भरतपुर अस्पतालमा ट्रमा सेन्टर सञ्चालन

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, मंसिर २३, २०८२
|
|
३४ पटक हेरिएको
Shares
भरतपुर अस्पतालमा ट्रमा सेन्टर सञ्चालन

सारांश

  • चितवनस्थित भरतपुर अस्पतालले बहुप्रतीक्षित ट्रमा सेन्टर औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ ।
  • स्वास्थ्य तथा जनसंख्या मन्त्री डा.
  • सुधा शर्मा गौतमले आइतबार विशेष समारोहका बीच ५० श्ययाको ट्रमा सेन्टरको उद्घाटन गर्दै यस क्षेत्रको स्वास्थ्य सेवा अब गुणस्तरीय र अधिक प्रभावकारी बन्ने विश्वास व्यक्त गर्नुभयो ।

 

२३ मंसिर, काठमाडौं ।

चितवनस्थित भरतपुर अस्पतालले बहुप्रतीक्षित ट्रमा सेन्टर औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्मा गौतमले आइतबार विशेष समारोहका बीच ५० श्ययाको ट्रमा सेन्टरको उद्घाटन गर्दै यस क्षेत्रको स्वास्थ्य सेवा अब गुणस्तरीय र अधिक प्रभावकारी बन्ने विश्वास व्यक्त गर्नुभयो । भरतपुर अस्पतालले पछिल्ला वर्षमा बढ्दो दुर्घटना, चोटपटक र आकस्मिक उपचारको मागलाई ध्यानमा राख्दै आकस्मिक कक्षमाथि दुई तला थप गरी आधुनिक ट्रमा सेन्टर निर्माण गरेको हो ।

देशकै प्रमुख पूर्व–पश्चिम यातायात मार्गको केन्द्रमा रहेको चितवनमा दैनिक रूपमा थुप्रै सडक दुर्घटना हुने हुनाले प्रभावकारी ट्रमा सेवाको आवश्यकता लामो समयदेखि महसुस हुँदै आइरहेको थियो । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. कृष्णप्रसाद पौडेलले ट्रमा सेन्टर सञ्चालनले दुर्घटनाबाट घाइते हुने व्यक्तिहरूको उपचार अब समयमै र व्यवस्थित रूपमा हुन सक्ने बताउनुभयो । उहाँका अनुसार, विगतका वर्षहरूमा भरतपुर अस्पतालमा उपचारका लागि आएका घाइतेहरूलाई बेड, उपकरण र विशेषज्ञताको अभावका कारण अन्यत्र रिफर गर्नुपथ्र्यो । ‘यस क्षेत्रमा ट्रमा सेवा अत्यन्त आवश्यक थियो । त्यसैले अस्पतालको आन्तरिक स्रोत परिचालन गर्दै नयाँ तला थपेर सेवा प्रारम्भ गरेका हौँ’ –पौडेलले भन्नुभयो । उहाँका अनुसार ट्रमा सेन्टरको भौतिक संरचना निर्माणका लागि अस्पतालले आफ्नै आन्तरिक कोषबाट १३ करोड रुपियाँ खर्च गरेको छ ।

उपकरण तथा मेसिनरी खरिदका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप १ करोड ८० लाख रुपियाँ उपलब्ध गराएको अस्पतालले जनाएको छ । हाल सञ्चालनमा आएका १५ श्ययाबाट सेवा सुरु भएको भए पनि केन्द्रलाई विस्तार गर्दै सम्पूर्ण ५० श्यया पूर्ण रूपमा सञ्चालनमा ल्याउने योजना अस्पतालले अघि सारेको छ । ट्रमा सेन्टरमा अत्याधुनिक एक्स–रे, सिटी–स्क्यान, इमर्जेन्सी अपरेसन थिएटर, माइनर तथा मेजर प्रोसिजर कक्ष, आईसीयू सुविधा र दक्ष जनशक्ति राख्ने तयारी भइरहेको अस्पताल प्रशासनले बताएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मधेश सरकारमा जान कांग्रेसले टुंग्यायो ४ मन्त्रीको नाम
मधेश सरकारमा जान कांग्रेसले टुंग्यायो ४ मन्त्रीको नाम
युनेस्कोका क्रियाकलापमा आधारित दुईदिने सार्वजनिक सुनुवाई तथा प्रविधिकरण कार्यक्रम सम्पन्न
युनेस्कोका क्रियाकलापमा आधारित दुईदिने सार्वजनिक सुनुवाई तथा प्रविधिकरण कार्यक्रम सम्पन्न
कृष्णभिर नजिकै लेदोसहितको पहिरो खसेपछि पृथ्वी राजमार्ग एकतर्फी
कृष्णभिर नजिकै लेदोसहितको पहिरो खसेपछि पृथ्वी राजमार्ग एकतर्फी
वरिष्ठ कलाकार सुनिल थापाको निधन
वरिष्ठ कलाकार सुनिल थापाको निधन
‘कुरुवा घर’ निर्माण गर्दै वीर अस्पताल
‘कुरुवा घर’ निर्माण गर्दै वीर अस्पताल
प्रधानमन्त्री कार्कीले गरिन् दुई सल्लाहकार नियुक्त, मुख्य सल्लाहकारमा खनाल
प्रधानमन्त्री कार्कीले गरिन् दुई सल्लाहकार नियुक्त, मुख्य सल्लाहकारमा खनाल
दोलखामा बोलेरो दुर्घटना हुँदा दुई जनाको म*त्यु
दोलखामा बोलेरो दुर्घटना हुँदा दुई जनाको म*त्यु
चितवनमा युवक कुट्ने प्रहरी निलम्बित
चितवनमा युवक कुट्ने प्रहरी निलम्बित
बाढीमा हराएका सहायक सेनानी धामीको कुशको श*व बनाएर अन्त्येष्टि
बाढीमा हराएका सहायक सेनानी धामीको कुशको श*व बनाएर अन्त्येष्टि
‘विकास निर्माणको अनुगमनसँगै जनतासँग जोडिन अभियान सञ्चालन’
‘विकास निर्माणको अनुगमनसँगै जनतासँग जोडिन अभियान सञ्चालन’