शिक्षामन्त्री पुनलाई भिसीहरूको जवाफ- विश्वविद्यालयलाई राजनीतिमुक्त नबनाएसम्म सुधार हुँदैन

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, आश्विन १२, २०८२
|
|
४७ पटक हेरिएको
Shares
शिक्षामन्त्री पुनलाई भिसीहरूको जवाफ- विश्वविद्यालयलाई राजनीतिमुक्त नबनाएसम्म सुधार हुँदैन

सारांश

  •   शिक्षा मन्त्री महावीर पुनले विश्वविद्यालय सुधारका लागि भिसी, रजिस्ट्रार, रेक्टर र डीनहरूसँग छलफल गरेका छन्।
  • उनले विश्वविद्यालयलाई अन्तर्राष्ट्रिय स्तरको बनाउने विषयमा भिसीलगायतसँग जिज्ञासा राखेका थिए।
  • विश्वविद्यालयका भिसीहरूले राजनीतिमुक्त नबनाएसम्म त्यस्तो सुधार हुन नसक्ने जवाफ दिएको मन्त्री पुनले उल्लेख गरेका छन्।

१२ असोज, काठमाडौं । 

शिक्षा मन्त्री महावीर पुनले विश्वविद्यालय सुधारका लागि भिसी, रजिस्ट्रार, रेक्टर र डीनहरूसँग छलफल गरेका छन्। उनले विश्वविद्यालयलाई अन्तर्राष्ट्रिय स्तरको बनाउने विषयमा भिसीलगायतसँग जिज्ञासा राखेका थिए। विश्वविद्यालयका भिसीहरूले राजनीतिमुक्त नबनाएसम्म त्यस्तो सुधार हुन नसक्ने जवाफ दिएको मन्त्री पुनले उल्लेख गरेका छन्।

‘विश्वविद्यालयको गुणस्तर सुधारेर यसलाई कसरी अन्तर्राष्ट्रिय स्तरको विश्वविद्यालयमा परिणत गर्न सकिन्छ? भनेर सोध्दा भिसीसहितका टोलीले उत्तर दिए, विश्वविद्यालयलाई राजनीतिमुक्त क्षेत्र नबनाएसम्म त्यस्तो सुधार गर्न सम्भव छैन वा धेरै गाह्रो छ,’ सामाजिक सञ्जालमा मन्त्री पुनले भनेका छन्। उनले भिसीहरूलाई दसैंपछि विश्वविद्यालय सुधारका उपायहरू ल्याउन निर्देशन दिएको बताए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?