मकवानपुर सुमो दुर्घटना अपडेट : ३ जनाको मृत्यु, ७ जना घाइते

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, मंसिर ४, २०८३
|
|
५४ पटक हेरिएको
Shares
मकवानपुर सुमो दुर्घटना अपडेट : ३ जनाको मृत्यु, ७ जना घाइते

सारांश

  • रौतहटको चन्द्रनिगाहपुरबाट काठमाडौं आउँदै गरेको ना.
  • १ ज २१४३ नम्बरको यात्रुवाहक सुमो बिहीबार बिहान करिब ८ : ३० बजे भैंसेस्थित घुम्तीमा अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल भैंसे खोलामा खसेको हो ।
  • दुर्घटनामा चालकसहित सुमोमा सवार १० जना घाइते भएका थिए ।

मकवानपुर —

मकवानपुरको भीमफेदी गाउँपालिका–१ भैंसेस्थित हेटौंडा–भैंसे सडकखण्डमा सुमो दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । रौतहटको चन्द्रनिगाहपुरबाट काठमाडौं आउँदै गरेको ना.१ ज २१४३ नम्बरको यात्रुवाहक सुमो बिहीबार बिहान करिब ८ : ३० बजे भैंसेस्थित घुम्तीमा अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल भैंसे खोलामा खसेको हो ।

दुर्घटनामा चालकसहित सुमोमा सवार १० जना घाइते भएका थिए । प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले तत्काल उद्धार गरी उनीहरूलाई उपचारका लागि हेटौंडा अस्पताल पुर्‍याएको थियो । हेटौंडा अस्पतालमा चिकित्सकले बिहान ९ : २० बजे तीन जनालाई मृत घोषणा गरेका हुन् । दुर्घटनामा घाइते भएका अन्य सात जनाको हेटौंडा अस्पतालमै उपचार भइरहेको छ । उनीहरूको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?