भोटेकोशी बाढीमा ६७७ यातायात मजदुर र ५१५ ट्रक-कन्टेनर बेपत्ता

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, आश्विन १, २०८३
|
|
४१ पटक हेरिएको
Shares
भोटेकोशी बाढीमा ६७७ यातायात मजदुर र ५१५ ट्रक-कन्टेनर बेपत्ता

सारांश

  • १० भदौम रसुवा भोटेकोशी नदीमा आएको बाढीका कारण ६ सय ७७ जना मजदुर सम्पर्कविहीन भएका र ५ सय १५ ट्रक तथा कन्टेनर हराएको तथ्यांक सार्वजनिक भएको छ ।
  • नेपाल ट्रक यातायात व्यवसायी महासंघले यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलको संयोजकत्वमा बसेको बैठकमा उक्त तथ्यांक प्रस्तुत गरेको हो ।
  • बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिको प्रारम्भिक विवरण प्रस्तुत गर्दै महासंघले सम्पर्कविहीन मजदुर र हराएका ट्रक तथा कन्टेनर संख्या अझै बढ्न सक्ने जनाएको छ ।

१ असोज, काठमाडौं । १० भदौम रसुवा भोटेकोशी नदीमा आएको बाढीका कारण ६ सय ७७ जना मजदुर सम्पर्कविहीन भएका र ५ सय १५ ट्रक तथा कन्टेनर हराएको तथ्यांक सार्वजनिक भएको छ ।

नेपाल ट्रक यातायात व्यवसायी महासंघले यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलको संयोजकत्वमा बसेको बैठकमा उक्त तथ्यांक प्रस्तुत गरेको हो ।

बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिको प्रारम्भिक विवरण प्रस्तुत गर्दै महासंघले सम्पर्कविहीन मजदुर र हराएका ट्रक तथा कन्टेनर संख्या अझै बढ्न सक्ने जनाएको छ ।

भोटेकोशी बाढीबाट सार्वजनिक यातायात तथा ढुवानी क्षेत्रमा ठूलो क्षति पुगेकाले वास्तविक क्षतिको यकिन विवरण संकलन गर्नुपर्ने महासंघको भनाइ छ ।

महासंघ अध्यक्ष राजेन्द्रविक्रम बानियाँले बाढीका कारण ढुवानी व्यवसायमा परेको क्षतिको यथार्थ मूल्यांकन गरी पीडित व्यवसायी तथा मजदुरलाई राहत र क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने बताए ।

बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिको मूल्यांकन, क्षतिपूर्तिको आधार र अन्य सम्बन्धित विषयमा रायसहित प्रतिवेदन तयार गर्न पूर्वाधार विकास मन्त्रालयले समिति गठन गरेको छ ।

मन्त्रालयले २६ भदौमा मन्त्रीको अध्यक्षतामा यातायात व्यवसायी तथा सरोकारवालासँग भएको बैठकको निर्णय अनुसार यातायात व्यवस्था विभागका महानिर्देशक पोखरेलको संयोजकत्वमा समिति गठन गरेको हो । समितिलाई १५ दिनभित्र राय सुझाव सहित प्रतिवेदन मन्त्रीसमक्ष पेस गर्न जिम्मेवारी दिइएको छ ।

समितिमा पूर्वाधार विकास मन्त्रालयका प्रतिनिधि, मन्त्रीको सचिवालय, यातायात व्यवसायीका प्रतिनिधि, यातायात मजदुर संघसंगठनका प्रतिनिधि सहित नेपाल ट्रक यातायात व्यवसायी महासंघ अध्यक्ष बानियाँ र महासचिव बद्रीप्रसाद चौलागाईं लगायत सदस्य छन् ।

मन्त्रालयका अनुसार समितिले भोटेकोशी बाढीका कारण सार्वजनिक यातायात क्षेत्रमा भएको मानवीय तथा भौतिक क्षतिको विवरण संकलन गरी क्षतिपूर्ति निर्धारणका लागि आवश्यक आधार समेत तय गर्ने छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भारतको अपरेशन सिन्दूरबाट ४० पाकिस्तानी सेना र सय आतंककारी मारिए
भारतको अपरेशन सिन्दूरबाट ४० पाकिस्तानी सेना र सय आतंककारी मारिए
रास्वपाले बोलायो सचिवालयको आकस्मिक बैठक
रास्वपाले बोलायो सचिवालयको आकस्मिक बैठक
भारतको राजस्थानमा बस र अटो ठोक्किँदा १२ जनाको मृत्यु
भारतको राजस्थानमा बस र अटो ठोक्किँदा १२ जनाको मृत्यु
आज तराईका केही स्थानमा हुस्सु, बाँकी क्षेत्रमा मौसम सफा रहने
आज तराईका केही स्थानमा हुस्सु, बाँकी क्षेत्रमा मौसम सफा रहने
लमजुङमा जिप दु*र्घटना, २ जनाको मृ*त्यु
लमजुङमा जिप दु*र्घटना, २ जनाको मृ*त्यु
ईश्वरपुरमा बालविकास केन्द्र भवनको शिलान्यास
ईश्वरपुरमा बालविकास केन्द्र भवनको शिलान्यास
विराटनगरमा विद्यार्थीले लगाए योजना आयोगको गाडीमा आगो
विराटनगरमा विद्यार्थीले लगाए योजना आयोगको गाडीमा आगो
स्वास्थ्य बीमा सेवा बेवास्ता गर्ने अस्पताललाई बोर्डले कारबाही गर्ने
स्वास्थ्य बीमा सेवा बेवास्ता गर्ने अस्पताललाई बोर्डले कारबाही गर्ने
टीयू क्रिकेट मैदान वरपर भीडभाड नगर्न प्रहरीको अनुरोध
टीयू क्रिकेट मैदान वरपर भीडभाड नगर्न प्रहरीको अनुरोध
राष्ट्रको वृहत्तर हित सांस्कृतिक विविधताको सम्मान र संरक्षणबाट सम्भवः अध्यक्ष दाहाल
राष्ट्रको वृहत्तर हित सांस्कृतिक विविधताको सम्मान र संरक्षणबाट सम्भवः अध्यक्ष दाहाल