इजरायली आक्रमणमा १३ बालबालिकासहित ३० जनाको मृत्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, कार्तिक २५, २०८१
|
|
२८ पटक हेरिएको
Shares
इजरायली आक्रमणमा १३ बालबालिकासहित ३० जनाको मृत्यु

सारांश

  • गाजाको नागरिक सुरक्षा निकायले प्यालेस्टिनी भूभागको उत्तरमा दुई घरमा इजरायली आक्रमणमा परी १३ बालबालिकासहित ३० जनाको मृत्यु भएको जनाएको छ ।
  • उत्तरी गाजाको जबालियाको एक घरमा आइतबार बिहान भएको पहिलो आक्रमणमा १३ बालबालिकासहित कम्तीमा २५ जनाको मृत्यु हुनुका साथै ३० जनाभन्दा बढी घाइते भएका नागरिक सुरक्षा निकायले जनाएको छ ।
  • गत अक्टोबर ६ देखि इजरायली सेनाले उत्तरी गाजाको जबालियालगायत क्षेत्रमा हमास लडाकूसमूहलाई पुनः सङ्गठित हुनबाट रोक्न चाहेको भन्दै हवाई तथा स्थलगत आक्रमण गरिरहेको छ ।

२५ कार्तिक, वासिङ्टन । गाजाको नागरिक सुरक्षा निकायले प्यालेस्टिनी भूभागको उत्तरमा दुई घरमा इजरायली आक्रमणमा परी १३ बालबालिकासहित ३० जनाको मृत्यु भएको जनाएको छ ।

उत्तरी गाजाको जबालियाको एक घरमा आइतबार बिहान भएको पहिलो आक्रमणमा १३ बालबालिकासहित कम्तीमा २५ जनाको मृत्यु हुनुका साथै ३० जनाभन्दा बढी घाइते भएका नागरिक सुरक्षा निकायले जनाएको छ । गत अक्टोबर ६ देखि इजरायली सेनाले उत्तरी गाजाको जबालियालगायत क्षेत्रमा हमास लडाकूसमूहलाई पुनः सङ्गठित हुनबाट रोक्न चाहेको भन्दै हवाई तथा स्थलगत आक्रमण गरिरहेको छ ।

गाजा शहरको साबरा क्षेत्रमा भएको अर्को आक्रमणमा पाँच जनाको मृत्यु भएको छ भने अन्य अझै बेपत्ता छन् । “अझै पनि धेरै सर्वसाधारण भग्नावशेषमुनि पुरिएका छन्,” प्यालेष्टिनी सुरक्षा निकायले भनेको छ। सन् २०२३ को अक्टोबर ७ मा दक्षिणी इजरायलमा एक हजार २०६ जनाको मृत्यु हुनेगरी हमासले गरेको आक्रमणपछि गाजामा युद्ध सुरु भएको थियो।

इजरायलको जवाफी कारबाहीमा गाजामा ४३ हजार ५५२ जनाको मृत्यु भएको छ भने मृतकमध्ये अधिकांश सर्वसाधारण रहेको संयुक्त राष्ट्रसङ्घले जनाएको छ । गाजा युद्ध जारी छ र यो क्रमशः लेवनानतर्फ विस्तार भएको देखिन्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बाल यौन दुराचार आरोपमा एक  शिक्षक पक्राउ
बाल यौन दुराचार आरोपमा एक शिक्षक पक्राउ
रास्वपा ४७ स्थानमा अगाडि, कांग्रेस ६,एमाले ४ र नेकपा २ स्थानमा अगाडि
रास्वपा ४७ स्थानमा अगाडि, कांग्रेस ६,एमाले ४ र नेकपा २ स्थानमा अगाडि
सुनसरी गोली काण्ड : पीडित र प्रशासनबीच ५ बुँदे सहमति, छानबिन समिति गठन
सुनसरी गोली काण्ड : पीडित र प्रशासनबीच ५ बुँदे सहमति, छानबिन समिति गठन
बुधबार कति पुग्यो सुन चाँदीको मूल्य ?
बुधबार कति पुग्यो सुन चाँदीको मूल्य ?
राष्ट्रिय मुक्ति पार्टी नेपालको घोषणापत्र सार्वजनिक
राष्ट्रिय मुक्ति पार्टी नेपालको घोषणापत्र सार्वजनिक
‘डेडिकेटेड’ महसुल तिर्न उद्योगीद्वारा सामूहिक अस्वीकार
‘डेडिकेटेड’ महसुल तिर्न उद्योगीद्वारा सामूहिक अस्वीकार
सप्तकोशी नदीमा भ्यासका क्रममा सशस्त्रका दुई गोताखोर बेपत्ता
सप्तकोशी नदीमा भ्यासका क्रममा सशस्त्रका दुई गोताखोर बेपत्ता
भूकम्प पीडितलाई अस्थायी आवास बनाउन ५० हजार रूपैयाँ दिने मन्त्रिपरिषदको निर्णय
भूकम्प पीडितलाई अस्थायी आवास बनाउन ५० हजार रूपैयाँ दिने मन्त्रिपरिषदको निर्णय
समाजवादी मोर्चाले आज विराटनगरमा सभा गर्दै
समाजवादी मोर्चाले आज विराटनगरमा सभा गर्दै
नक्कली नागरिकता प्रकरणमा सर्लाहीका वडा अध्यक्ष सुवोध राय पक्राउ
नक्कली नागरिकता प्रकरणमा सर्लाहीका वडा अध्यक्ष सुवोध राय पक्राउ