प्रतिबन्धित लागुऔषध सहित रौतहटबाट एक जना पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, आषाढ ११, २०८२
|
|
२५ पटक हेरिएको
Shares
प्रतिबन्धित लागुऔषध सहित रौतहटबाट एक जना पक्राउ

सारांश

  •   रौतहट प्रहरीले ठूलो परिमाणमा प्रतिबन्धित लागुऔषधसहित एक जना युवकलाई पक्राउ गरेको छ।
  • जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार, गौर नगरपालिका वडा नम्बर ३ स्थित विपी चोक हुँदै बसपार्कतर्फ गइरहेको ना.
  • १ ह.

११ असार, काठमाडौं । 

रौतहट प्रहरीले ठूलो परिमाणमा प्रतिबन्धित लागुऔषधसहित एक जना युवकलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार, गौर नगरपालिका वडा नम्बर ३ स्थित विपी चोक हुँदै बसपार्कतर्फ गइरहेको ना.१ ह.७८९३ नम्वरको अटोरिक्सालाई रोकेर चेकजाँच गर्नेक्रममा प्रहरीले उक्त परिमाणको लागुऔषध  फेला पारेको हो । सोक्रममा प्रहरीले चन्द्रपुर नगरपालिका–४ का २७ वर्षीय अजय विकलाई पनि नियन्त्रणमा लिएको छ ।

उक्त अटो सिमावर्ती भारतको बैरगनियाबाट यात्रुहरुलाई लिएर सदरमुकाम गौरको वसपार्कतर्फ जाँदै थियो । बिकको साथबाट फेनेरेगन इन्जेक्सन ११० एम्पुल, बुपरेर्नोफिन इन्जेक्सन ११० एम्पुल, सेरेजैक डाइजेपाम इन्जेक्सन ६४ एम्पुल, डाइजेपाम इन्जेक्सन ४६ एम्पुल गरेर ३३० थान प्रतिबन्धित इन्जेक्सन बरामद भएको रौतहटका प्रहरी प्रमुख एसपी नेत्रमणी गिरिले बताए । लागुऔषधसहित पक्राउ परेका युवकलाई जिल्ला अदालतमा म्याद थप गरेर हिरासतमा राखी आवश्यक अनुसन्धान भइरहेको एसपी गिरिले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गणतन्त्रविरोधी गतिविधिलाई राजनीतिक दल र जनता एकजुट भएर अस्वीकार गर्नुपर्छ : सभामुख घिमिरे
गणतन्त्रविरोधी गतिविधिलाई राजनीतिक दल र जनता एकजुट भएर अस्वीकार गर्नुपर्छ : सभामुख घिमिरे
सुनसहित नागढुंगाबाट दुई भारतीय पक्राउ
सुनसहित नागढुंगाबाट दुई भारतीय पक्राउ
आर्थिक वर्ष सकिन ४५ दिन बाँकी रहँदा बजेट खर्च ६४ प्रतिशत मात्र
आर्थिक वर्ष सकिन ४५ दिन बाँकी रहँदा बजेट खर्च ६४ प्रतिशत मात्र
जनमत पार्टीका प्रभावसाली नेता इन्जिनियर बिपिन कापरको सहयोगमा कृषि औजार वितरण
जनमत पार्टीका प्रभावसाली नेता इन्जिनियर बिपिन कापरको सहयोगमा कृषि औजार वितरण
उद्योगहरुको काटिएको लाइन जोड्ने प्राधिकरण सञ्चालक समितिको निर्णय
उद्योगहरुको काटिएको लाइन जोड्ने प्राधिकरण सञ्चालक समितिको निर्णय
नदी मापदण्डको विरोधमा स्थानीयको प्रदर्शन (तस्बिरहरू)
नदी मापदण्डको विरोधमा स्थानीयको प्रदर्शन (तस्बिरहरू)
संसदीय समिति बनाउन प्रधानमन्त्री तयार, रवि लामिछानेको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको शर्त
संसदीय समिति बनाउन प्रधानमन्त्री तयार, रवि लामिछानेको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको शर्त
एमाले नेताहरूको जिम्मेवारी निर्वाचन पछि हेरफेर हुनसक्ने
एमाले नेताहरूको जिम्मेवारी निर्वाचन पछि हेरफेर हुनसक्ने
वृद्धभत्ता पाउन अब ७० वर्ष पुग्नपर्ने
वृद्धभत्ता पाउन अब ७० वर्ष पुग्नपर्ने
१८ महिनाभित्र मुद्दा टुङ्ग्याउने र सुनुवाइ प्रत्यक्ष प्रसारण गर्ने प्रस्तावित प्रधानन्यायाधीश शर्माको कार्ययोजना
१८ महिनाभित्र मुद्दा टुङ्ग्याउने र सुनुवाइ प्रत्यक्ष प्रसारण गर्ने प्रस्तावित प्रधानन्यायाधीश शर्माको कार्ययोजना