जेनजी आन्दोलनलाई निर्वाचनको नारा र औजारको रुपमा प्रयोग गरियो : मिराज ढुंगाना

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, पौष २३, २०८२
|
|
४४ पटक हेरिएको
Shares
जेनजी आन्दोलनलाई निर्वाचनको नारा र औजारको रुपमा प्रयोग गरियो : मिराज ढुंगाना

सारांश

  • जेन–जी आन्दोलनका अभियन्ता मिराज ढुंगानाले जेनजी आन्दोलनलाई निर्वाचनको लागि नारा र औजारको रुपमा प्रयोग गरिएको बताएका छन् ।
  • बुधबार जेनजी विद्रोहपछिको वृहत अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले ७६ जनाको बलिदान, जलेको सिंहदरबार र न्यायालय सबै निर्वाचनको लागि नारा जस्तो भएको भन्दै यसरी देशले निकास नपाउने बताए ।
  • आन्दोलन धेरै भए, निर्वाचन पनि धेरै भए तर देशले निकास भने कहिले पनि नपाएको उनको भनाई छ ।

काठमाडौं ।

जेन–जी आन्दोलनका अभियन्ता मिराज ढुंगानाले जेनजी आन्दोलनलाई निर्वाचनको लागि नारा र औजारको रुपमा प्रयोग गरिएको बताएका छन् । बुधबार जेनजी विद्रोहपछिको वृहत अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले ७६ जनाको बलिदान, जलेको सिंहदरबार र न्यायालय सबै निर्वाचनको लागि नारा जस्तो भएको भन्दै यसरी देशले निकास नपाउने बताए ।

आन्दोलन धेरै भए, निर्वाचन पनि धेरै भए तर देशले निकास भने कहिले पनि नपाएको उनको भनाई छ । उनले भने, ‘देश निर्वाचन तर्फ जाँदैछ । यो आन्दोलनलाई चुनावी हतियार, नारा र औजार बनाएर म यो आन्दोलनको अपनत्व लिन्छु भन्दै हिनेको देखिन्छ । ७६ जनाको बलिदान, देशको सिंहदरबार जलेको, न्यायालय जलेको यी सबै निर्वाचनको लागि नारा जस्तो भए तर निकास कहिले पाउने त देशले, आन्दोलन धेरै भए नभएका होइनन्् । निर्वाचन पनि धेरै भए तर देशले निकास कहिले पनि पाएको छैन ।’ यस्तै, उनले निर्वाचनले बद्लाव ल्याउँछ भनेर अझ ५, १० वर्ष कुर्ने हो भने देशको अस्तित्व नै नरहने सम्भावना भएको भन्दै निर्वाचन अगाडि नै निकास एकदमै आवश्यक रहेको बताए ।

उनले भने, ‘अहिले पनि महिनामा ६५ हजार नेपाली देश छोडेर विदेशिनु परेको छ । यो निर्वाचनले कुनै खालको बद्लाव यो देशमा ल्याउँला भनेर अझ ५, १० वर्ष कुर्ने हो भने त्यो समयसम्म सायद देशको अस्तित्व नै रहला कि नरहला, नेपाली भए त नेपाल नेपाली नै सबै विदेशिन थालेपछि कसरी नेपाल हुन्छ । त्यसकारण निर्वाचन अगाडि नै निकास एकदमै आवश्यक छ ।’ सोही क्रममा प्राइम टिभिका सञ्चालक ऋषि धमलाले जेनजी आन्दोलनपछि बनेको सरकार र सरकारको प्रधानमन्त्री शुसीला कार्कीमाथि धेरैको आशा र भरोसा रहेको बताए ।

उनले भने, ‘जेनजी आन्दोलनपछि शुसीला कार्की देशको प्रधानमन्त्री बन्नु भयो र उहाँमाथि धेरैको आशा र भरोसा थियो । यो सरकारले भ्रष्टाचारीलाई कारबाही गर्छ, यो सरकारले सुशासन दिन्छ, यो सरकारले जेनजी जनविद्रोहलाई दबाउनेलाई कडा कारबाही गर्छ भन्ने जनताको चाहाना थियो ।’ आज जेनजी पुस्ताहरु दलिय राजनीतिमा लागेको उल्लेख गर्दै राजनीतिमा लागे पनि सबैले भदौ २३ र २४ गतेको कालो दिनलाई बिर्सिन नहुने पनि उनको भनाई छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्रीको भूमिका प्रभावकारी भएन : कांग्रेस प्रवक्ता महत
प्रधानमन्त्रीको भूमिका प्रभावकारी भएन : कांग्रेस प्रवक्ता महत
आजको मौसम : पहाडी र हिमाली भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना
आजको मौसम : पहाडी र हिमाली भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना
बढ्यो सुनको भाउ, तोलाको कति ?
बढ्यो सुनको भाउ, तोलाको कति ?
३६ वर्षसम्म सुरक्षाकर्मीलाई हतकडी लगाएको गृहमन्त्री गुरुङको टिप्पणी
३६ वर्षसम्म सुरक्षाकर्मीलाई हतकडी लगाएको गृहमन्त्री गुरुङको टिप्पणी
गुठीको जग्गामा स्थायी संरचना बनाउँदै प्रदेश सांसद यादव
गुठीको जग्गामा स्थायी संरचना बनाउँदै प्रदेश सांसद यादव
क्यारेबियन सागरमा ७.६ म्याग्निच्युडको शक्तिशाली भूकम्प
क्यारेबियन सागरमा ७.६ म्याग्निच्युडको शक्तिशाली भूकम्प
त्रिदेशीय टी-२० आई शृंखला : आज नेपाल र नेदरल्याण्डस् खेल्दै
त्रिदेशीय टी-२० आई शृंखला : आज नेपाल र नेदरल्याण्डस् खेल्दै
पर्सामा प्रधानमन्त्री अ‍ोलीलाई पहिर्‍याईयो १८० किलोको माला
पर्सामा प्रधानमन्त्री अ‍ोलीलाई पहिर्‍याईयो १८० किलोको माला
रौतहटमा पानीमा डुबेर ३ बालिकाको मृ*त्यु, ४ जनाको उद्धार
रौतहटमा पानीमा डुबेर ३ बालिकाको मृ*त्यु, ४ जनाको उद्धार
सविना मास्केलाई नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकको जिम्‍मेवारी
सविना मास्केलाई नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकको जिम्‍मेवारी
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध

नेपाली मिति लोड हुँदैछ...