ट्रक यातायात व्यवसायी महासंघको अध्यक्षमा राजेन्द्र विक्रम बानियाँ निर्वाचित

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, पौष २८, २०८२
|
|
२५ पटक हेरिएको
Shares
ट्रक यातायात व्यवसायी महासंघको अध्यक्षमा राजेन्द्र विक्रम बानियाँ निर्वाचित

सारांश

  • नेपाल ट्रक यातायात व्यवसायी महासंघको सत्रौँ वार्षिक साधारणसभा तथा आठौँ महाधिवेशनबाट राजेन्द्र विक्रम बानियाँ महासंघको अध्यक्षमा निर्वाचित भएका छन्।
  • आइतबार सम्पन्न महाधिवेशनमा बानियाँले ओमकृष्ण कार्कीलाई पराजित गर्दै आगामी तीन वर्षे कार्यकालका लागि अध्यक्ष पदमा जित हासिल गरेका हुन्।
  • निर्वाचन परिणामअनुसार बानियाँले १ सय १२ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी कार्कीले ७७ मतमा सीमित रहे।

२८ पुस, काठमाडौं ।

नेपाल ट्रक यातायात व्यवसायी महासंघको सत्रौँ वार्षिक साधारणसभा तथा आठौँ महाधिवेशनबाट राजेन्द्र विक्रम बानियाँ महासंघको अध्यक्षमा निर्वाचित भएका छन्। आइतबार सम्पन्न महाधिवेशनमा बानियाँले ओमकृष्ण कार्कीलाई पराजित गर्दै आगामी तीन वर्षे कार्यकालका लागि अध्यक्ष पदमा जित हासिल गरेका हुन्। निर्वाचन परिणामअनुसार बानियाँले १ सय १२ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी कार्कीले ७७ मतमा सीमित रहे। महासंघको वरिष्ठ उपाध्यक्ष पदमा विष्णुप्रसाद न्यौपाने निर्विरोध निर्वाचित भएका छन्। उपाध्यक्ष पदका लागि भएको निर्वाचनमा किसान गुरुङ र विद्यापति उपाध्याय घिमिरे क्रमशः १ सय ६४ र १ सय ८ मत प्राप्त गर्दै विजयी भएका छन्।

महासचिव पदमा बद्रीप्रसाद चौलागाईं निर्विरोध निर्वाचित भएका छन् भने उपमहासचिव पदमा मेघराज सिग्देलले ९७ मत प्राप्त गरी विजयी भएका छन्। उनका प्रतिस्पर्धी अर्जुनबहादुर सापकोटाले ८९ मत प्राप्त गरे। सचिव पदमा उमेशचन्द्र मजगैयाँ र गंगाबहादुर खड्काले समान ९५–९५ मत प्राप्त गरेपछि दुवैले कार्यकाल आधा–आधा समय कार्यालय सञ्चालन गर्ने सहमति गरेका छन्। कोषाध्यक्ष पदमा रुमाखर गौतमले १ सय ३२ मतसहित जित हासिल गर्दा उनका प्रतिस्पर्धी टिकाराम गौतमले ६० मत प्राप्त गरे। सह–कोषाध्यक्ष पदमा सुमन सापकोटा १ सय ७ मत ल्याउँदै निर्वाचित भएका छन्। महाधिवेशनले सातै प्रदेशका संयोजकसहित १६ सदस्यीय नयाँ केन्द्रीय कार्यसमिति चयन गरेको छ। प्रदेश संयोजकमा कोशी प्रदेशबाट विनोद खड्का, मधेस प्रदेशबाट रामबहादुर दुवाडी, बागमती प्रदेशबाट सूर्यबहादुर श्रेष्ठ, गण्डकी प्रदेशबाट केदारनाथ घिमिरे, लुम्बिनी प्रदेशबाट यामप्रसाद पाण्डे, कर्णाली प्रदेशबाट चेतन थानी र सुदूरपश्चिम प्रदेशबाट मोहनसिंह साउत निर्विरोध निर्वाचित भएका छन्। महाधिवेशनमा महासंघमा आबद्ध देशभरका झण्डै पाँच सय ट्रक यातायात व्यवसायीहरूको सहभागिता रहेको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सम्झौता कार्यान्वयनको माग गर्दै सहकारी पीडितको प्रदर्शन (तस्बिरहरु)
सम्झौता कार्यान्वयनको माग गर्दै सहकारी पीडितको प्रदर्शन (तस्बिरहरु)
निर्वाचन सुरक्षाका लागि एक लाख २० हजार म्यादी प्रहरी भर्ती गर्ने निर्णय
निर्वाचन सुरक्षाका लागि एक लाख २० हजार म्यादी प्रहरी भर्ती गर्ने निर्णय
फाइनल जितेर पनि भारत ट्रफीबिहीन, पाकिस्तानले उठायो प्रश्न
फाइनल जितेर पनि भारत ट्रफीबिहीन, पाकिस्तानले उठायो प्रश्न
कानु नमन्त्री गौतम र राजदूत म्युलीबिच भेटवार्ता 
कानु नमन्त्री गौतम र राजदूत म्युलीबिच भेटवार्ता 
विधागत पत्रकारितामा स्वास्थ्य विधा बढी महत्वपूर्ण : सभामुख घिमिरे
विधागत पत्रकारितामा स्वास्थ्य विधा बढी महत्वपूर्ण : सभामुख घिमिरे
अर्थमन्त्री पौडेल र मेयर आचार्यको उपचार सुरु
अर्थमन्त्री पौडेल र मेयर आचार्यको उपचार सुरु
ग्वाटेमाला बस दुर्घटनामा मृत्यु हुनेको संख्या ५१ पुग्यो
ग्वाटेमाला बस दुर्घटनामा मृत्यु हुनेको संख्या ५१ पुग्यो
मौसम पूर्वानुमान : आज यी प्रदेशमा भारी वर्षाको सम्भावना
मौसम पूर्वानुमान : आज यी प्रदेशमा भारी वर्षाको सम्भावना
बालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ
बालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ
ऊर्जा क्षेत्रबाटै समाजवादको अभ्यास शुरु गरौंः मन्त्री खड्का
ऊर्जा क्षेत्रबाटै समाजवादको अभ्यास शुरु गरौंः मन्त्री खड्का