शहरी विकास मन्त्रालय मातहत ५० गाडी जले, भौतिक क्षति आकलन गरिँदै

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, भाद्र २६, २०८२
|
|
३३ पटक हेरिएको
Shares
शहरी विकास मन्त्रालय मातहत ५० गाडी जले, भौतिक क्षति आकलन गरिँदै

सारांश

  • मंगलबार जेनजी आन्दोलनका बेला सिंहदरबारभित्र ठूलो भौतिक क्षति भएको छ ।
  • यसमध्ये शहरी विकास मन्त्रालय र मातहत ५० सवारीसाधनमा क्षति पुगेको प्रारम्भिक अनुमान मन्त्रालयले गरेको छ ।
  • मन्त्रालयका सहसचिव नारायणप्रसाद मैनालीका अनुसार अहिले क्षतिको आकलन गर्ने काम भइरहेको छ ।

२६ भदौ, काठमाडौं ।

मंगलबार जेनजी आन्दोलनका बेला सिंहदरबारभित्र ठूलो भौतिक क्षति भएको छ । यसमध्ये शहरी विकास मन्त्रालय र मातहत ५० सवारीसाधनमा क्षति पुगेको प्रारम्भिक अनुमान मन्त्रालयले गरेको छ । मन्त्रालयका सहसचिव नारायणप्रसाद मैनालीका अनुसार अहिले क्षतिको आकलन गर्ने काम भइरहेको छ ।

प्रारम्भिक अनुमान अनुसार मन्त्रालय परिसरमा रहेका कम्तीमा १० र बाँकी सवारीसाधन मन्त्रालय मातहत विभागहरूका सवारीसाधनमा सोही बराबर क्षति पुगेको हो । पूरै सिंहदरबारभित्रको क्षतिको आकलन भने कुनै एक सरकारी निकायले राख्ने गरेको छैन । सोहीकारण अहिलेसम्म के कति क्षति भयो भन्ने निश्चित भइसकेको छैन । उता, मूख्यसचिव एक नारायण अर्यालले सचिवहरूसँग क्षतिबारे बिफ्रिङ लिन थालेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?