भ्रम छर्ने कुरा फेसनजस्तो भयो : उपप्रधानमन्त्री सिंह

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, जेठ १०, २०८२
|
|
२४ पटक हेरिएको
Shares
भ्रम छर्ने कुरा फेसनजस्तो भयो : उपप्रधानमन्त्री सिंह

सारांश

  • उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले देशमा केही भएन भनेर भ्रम छर्नेकुरा फेसन जस्तो भएको टिप्पणी गरेका छन् ।
  • jशनिबार काठमाडौंमा नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ काठमाडौं महानगर समितिको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
  • अहिले के भयो र ?

१० जेठ, काठमाडौं ।

उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले देशमा केही भएन भनेर भ्रम छर्नेकुरा फेसन जस्तो भएको टिप्पणी गरेका छन् ।jशनिबार काठमाडौंमा नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ काठमाडौं महानगर समितिको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । अहिले के भयो र ? के भएको छ र ? जस्ता भाष्यहरू बनाएर प्रजातन्त्रले के ल्यायो भन्दै प्रश्न गर्ने काम भइरहेको बताए । ‘अहिले एउटा फेसन जस्तो के भयो र ? के भएको छ र ? यो प्रजातन्त्रले के ल्यायो र ? के दियो र भन्छन् ।

त्यो के दियो ? के चित्त बुझेन भन्ने अभिव्यक्ति स्वतन्त्रता दिने कसले दियो त भन्दा यही प्रजातान्त्रिक पद्धतिले दिलाएको हो,’ उपप्रधानमन्त्री सिंहले भने, ‘प्राप्त भएको अधिकारलाई अब हामी सुरक्षित राख्ने जिम्मेवारी कसको ? संघर्ष गरेर अधिकार आयो । अधिकार आइसकेपछि अधिकार सुरक्षित राख्दै, संस्थागत गर्दै अगाडि बढाउने जिम्मेवारी तपाईं हाम्रो काँधमा छ ।’ अभिव्यक्ति स्वतन्त्रताको अधिकार कसले दियो ? भन्दै प्रश्न गरे । संघर्ष र बलिदानबाट प्राप्त अधिकारको संरक्षण गर्ने काम सबैको भएको उनले बताए । नकारात्मक कुरालाई प्रचार गर्ने काम भइरहेको भन्दै असन्तुष्टि जनाए । ‘अहिलेको समय खालि नेगेटिभ कुरालाई हाइलाइट गर्ने, अचिभमेन्टलाई केही होइन यो, प्राप्त गरेको कुरा केही होइन भन्ने । प्राप्त गरेको कुरा केही होइन भने के नयाँ प्राप्ति गर्न यो आवाज उठिरहेको छ त ? यतातिर पनि हाम्रो ध्यान जानुपर्छ । लामो समयको त्याग तपस्या र बलिदानले अहिलेको प्रणाली ल्याएका छौँ,’ उनले भने ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सिरहामा कटुवा पेस्तोलसहित दुई भारतीय नागरिक पक्राउ
सिरहामा कटुवा पेस्तोलसहित दुई भारतीय नागरिक पक्राउ
इस्लाम धर्मावलम्बी आज इद-उल-जोहा मनाउँदै
इस्लाम धर्मावलम्बी आज इद-उल-जोहा मनाउँदै
बहिनीज्वाइँले धारिलो हतियार प्रहार गर्दा जेठीसासूको निधन
बहिनीज्वाइँले धारिलो हतियार प्रहार गर्दा जेठीसासूको निधन
भूकम्प प्रभावितको उद्धार र राहतबारे गृह मन्त्रालयमा बैठक
भूकम्प प्रभावितको उद्धार र राहतबारे गृह मन्त्रालयमा बैठक
माटोको ढिस्कोमा पुरिएर गाउँपालिकाका प्राविधिकसहित दुई जनाको मृत्यु
माटोको ढिस्कोमा पुरिएर गाउँपालिकाका प्राविधिकसहित दुई जनाको मृत्यु
रास्वपा र राप्रपाले आज पनि गर्‍यो संसद बैठक बहिस्कार
रास्वपा र राप्रपाले आज पनि गर्‍यो संसद बैठक बहिस्कार
तमिलनाडुमा सरकार गठनः कांग्रेसद्वारा विजय नेतृत्वको टिभिकेलाई समर्थन
तमिलनाडुमा सरकार गठनः कांग्रेसद्वारा विजय नेतृत्वको टिभिकेलाई समर्थन
सगरमाथा आरोहण गर्दै कांग्रेस महामन्त्री शर्मा
सगरमाथा आरोहण गर्दै कांग्रेस महामन्त्री शर्मा
एक वर्षमा नेपालमा १७ खर्ब भन्दा बढी रेमिट्यान्स भित्रियो
एक वर्षमा नेपालमा १७ खर्ब भन्दा बढी रेमिट्यान्स भित्रियो
आजको मौसम : हिमाली र पहाडी भूभागका केही स्थानमा मध्यम वर्षाको सम्भावना
आजको मौसम : हिमाली र पहाडी भूभागका केही स्थानमा मध्यम वर्षाको सम्भावना