धनुषामा सडक निर्माण विवाद, गाउँपालिका अध्यक्ष प्रत्याशी यादव र स्थानीयहरू द्धारा आन्दोलनको चेतावनी

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, बैशाख १७, २०८३
|
|
३७१ पटक हेरिएको
Shares
धनुषामा सडक निर्माण विवाद, गाउँपालिका अध्यक्ष प्रत्याशी यादव र स्थानीयहरू द्धारा आन्दोलनको चेतावनी

सारांश

  • धनुषाको लक्ष्मीनियाँ गाउँपालिका–४ अन्तर्गत सपहीको काली ठाकुरको फूलबारी हुँदै रम्दैयासम्म निर्माणाधीन सडक विवादमा परेको छ।
  • स्वीकृत नाप–नक्सा अनुसार निर्माण गर्न माग गर्दै स्थानीयवासीहरूले सम्बन्धित निकायलाई कडा चेतावनी दिएका छन्।
  • स्थानीयहरूका अनुसार सडक निर्माण कार्य सुरुदेखि नै पारदर्शी र प्राविधिक मापदण्डअनुसार हुनुपर्ने भए पनि त्यसको पालना नभएको गुनासो गरेका छन्।

१७ वैशाख, जनकपुरधाम।

धनुषाको लक्ष्मीनियाँ गाउँपालिका–४ अन्तर्गत सपहीको काली ठाकुरको फूलबारी हुँदै रम्दैयासम्म निर्माणाधीन सडक विवादमा परेको छ। स्वीकृत नाप–नक्सा अनुसार निर्माण गर्न माग गर्दै स्थानीयवासीहरूले सम्बन्धित निकायलाई कडा चेतावनी दिएका छन्। स्थानीयहरूका अनुसार सडक निर्माण कार्य सुरुदेखि नै पारदर्शी र प्राविधिक मापदण्डअनुसार हुनुपर्ने भए पनि त्यसको पालना नभएको गुनासो गरेका छन्। नेकपा एमालेका गाउँपालिका अध्यक्ष प्रत्याशी अजय कुमार यादवले नाप–नक्सा अनुसार चाँडो निर्माण कार्य अघि बढाउनुपर्नेमा जोड दिएका छन्।

यसैबीच, स्थानीयवासीहरूले वडा कार्यालय तथा गाउँपालिकामा संयुक्त रूपमा ज्ञापनपत्र बुझाउँदै शनिबारभित्र निर्माण कार्य स्वीकृत मापदण्डअनुसार सुरु गर्न अल्टिमेटम दिएका छन्। तोकिएको समयभित्र माग सम्बोधन नभए थप कडा आन्दोलनका कार्यक्रम ल्याउने चेतावनीसमेत दिइएको छ। उक्त सडक निर्माणका लागि २०७६ साल माघ १९ गते नापी कार्यालय धनुषाबाट गाउँपालिकालाई पत्र पठाइएको थियो। त्यतिबेला गाउँपालिका अध्यक्षमा बिन्देश्वर यादव र प्रमुख प्रशासकीय अधिकृतमा हरि शंकर यादव रहेका थिए। पटक–पटक पहल भए पनि हालसम्म कार्यान्वयन नभएको भन्दै स्थानीयवासीहरू आक्रोशित बनेका छन्।

नेकपा एमाले गाउँपालिका अध्यक्ष प्रत्याशी अजय कुमार यादवको नेतृत्वमा गाउँलेहरू गाउँपालिका र वडा कार्यालय पुगेर ज्ञापनपत्र बुझाएका थिए। कार्यक्रममा कार्यपालिका सदस्य राम प्रबोध साह, पलट यादव, विवेका साह, शिव रतन यादव, अशोक साह,छेदी यादव, रजिन्द्र यादव, प्रदिप साह पोलिस साह, देव नारायण साह, डा। राम प्रकाश यादव, राजेश यादव, राम लगन साह लगायतको उपस्थिति रहेको थियो। गाउँपालिका अध्यक्ष प्रत्याशी यादवको भनाई अनुसार यो समसीया सातौँ वडामा छन यसलाई चाडैँ समाधान गर्द आग्रह समेत गरे। गाउँपालिका अध्यक्ष प्रत्याशी यादवले समयमै काम नभए ठूलो आन्दोलन गर्ने चेतावनी दिँदै स्थानीय सरकारलाई आफ्नो दायित्वअनुसार काम गर्न आग्रह गरेका छन्। उनका अनुसार उक्त सडक २०७६ सालमै निर्माण सम्पन्न भइसक्नुपर्ने भए पनि ढिलाइका कारण स्थानीयवासीहरूले सास्ती भोग्नुपरेको भन्दै यस अवस्थालाई दुःखद बताएका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ताँजाकाेट गाउँपालिका कार्यालयमा आगलागी
ताँजाकाेट गाउँपालिका कार्यालयमा आगलागी
प्रधानमन्त्रीको भूमिका प्रभावकारी भएन : कांग्रेस प्रवक्ता महत
प्रधानमन्त्रीको भूमिका प्रभावकारी भएन : कांग्रेस प्रवक्ता महत
वर्षाका कारण नेपाल र युएईबीच जारी खेल बीचमै रोकियो
वर्षाका कारण नेपाल र युएईबीच जारी खेल बीचमै रोकियो
विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकबाट हितेन्द्रदेव शाक्यलाई हटाइयो
विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकबाट हितेन्द्रदेव शाक्यलाई हटाइयो
इस्लाम धर्मावलम्बी आज इद-उल-जोहा मनाउँदै
इस्लाम धर्मावलम्बी आज इद-उल-जोहा मनाउँदै
नागरिकको सुरक्षामा कुनै सम्झौता हुँदैन : गृहमन्त्री लामिछाने
नागरिकको सुरक्षामा कुनै सम्झौता हुँदैन : गृहमन्त्री लामिछाने
क्यानडामाथि नेपालको रोमाञ्चक जित
क्यानडामाथि नेपालको रोमाञ्चक जित
दमकल संचालन गर्न नेपाली सेनासँग ईश्वरपुर नगरपालिकाको साझेदारी
दमकल संचालन गर्न नेपाली सेनासँग ईश्वरपुर नगरपालिकाको साझेदारी
जिल्ला प्रहरी परिसर काठमाडौंले बुझायो तीनकुने घटनाको अनुसन्धान, आइतबारमात्रै मुद्दा दर्ता हुने
जिल्ला प्रहरी परिसर काठमाडौंले बुझायो तीनकुने घटनाको अनुसन्धान, आइतबारमात्रै मुद्दा दर्ता हुने
लोकतान्त्रिक अपाङ्ग संघको लेटरप्याड र छाप दुरूपयोग भएकोप्रति आपत्ति
लोकतान्त्रिक अपाङ्ग संघको लेटरप्याड र छाप दुरूपयोग भएकोप्रति आपत्ति