सरकार मर्‍यो,हामीलाई जुठो पर्‍यो ,तपाईंको हातमा तस्करले दिएको करोड पर्ने घडी ,मेरो हातमा चाहि हतकडी ?,रवि लामिछाने

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, कार्तिक २, २०८१
|
|
२७ पटक हेरिएको
Shares
सरकार मर्‍यो,हामीलाई जुठो पर्‍यो ,तपाईंको  हातमा तस्करले दिएको करोड पर्ने घडी ,मेरो हातमा चाहि हतकडी ?,रवि लामिछाने

सारांश

  • !
  • तपाईंको हातमा तस्करले दिएको करोड पर्ने घडी ,मेरो हातमा चाहि हतकडी ?
  • ?
२ कार्तिक,‍ यो,हामीलाई जुठो पर्यो !! तपाईंको हातमा तस्करले दिएको करोड पर्ने घडी ,मेरो हातमा चाहि हतकडी ??
तपाई विचौलियाको सेवा गरे बापत लाखौंको चस्मा र जुत्ता लगाउने, मुद्दा मैले खेपि दिनुपर्ने? तपाई प्रमाणित भ्रष्टाचारी बाट करोडौंको जग्गा खुल्लम खुल्ला लिने,मैले ठगीको आरोप खेपी दिनुपर्ने ।
तिमीहरु राज्यका भए भरको शक्ति लगाएर अनुसंधान गर्दापनि केही भेट्दैनौ अनि तिम्रो एउटा नेताको राजनीति जोगाउन र तिम्रो दुई तिहाइको सरकार जोगाइदिन म बली चड्नु पर्ने? तिमी र तिम्रा नेता मिलेर सहकारी बाट ८७ अर्ब अपचलन गर्ने, मैले सहकारी ठग भैदिनु पर्ने?
यति गरेपछी भाटभटिनीको इस्यु मोड्नपनि पाइयो। प्रमाण छ भन्ने युवा नेतालाई पनि भागेर हिड्न परेन। तर म कहिले भागेर हिडिन र हिड्दिन पनि।
ओली जी, भ्रष्टाचारी समाउन मैले प्रधानमन्त्रीको अफर लत्याए, तिनै भ्रष्टाचारी जोगाउन तपाईले त्यही अफर रातारात विचौलियालाई साक्षी राखेर लिनुभो।वाचा स्वरुप तपाईंले मेरो बली चडाउने सम्झौता त्यसै रात गर्नु भएको थियो।यो मलाई राम्रो सँग थाहा छ।तपाईको मन्त्रीमण्डल त्यसको साक्षात प्रमाण हो। तपाईहरुका दलका नेता /कार्यकर्ता प्रमाणित सहाकारी ठग हुन् । कोहि जेलमा छन् कोहि फरार छन् ।तपाईहरु तिनलाई जोगाउन लागिपर्नु भएको छ। अब तपाईहरु बाट पीडितले न्याय पाउदैनन् । त्यसैले अब सहकारी पीडितको आवाजको नेतृत्व हामी गर्छौ।
ठिक छ,म तपाईहरुको दिनगन्ती शुरु भएको खुशियालीमा कानुनलाई पुरै सघाउने प्रतिवद्द्ता ब्यक्त गर्दछु ।
नयाँ पुस्तालाई एक एक गर्दै सक्काउदै जाने तिमीहरुको कुनियतले तिमीहरुलाई चाडै रसातलमा पुर्याएको यो देशले चाडै देख्ने छ। शुरूवात तिमीहरुले गर्यौ,अन्त्य हामी गर्नेछौ, नेपाली जनताले गर्नेछन्, छिट्टै गर्नेछन्।
अहिलेलाई,सरकार मर्यो हामीलाई जुठो पर्यो। तर मलाई न्यायलय प्रती आशा र न्याय प्रेमी जनता प्रति भरोसा छ। प्रिय रास्वपा परिवारका साथीहरू, शिर ठाडो राख्नु होला। तपाईको सभापतिले कसैलाई ठगेको छैन।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रास्वपाको केन्द्रीय समितिको बैठक बस्दै
रास्वपाको केन्द्रीय समितिको बैठक बस्दै
झापामा क्षयरोगका सात सय नयाँ बिरामी
झापामा क्षयरोगका सात सय नयाँ बिरामी
नेपाल र बङ्गलादेशबीचकाे फाइनल खेल शुरू
नेपाल र बङ्गलादेशबीचकाे फाइनल खेल शुरू
आज विश्व प्रेस स्वतन्त्रता दिवस, राष्ट्रपति र उपराष्ट्रपतिले दिए शुभकामना
आज विश्व प्रेस स्वतन्त्रता दिवस, राष्ट्रपति र उपराष्ट्रपतिले दिए शुभकामना
करिब १७१ किलो गाँजासहित एकजना पक्राउ
करिब १७१ किलो गाँजासहित एकजना पक्राउ
नेपाली विद्यार्थीको मृत्यु प्रकरणः ओडिसा सरकारले कलेजका थप ४ जना अधिकृतलाई बयानमा बोलायो
नेपाली विद्यार्थीको मृत्यु प्रकरणः ओडिसा सरकारले कलेजका थप ४ जना अधिकृतलाई बयानमा बोलायो
एमालेलाई जग्गा दानविरुद्ध परेको रिट ‘हेर्न नमिल्ने’ मा
एमालेलाई जग्गा दानविरुद्ध परेको रिट ‘हेर्न नमिल्ने’ मा
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर, कुन देशको कति?
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर, कुन देशको कति?
१६ अर्ब लगानीमा बराह क्षेत्रदेखि धनकुटासम्म केबलकार बनाउन सम्भाव्यता अध्ययन सुरु
१६ अर्ब लगानीमा बराह क्षेत्रदेखि धनकुटासम्म केबलकार बनाउन सम्भाव्यता अध्ययन सुरु
इरान र अमेरिकाबीच वार्ताको प्रयासः इरानी विदेशमन्त्री पाकिस्तानमा
इरान र अमेरिकाबीच वार्ताको प्रयासः इरानी विदेशमन्त्री पाकिस्तानमा