मलंगवामा विद्युत कटौतीविरुद्ध युवाहरूको प्रदर्शन

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, आषाढ २९, २०८२
|
|
५२ पटक हेरिएको
Shares
मलंगवामा विद्युत कटौतीविरुद्ध युवाहरूको प्रदर्शन

सारांश

  • नेपाल विद्युत प्राधिकरण मलंगवा वितरण केन्द्रअगाडि आइतबार स्थानीय युवाहरूले विद्युत कटौतीको विरोधमा प्रदर्शन गरेका छन्।
  • पछिल्ला केही महिनादेखि बढ्दो लोडसेडिङका कारण जनजीवन कष्टकर बनेको भन्दै उनीहरूले नाराबाजीसहित प्रदर्शन गरेका हुन्।
  • प्रदर्शनकारीहरूको गुनासो छ — लामो समयदेखि नियमित रूपमा बत्ती जाने समस्याले व्यापार, शिक्षा, स्वास्थ्य, सञ्चार तथा घरायसी कामकाजमा गम्भीर असर पारेको छ।

२९ असार, मलंगवा, सर्लाही ।

नेपाल विद्युत प्राधिकरण मलंगवा वितरण केन्द्रअगाडि आइतबार स्थानीय युवाहरूले विद्युत कटौतीको विरोधमा प्रदर्शन गरेका छन्। पछिल्ला केही महिनादेखि बढ्दो लोडसेडिङका कारण जनजीवन कष्टकर बनेको भन्दै उनीहरूले नाराबाजीसहित प्रदर्शन गरेका हुन्। प्रदर्शनकारीहरूको गुनासो छ — लामो समयदेखि नियमित रूपमा बत्ती जाने समस्याले व्यापार, शिक्षा, स्वास्थ्य, सञ्चार तथा घरायसी कामकाजमा गम्भीर असर पारेको छ।

शमिम बाबु खान, सुभाष गुप्ता, चन्दनकुमार सिंह, धिरेन्द्र मिश्र, कृष्ण राउत लगायत स्थानीय युवाहरूको पहलमा गरिएको उक्त प्रदर्शनमा व्यापक सहभागिता देखिएको थियो।

अत्यधिक गर्मीको समयमा समेत दैनिकजसो हुने अनियमित विद्युत आपूर्तिले सर्वसाधारण थप पीडित भएको उनीहरूको भनाइ छ। प्रदर्शनमा सहभागी कृष्ण राउतले भने, “हामी अहिले पनि पुरानै शैलीको लोडसेडिङ झेलिरहेका छौं। प्राधिकरणले समस्या समाधान गर्न चासो देखाएको छैन, जसको खामियाजा हामी सर्वसाधारणले भोग्नुपरेको छ।” युवाहरूले वितरण केन्द्रअगाडि प्रदर्शन गर्दै विद्युत आपूर्तिमा सुधार ल्याउन माग गरेका छन्। उनीहरूले सेवा व्यवस्थित नभए थप कडा आन्दोलन गर्ने चेतावनीसमेत दिएका छन्। नेपाल विद्युत प्राधिकरण मलंगवा वितरण केन्द्रका प्रमुख इन्जिनियर उमेशप्रसाद यादवका अनुसार, अत्यधिक गर्मीका कारण ट्रान्सफर्मर ट्रिप हुने, पोलमा आगलागी हुनेजस्ता समस्या बढेका छन्।

यस्ता अवस्थामा सुरक्षा उपायस्वरूप विद्युत आपूर्ति बन्द गर्नुपर्ने बाध्यता रहने उनले बताए। प्रदर्शनपछि युवाहरूले कार्यालय प्रमुखको कार्यकक्षमै पुगेर छलफल गरेका छन्। उनीहरूले समस्या समाधानको माग गर्दै लिखित जवाफ समेत माग गरेका छन्। युवाका अगुवा चन्दनकुमार सिंहले भने, “गर्मीले खपिनसक्नु भएको बेलामा घण्टौँसम्म बत्ती नआउने समस्याबाट आजित भएका छौं। पंखा नचलाए एकछिन पनि बस्न सकिन्न तर प्राधिकरणले विभिन्न बहाना बनाएर विद्युत कटौती गर्दै आइरहेको छ।” युवाहरूको प्रदर्शनपछि प्राधिकरणका अधिकारीहरू समस्या समाधानका उपायहरूमा छलफल गर्न तयार रहेको बताइएको छ। तथापि, स्थायी समाधानको लागि स्पष्ट योजना आवश्यक रहेको स्थानीयको माग छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गाजामा इजरायली ड्रोन आक्रमणमा १८ प्यालेस्टिनीको मृत्यु
गाजामा इजरायली ड्रोन आक्रमणमा १८ प्यालेस्टिनीको मृत्यु
टेरामक्सबारे उचित समयमा जवाफ दिन्छु : सांसद बस्नेत
टेरामक्सबारे उचित समयमा जवाफ दिन्छु : सांसद बस्नेत
ढुङ्गा लागेर घाइते प्रहरी जवानको उपचारका क्रममा मृ*त्यु
ढुङ्गा लागेर घाइते प्रहरी जवानको उपचारका क्रममा मृ*त्यु
प्रतिनिधि सभाको बैठक बस्दै
प्रतिनिधि सभाको बैठक बस्दै
धान रोपिरहेका बेला चट्याङ पर्दा ७ महिला घाइते
धान रोपिरहेका बेला चट्याङ पर्दा ७ महिला घाइते
ट्रक यातायात व्यवसायी महासंघको अध्यक्षमा राजेन्द्र विक्रम बानियाँ निर्वाचित
ट्रक यातायात व्यवसायी महासंघको अध्यक्षमा राजेन्द्र विक्रम बानियाँ निर्वाचित
शनिबार र आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय, नौं बजेदेखि कार्यालय खुल्ने
शनिबार र आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय, नौं बजेदेखि कार्यालय खुल्ने
झ्याप्ले खोलाको पहिरोमा थप सवारीसाधन पुरिएको आशङ्कामा पुनः खोजी गरिँदै
झ्याप्ले खोलाको पहिरोमा थप सवारीसाधन पुरिएको आशङ्कामा पुनः खोजी गरिँदै
एनपिएलमा बिजेता र उपबिजेता शेख दाजुभाईलाई गृहजिल्लामा सम्मान
एनपिएलमा बिजेता र उपबिजेता शेख दाजुभाईलाई गृहजिल्लामा सम्मान
नारायणघाट–बुटवल सडकखण्ड राति १० घण्टा बन्द हुने
नारायणघाट–बुटवल सडकखण्ड राति १० घण्टा बन्द हुने