नवनियुक्त वनमन्त्री माधव चौलागाईंले भने : कर्णाली उठ्यो भने देश पनि उठ्छ

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, मंसिर २६, २०८२
|
|
३१ पटक हेरिएको
Shares
नवनियुक्त वनमन्त्री माधव चौलागाईंले भने : कर्णाली उठ्यो भने देश पनि उठ्छ

सारांश

  •   नवनियुक्त वन तथा वातावरणमन्त्री माधव चौलागाईंले शुक्रबार पद तथा गोपनीयताको शपथग्रहणपछि औपचारिक रूपमा पदभार ग्रहण गरेका छन् ।
  • पदभार ग्रहण समारोहमा बोल्दै मन्त्री चौलागाईंले सरकारले ‘जेनजी आन्दोलन’ लाई संस्थागत गरिसकेको उल्लेख गर्दै कर्णालीमा घोषणा गरिएको नयाँ राष्ट्रिय निकुञ्जलाई प्रभावकारी रूपमा सञ्चालन गरिने बताए ।
  • उनले उक्त राष्ट्रिय निकुञ्जको कार्यालय स्थापना गरी नियमित सञ्चालनमा ल्याउनुपर्ने आवश्यकता औँल्याउँदै कर्णाली प्रदेशको विकास र गतिशीलतामा जेनजी आन्दोलनको महत्वपूर्ण योगदान रहेको उल्लेख गरे ।

 

२६ मंसिर, काठमाडौं । 

नवनियुक्त वन तथा वातावरणमन्त्री माधव चौलागाईंले शुक्रबार पद तथा गोपनीयताको शपथग्रहणपछि औपचारिक रूपमा पदभार ग्रहण गरेका छन् । पदभार ग्रहण समारोहमा बोल्दै मन्त्री चौलागाईंले सरकारले ‘जेनजी आन्दोलन’ लाई संस्थागत गरिसकेको उल्लेख गर्दै कर्णालीमा घोषणा गरिएको नयाँ राष्ट्रिय निकुञ्जलाई प्रभावकारी रूपमा सञ्चालन गरिने बताए ।

उनले उक्त राष्ट्रिय निकुञ्जको कार्यालय स्थापना गरी नियमित सञ्चालनमा ल्याउनुपर्ने आवश्यकता औँल्याउँदै कर्णाली प्रदेशको विकास र गतिशीलतामा जेनजी आन्दोलनको महत्वपूर्ण योगदान रहेको उल्लेख गरे । मन्त्री चौलागाईंले भने, ‘कर्णालीको स्प्रिडलाई देशको विकासमा कसरी रूपान्तरण गर्ने भन्नेमा हामीले गम्भीर रूपमा सोच्नुपर्छ । जेनजीहरुको परिवर्तनमा ठूलो भूमिका छ । आन्दोलनको अग्रपङ्ति र घाइतेमा पनि कर्णालीका जेनजीहरु बढी छन् । कर्णाली उठ्यो भने देश पनि उठ्छ ।’ उनले प्रदेशस्तरका चुनौती समाधान र राष्ट्रिय निकुञ्ज व्यवस्थापनलाई प्रभावकारी बनाउने प्रतिबद्धता पनि व्यक्त गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?