जनताको भरोसा र राष्ट्रको हितलाई प्राथमिकतामा राखेर काम गर्ने छु: अध्यक्ष ज्ञवाली

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, पौष ३०, २०८२
|
|
२८ पटक हेरिएको
Shares
जनताको भरोसा र राष्ट्रको हितलाई प्राथमिकतामा राखेर काम गर्ने छु: अध्यक्ष ज्ञवाली

सारांश

  • नेपाल रिपब्लिक मिडिया लिमिटेडकी नवनिर्वाचित अध्यक्ष शोभा ज्ञवालीले जनताको भरोसा, समाजको अपेक्षा र राष्ट्रको हितलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिवद्धता जनाएकी छिन् ।
  • बुधबार काठमाडौंमा आयोजित कम्पनीको पाँचौं वार्षिकोत्सव समारोहमा बोल्दै उनले नेपाल रिपब्लिक मिडियामा गरिने प्रत्येक समाचार, प्रत्येक सम्पादकीय र प्रत्येक प्रसारण जनताको जीवन, समाजको दिशा र राष्ट्रको भविष्यसँग जोडिएको हुन्छ भन्ने कुरामा आफू पूर्ण रूपमा सचेत रहेको बताईन् ।
  • उनले भनिन,‘नेपाल रिपब्लिक मिडिया केवल एउटा संस्था मात्र होइन, यो जनता र समाजप्रतिको उत्तरदायित्व बोकेको सार्वजनिक संस्था हो ।

 

३० पुस, काठमाडौं ।

नेपाल रिपब्लिक मिडिया लिमिटेडकी नवनिर्वाचित अध्यक्ष शोभा ज्ञवालीले जनताको भरोसा, समाजको अपेक्षा र राष्ट्रको हितलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिवद्धता जनाएकी छिन् । बुधबार काठमाडौंमा आयोजित कम्पनीको पाँचौं वार्षिकोत्सव समारोहमा बोल्दै उनले नेपाल रिपब्लिक मिडियामा गरिने प्रत्येक समाचार, प्रत्येक सम्पादकीय र प्रत्येक प्रसारण जनताको जीवन, समाजको दिशा र राष्ट्रको भविष्यसँग जोडिएको हुन्छ भन्ने कुरामा आफू पूर्ण रूपमा सचेत रहेको बताईन् ।उनले भनिन,‘नेपाल रिपब्लिक मिडिया केवल एउटा संस्था मात्र होइन, यो जनता र समाजप्रतिको उत्तरदायित्व बोकेको सार्वजनिक संस्था हो ।

यहाँ गरिने प्रत्येक समाचार, प्रत्येक सम्पादकीय र प्रत्येक प्रसारण जनताको जीवन, समाजको दिशा र राष्ट्रको भविष्यसँग जोडिएको हुन्छ भन्ने कुरामा म पूर्ण रूपमा सचेत छु । जनताको भरोसा, समाजको अपेक्षा र राष्ट्रको हितलाई हामै सधैं मेरो नेतृत्वको केन्द्रमा राख्ने छु ।’ त्यस्तै पारदर्शी व्यवस्थापन, सुशासन, नैतिक नेतृत्व र संस्थाको दिगो विकास। सार्वजनिक स्वामित्वको मर्मलाई सधैं सुरक्षित राख्दै संस्थाको विश्वसनीयता अझ मजबुत बनाइने उनको प्रतिबद्धता छ । ‘पारदर्शी व्यवस्थापन, सुशासन, नैतिक नेतृत्व र संस्थाको दिगो विकास। सार्वजनिक स्वामित्वको मर्मलाई सधैं सुरक्षित राख्दै संस्थाको विश्वसनीयता अझ मजबुत बनाइने छ ।’उनले भने पेशागत स्वतन्त्रता, सम्मान, सुरक्षा र क्षमतावृद्धिको संरक्षण सत्यमा आधारित पत्रकारिता नै हाम्रो आत्मा हो, र त्यसको रक्षा मेरो आफ्नो प्राथमिकता हुने उनको भनाई छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ