Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

प्रधानमन्त्री ओलीले विश्वासको मत नलिएको भन्दै सर्वोच्चमा रिट

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, भाद्र ५, २०८२
|
|
४६ पटक हेरिएको
Shares
प्रधानमन्त्री ओलीले विश्वासको मत नलिएको भन्दै सर्वोच्चमा रिट

सारांश

  • प्रधानमन्त्री केपी शर्मा ओलीले आवश्यक समयमा विश्वासको मत नलिएको भन्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ ।
  • अधिवक्ता वीरेन्द्र केसीले बिहीबार सर्वोच्चमा रिट दर्ता गर्दै ओली अहिले कामचलाउ सरकार प्रमुख मात्र भएको दाबी गरेका छन् ।
  • उनले नयाँ सरकार गठन प्रक्रिया सुरु गर्न माग गरेका छन् ।

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आवश्यक समयमा विश्वासको मत नलिएको भन्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । अधिवक्ता वीरेन्द्र केसीले बिहीबार सर्वोच्चमा रिट दर्ता गर्दै ओली अहिले कामचलाउ सरकार प्रमुख मात्र भएको दाबी गरेका छन् । उनले नयाँ सरकार गठन प्रक्रिया सुरु गर्न माग गरेका छन् ।

सर्वोच्च अदालत प्रशासनका अनुसार रिट दर्ता भइसकेको छ । यसमा प्रधानमन्त्री ओली, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबार, प्रतिनिधि सभा सभामुख देवराज घिमिरे, संघीय संसद सचिवालय र राष्ट्रपतिको कार्यालयलाई विपक्षी बनाइएको छ। संविधानको धारा १०० (२) अनुसार सरकारलाई समर्थन गर्ने कुनै दलले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने प्रावधान छ। तर, उपेन्द्र यादव नेतृत्वको जसपा नेपालले असार ३१ गते र नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले असार २२ गते समर्थन फिर्ता लिएका थिए ।

रिटमा भनिएको छ, ‘समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीले ३० दिनभित्र विश्वासको मतका लागि प्रस्ताव नराखेकाले वर्तमान मन्त्रिपरिषद्को संवैधानिक हैसियत समाप्त भइसकेको छ । संविधानको धारा ७७ (१)(ख) बमोजिम प्रधानमन्त्री र मन्त्रीहरूको पद रिक्त भएको अवस्था हो।’ रिटमार्फत राष्ट्रपतिलाई संविधानको धारा ७६ अनुसार नयाँ सरकार गठनका लागि आह्वान गर्न आदेश दिन माग गरिएको छ । साथै, कामचलाउ सरकार मात्र भएकोले प्रधानमन्त्री ओलीले दैनिक प्रशासनिक काम बाहेक दीर्घकालीन र नीतिगत निर्णय नगर्न/नगराउनुपर्ने मागसमेत राखिएको छ। यस विषयमा शुक्रबार सुनुवाइ हुने गरी पेसी तोकिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सांसदलाई कोष होइन, अधिकार दिनुपर्छः विनोद चौधरी
सांसदलाई कोष होइन, अधिकार दिनुपर्छः विनोद चौधरी
मुम्बई पुर्‍याएर युवती बेचेको आरोपमा ३० वर्षपछि समातिए ६७ वर्षीय वृद्ध
मुम्बई पुर्‍याएर युवती बेचेको आरोपमा ३० वर्षपछि समातिए ६७ वर्षीय वृद्ध
प्रहरी कुट्नेलाई कारबाही गर्न गृहमन्त्रीको निर्देशन
प्रहरी कुट्नेलाई कारबाही गर्न गृहमन्त्रीको निर्देशन
शिक्षामन्त्री पुनलाई भिसीहरूको जवाफ- विश्वविद्यालयलाई राजनीतिमुक्त नबनाएसम्म सुधार हुँदैन
शिक्षामन्त्री पुनलाई भिसीहरूको जवाफ- विश्वविद्यालयलाई राजनीतिमुक्त नबनाएसम्म सुधार हुँदैन
बेलायतका लागि नेपाली राजदूत घिमिरेद्वारा पदभार ग्रहण
बेलायतका लागि नेपाली राजदूत घिमिरेद्वारा पदभार ग्रहण
लागु औषधसहित एकजना पक्राउ
लागु औषधसहित एकजना पक्राउ
लमजुङमा भरूवा बन्दुकसहित एक जना पक्राउ
लमजुङमा भरूवा बन्दुकसहित एक जना पक्राउ
सभामुखले प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेताहरूसँग आज छलफल गर्दै
सभामुखले प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेताहरूसँग आज छलफल गर्दै
५ दिनअघि मात्र ‘मिस्टर काठमाडौं’को उपाधि जितेका प्रकाश राईको हृदयघातका कारण मृत्यु
५ दिनअघि मात्र ‘मिस्टर काठमाडौं’को उपाधि जितेका प्रकाश राईको हृदयघातका कारण मृत्यु
परराष्ट्रमन्त्री खनाल र सार्कका महासचिवबीच भेटवार्ता
परराष्ट्रमन्त्री खनाल र सार्कका महासचिवबीच भेटवार्ता