वातावरणमैत्री सडक संरचना बनाउन सरकार लागेको छः मन्त्री दाहाल

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, श्रावण २, २०८२
|
|
२८ पटक हेरिएको
Shares
वातावरणमैत्री सडक संरचना बनाउन सरकार लागेको छः मन्त्री दाहाल

सारांश

  • भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले वातावरणमैत्री सडक संरचना बनाउने कुरामा सरकारले ध्यान दिइरहेको बताउनुभएको छ ।
  • पूर्वाधार विकास समितिको शुक्रवारको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।
  • उहाँले संविधानले पनि र मन्त्रालयले पनि अपाङ्गमैत्री र वातावरणमैत्री सडक संरचना बनाउने कुरा गरेको भन्दै त्यसमा आफूहरु लागिरहेको उल्लेख गर्नुभयो ।

२ साउन, काठमाडौं ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले वातावरणमैत्री सडक संरचना बनाउने कुरामा सरकारले ध्यान दिइरहेको बताउनुभएको छ । पूर्वाधार विकास समितिको शुक्रवारको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले संविधानले पनि र मन्त्रालयले पनि अपाङ्गमैत्री र वातावरणमैत्री सडक संरचना बनाउने कुरा गरेको भन्दै त्यसमा आफूहरु लागिरहेको उल्लेख गर्नुभयो ।

ठाउँ ठाउँमा लिफ्टको व्यवस्था गर्ने, आकाशे पुल बनाउने कुरामा मन्त्रालयले योजनावद्ध रुपमा काम गरिरहेको बताउनु भयो ।  एड्भान्स लिफ्ट नै राख्ने प्रश्ताव दातासँग राखेको पनि बताउनु भयो । कतिपय ठाउँमा सडक विस्तारका लागि मुआब्जा दिनसक्ने अवस्था समेत नरहेको बताउनु भयो । मन्त्री दाहालले भन्नुभयो, ‘विस्तारै विस्तारै हामीले हाम्रो संविधानमा पनि र हाम्रो मन्त्रालयकै पनि वातावरणमैत्री, डिसेबलमैत्री सवारी संरचनाहरु बनाउनुपर्छ भन्ने छ । त्यो गर्दा हामीले लिफ्टको पनि कुरा अघि सारेका छौँ । ठाउँ ठाउँमा ज्येष्ठ नागरिकहरुको लागि लिफ्ट राखेर आकाशे पुलबाट क्रस गर्ने योजना छ ।

एड्भान्स लिफ्ट नै राख्ने प्रश्ताव गरेका छौँ । दातासँग अनुरोध गरेका छौँ । वसुन्धरा भन्दा अगाडि बनाउन किन सकिएन भने नेपाल सरकारले नसक्ने भयो । मुआब्जा दिन्छु भन्दा पनि नसक्ने अवस्था छ । त्यहाँ भन्दा उता नेपाल सरकारले नै बनाउने र ठाउँ ठाउँमा बनाइरहेको पनि छ । रकम थोरै भएकाले गति धिमा नै छ । कोटेश्वरसम्म नै जोड्नुपर्ने भएको छ ।’मन्त्री दाहालले काम अघि नबढिरहेको बेलामा समितिसँग छलफल हुनु राम्रो भएको बताउनु भयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

छुट्टाछुट्टै सवारी दुर्घटनामा ११ जनाको मृत्यु
छुट्टाछुट्टै सवारी दुर्घटनामा ११ जनाको मृत्यु
झुम्का कारागारबाट भागेका ५० कैदी धरानबाट पक्राउ
झुम्का कारागारबाट भागेका ५० कैदी धरानबाट पक्राउ
रूस–यूक्रेन शान्ति प्रस्तावमा ‘सकारात्मक संकेत’ भेटिएको ट्रम्पको दाबी
रूस–यूक्रेन शान्ति प्रस्तावमा ‘सकारात्मक संकेत’ भेटिएको ट्रम्पको दाबी
जेनजी शहिदको सपना साकार पार्न सरकार प्रतिबद्ध छ : मन्त्री घिसिङ
जेनजी शहिदको सपना साकार पार्न सरकार प्रतिबद्ध छ : मन्त्री घिसिङ
प्रधानमन्त्री कार्यालयको ६८ दरबन्दी काटिने
प्रधानमन्त्री कार्यालयको ६८ दरबन्दी काटिने
५ हजार ३०० कोटाको लागि कोरियन भाषा परीक्षाको आवेदन खुल्यो
५ हजार ३०० कोटाको लागि कोरियन भाषा परीक्षाको आवेदन खुल्यो
पूर्व शिक्षामन्त्री उपाध्यायको निधन
पूर्व शिक्षामन्त्री उपाध्यायको निधन
राष्ट्रिय सभामा आज पनि प्रधानमन्त्रीको अभिव्यक्तिमा विपक्षीको विरोध
राष्ट्रिय सभामा आज पनि प्रधानमन्त्रीको अभिव्यक्तिमा विपक्षीको विरोध
दुबई अन्तर्राष्ट्रिय विमानस्थल नजिक ड्रोन आक्रमण, इन्धन ट्याङ्कीमा आगलागी
दुबई अन्तर्राष्ट्रिय विमानस्थल नजिक ड्रोन आक्रमण, इन्धन ट्याङ्कीमा आगलागी
सभामुखले बोलाए अध्यादेशबारे छलफल गर्न प्रमुख सचेतकको बैठक
सभामुखले बोलाए अध्यादेशबारे छलफल गर्न प्रमुख सचेतकको बैठक