चीनमा ९ जनाको मृत्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, पौष २३, २०८१
|
|
३७ पटक हेरिएको
Shares
शक्तिशाली भूकम्पबाट चीनमा ९ जनाको मृत्यु

सारांश

  • नेपाल–चीन सीमा क्षेत्रमा गएको भूकम्पबाट चीनमा कम्तिमा ९ जनाको मृत्यु भएको छ ।
  • केही घरहरु भत्किएका छन् ।
  • चीनको सरकारी टेलिभिजन च्यानल ले सरकारी अधिकारीहरुलाई उद्धृत गर्दै ९ जनाको मृत्यु भएको जनाएको छ ।

 

२३ पुस, काठमाडौं । नेपाल–चीन सीमा क्षेत्रमा गएको भूकम्पबाट चीनमा कम्तिमा ९ जनाको मृत्यु भएको छ । केही घरहरु भत्किएका छन् ।चीनको सरकारी टेलिभिजन च्यानल ले सरकारी अधिकारीहरुलाई उद्धृत गर्दै ९ जनाको मृत्यु भएको जनाएको छ ।

आज बिहान नेपाली समय अनुसार ६ बजेर ५० मिनेटमा चीनको जिजाङ्ग प्रान्तको सिगात्सेस्थित दिङ्गी गाउँमा केन्द्रविन्दु भएर शक्तिशाली भूकम्प गएको थियो । भूकम्पको धक्का नेपालमा समेत महसुस भएको थियो । नेपालको भूकम्प मापन केन्द्रले ७ म्याग्निच्युडको भूकम्प गएको रेकर्ड राखे पनि चीनको भूकम्प नेटवर्क केन्द्रले ६.८ तीव्रता मापन गरेको छ । यो भूकम्प १० किलोमिटर गहिराइमा थियो ।

चिनियाँ सञ्चार माध्यमहरुका अनुसार भूकम्पका कारण दिङ्गी काउन्टीको चाङ्गसुओ क्षेत्रका गाउँमा घरहरु भत्किएका छन् ।चीनको भूकम्प नेटवर्क केन्द्रका अनुसार आज भूकम्प गएको स्थानदेखि २०० किलोमिटर वरपरको क्षेत्रमा विगत पाँच वर्षको अवधिमा ३ म्याग्निच्युड माथिका २९ वटा भूकम्प गएको रेकर्ड छ । तर आज बिहानको भूकम्प सबैभन्दा शक्तिशाली हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बैंकिङ कसुरमा सेफ सन्तोष साह प्रक्राउ
बैंकिङ कसुरमा सेफ सन्तोष साह प्रक्राउ
एकै दिन कैलालीबाट लागू औषधसहित ९ जना पक्राउ
एकै दिन कैलालीबाट लागू औषधसहित ९ जना पक्राउ
एनपीएलको पहिलो चरणको ६ दिनको खेलहरुको लागि टिकट बुकिङ खुला
एनपीएलको पहिलो चरणको ६ दिनको खेलहरुको लागि टिकट बुकिङ खुला
यी हुन् मन्त्रिपरिषद् बैठकका ८ निर्णय
यी हुन् मन्त्रिपरिषद् बैठकका ८ निर्णय
प्रधानमन्त्रीसँग छलफल गरेर सिंहदरबार फर्किए गृहमन्त्री
प्रधानमन्त्रीसँग छलफल गरेर सिंहदरबार फर्किए गृहमन्त्री
गृहमन्त्रीको अभिव्यक्तिमा प्रधानमन्त्रीको जवाफ माग
गृहमन्त्रीको अभिव्यक्तिमा प्रधानमन्त्रीको जवाफ माग
एनपीएलले सिंगो देशलाई जिताएको र जगाएको छ : प्रधानमन्त्री
एनपीएलले सिंगो देशलाई जिताएको र जगाएको छ : प्रधानमन्त्री
गर्मी बढेसँगै अस्पतालमा बिरामीको चाप
गर्मी बढेसँगै अस्पतालमा बिरामीको चाप
प्रदेश र स्थानीय सरकार संघीय सरकारका इकाइ होइनन् : मुख्यमन्त्री कँडेल
प्रदेश र स्थानीय सरकार संघीय सरकारका इकाइ होइनन् : मुख्यमन्त्री कँडेल
दुर्गा प्रसाईंले लरेन्स विश्नोईको नाममा व्यापारीलाई धम्काएर चन्दा मागेकाे खुलासा ,कुराकानीको अडियोसमेत फेला
दुर्गा प्रसाईंले लरेन्स विश्नोईको नाममा व्यापारीलाई धम्काएर चन्दा मागेकाे खुलासा ,कुराकानीको अडियोसमेत फेला