थाइ एअर एसियाले थाल्यो भैरहवा–बैंकक उडान

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, कार्तिक १८, २०८१
|
|
३९ पटक हेरिएको
Shares
थाइ एअर एसियाले थाल्यो भैरहवा–बैंकक उडान

सारांश

  • थाइ एयर एसियाले बैंकक–भैरहवा–बैंकक उडान आज आइतबारबाट सुरु गरेको छ।
  • इले बैंककबाट भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानसस्थलमा उडान गरेको हो।
  • यससँगै अब थाइले भैरहवाबाट साताको २ दिन सोमबार र विहीबार उडान गर्नेछ।

 

१८ कात्तिक, बुटवल । थाइ एयर एसियाले बैंकक–भैरहवा–बैंकक उडान आज आइतबारबाट सुरु गरेको छ।

इले बैंककबाट भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानसस्थलमा उडान गरेको हो। यससँगै अब थाइले भैरहवाबाट साताको २ दिन सोमबार र विहीबार उडान गर्नेछ। अब ८ नोभम्बर (२३ मंसिर) मा अर्को उडान हुने विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले जानकारी दिए।

उनका अनुसार आज बिहान ७ बजे विमानस्थलमा जहाज अवतरण गरेको थियो। लगत्तै बिहान ७:४० बजे बैंकक प्रस्थान गरीसकेको उनले बताए।

विमानमा चालक दलका ७ सदस्यहरु मात्रै आएका थिए। भैरहवाबाट बैंककतर्फ एकतर्फी सुरुवाती भाडादर १२ हजार रुपैयाँ छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?