ईश्वरपुरमा बालविकास केन्द्र भवनको शिलान्यास

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, मंसिर २६, २०८२
|
|
४६ पटक हेरिएको
Shares
ईश्वरपुरमा बालविकास केन्द्र भवनको शिलान्यास

सारांश

  • विद्यालय टाढा हुनु र आवतजावत जोखिमपूर्ण भएपछि बालबालिकाहरू शिक्षा अधिकारबाट वञ्चित नहोस् भन्ने उद्देश्यले ईश्वरपुरमा नयाँ बालविकास केन्द्र भवन निर्माण कार्य सुरु गरिएको छ।
  • समुदायको मागअनुसार स्थापना हुन लागेको यो केन्द्र ग्रामीण नारी उत्थान संघ हरिपुर–२, सर्लाही र सेभ द चिल्ड्रेनको आर्थिक सहयोगमा सञ्चालित समुन्नति परियोजना अन्तर्गत निर्माण हुँदैछ।
  • भवन निर्माणको शिलान्यास एक औपचारिक समारोहमा सम्पन्न भयो।

 

२६ मंसिर, सर्लाही ।

विद्यालय टाढा हुनु र आवतजावत जोखिमपूर्ण भएपछि बालबालिकाहरू शिक्षा अधिकारबाट वञ्चित नहोस् भन्ने उद्देश्यले ईश्वरपुरमा नयाँ बालविकास केन्द्र भवन निर्माण कार्य सुरु गरिएको छ। समुदायको मागअनुसार स्थापना हुन लागेको यो केन्द्र ग्रामीण नारी उत्थान संघ हरिपुर–२, सर्लाही र सेभ द चिल्ड्रेनको आर्थिक सहयोगमा सञ्चालित समुन्नति परियोजना अन्तर्गत निर्माण हुँदैछ।

भवन निर्माणको शिलान्यास एक औपचारिक समारोहमा सम्पन्न भयो। कार्यक्रममा वडा अध्यक्ष नन्दलाल चौधरी, संघ अध्यक्ष गोमा देवी न्यौपाने, प्रधानाध्यापक उपेन्द्र बहादुर कार्की, वडा सदस्य दशै धामी, शिक्षा संयोजक शम्भु साह, प्राविधिक प्रविण साह, सुपरभाइजर राम विश्वास चौधरी र भरत दास कठबनिया लगायत सहभागी थिए। स्थानीय समाजसेवी तथा महिलाहरूको उल्लेखनीय उपस्थिति रहेको कार्यक्रमले समुदायमै शिक्षा सुविधा विस्तारको वातावरण तयार गरेको बताइएको छ। बालविकास केन्द्र स्थापना भएपछि विद्यालयसम्म पुग्नुपर्ने दूरी र जोखिम कम भइ स्थानीय बालबालिकाले सहज रूपमा शिक्षा प्राप्त गर्न सक्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ