सेना दिवस–२०८२ को समारोहमा प्रधानमन्त्री कार्की सहभागी

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, फाल्गुन ३, २०८२
|
|
३३ पटक हेरिएको
Shares
सेना दिवस–२०८२ को समारोहमा प्रधानमन्त्री कार्की सहभागी

सारांश

  • प्रधानमन्त्री सुशीला कार्की आज नेपाली सेनाद्वारा आयोजित महाशिवरात्रि तथा सेना दिवस–२०८२ सम्बन्धी विशेष कार्यक्रममा सहभागी भएकी छन् ।
  • काठमाडौंस्थित सैनिक मञ्च टुँडिखेलमा आयोजित उक्त समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल प्रमुख अतिथिका रूपमा उपस्थित थिए ।
  • कार्यक्रममा महाशिवरात्रि बढाइँ तथा आकर्षक मार्च पास्ट प्रस्तुत गरिएको थियो ।

 

३ फागुन, काठमाडौं ।

प्रधानमन्त्री सुशीला कार्की आज नेपाली सेनाद्वारा आयोजित महाशिवरात्रि तथा सेना दिवस–२०८२ सम्बन्धी विशेष कार्यक्रममा सहभागी भएकी छन् । काठमाडौंस्थित सैनिक मञ्च टुँडिखेलमा आयोजित उक्त समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल प्रमुख अतिथिका रूपमा उपस्थित थिए । कार्यक्रममा महाशिवरात्रि बढाइँ तथा आकर्षक मार्च पास्ट प्रस्तुत गरिएको थियो । त्यसैगरी नेपाली सेनाका हातहतियार तथा आधुनिक उपकरणहरूको प्रदर्शनी, विविध सैनिक कला तथा सांगीतिक झाँकीहरू समेत प्रदर्शन गरिएका थिए ।

कार्यक्रममा मित्रराष्ट्र भारत, बेलायत र अमेरिकाका सेनाका ब्यान्डहरूको विशेष प्रस्तुति पनि समावेश गरिएको थियो, जसले समारोहलाई थप आकर्षक बनाएको थियो । नेपाली सेनाले हरेक वर्ष महाशिवरात्रिको अवसर पारेर आफ्नो स्थापना दिवस मनाउँदै आएको छ। राष्ट्र निर्माता पृथ्वीनारायण शाहले नेपाल एकीकरणको अभियानका क्रममा विसं १८१९ मा नेपाली सेनाको गठन गरेको ऐतिहासिक अभिलेख छ । सो समयमा श्रीनाथ, कालीबक्स, बर्दवानी, सबुज र गोरख कम्पनी स्थापना गरिएका थिए । नेपाल राज्यका पुराना संस्थामध्ये नेपाली सेना एक प्रमुख संस्था मानिन्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?