जेनजी आन्दोलनलाई निर्वाचनको नारा र औजारको रुपमा प्रयोग गरियो : मिराज ढुंगाना

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, पौष २३, २०८२
|
|
१८ पटक हेरिएको
Shares
जेनजी आन्दोलनलाई निर्वाचनको नारा र औजारको रुपमा प्रयोग गरियो : मिराज ढुंगाना

सारांश

  • जेन–जी आन्दोलनका अभियन्ता मिराज ढुंगानाले जेनजी आन्दोलनलाई निर्वाचनको लागि नारा र औजारको रुपमा प्रयोग गरिएको बताएका छन् ।
  • बुधबार जेनजी विद्रोहपछिको वृहत अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले ७६ जनाको बलिदान, जलेको सिंहदरबार र न्यायालय सबै निर्वाचनको लागि नारा जस्तो भएको भन्दै यसरी देशले निकास नपाउने बताए ।
  • आन्दोलन धेरै भए, निर्वाचन पनि धेरै भए तर देशले निकास भने कहिले पनि नपाएको उनको भनाई छ ।

काठमाडौं ।

जेन–जी आन्दोलनका अभियन्ता मिराज ढुंगानाले जेनजी आन्दोलनलाई निर्वाचनको लागि नारा र औजारको रुपमा प्रयोग गरिएको बताएका छन् । बुधबार जेनजी विद्रोहपछिको वृहत अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले ७६ जनाको बलिदान, जलेको सिंहदरबार र न्यायालय सबै निर्वाचनको लागि नारा जस्तो भएको भन्दै यसरी देशले निकास नपाउने बताए ।

आन्दोलन धेरै भए, निर्वाचन पनि धेरै भए तर देशले निकास भने कहिले पनि नपाएको उनको भनाई छ । उनले भने, ‘देश निर्वाचन तर्फ जाँदैछ । यो आन्दोलनलाई चुनावी हतियार, नारा र औजार बनाएर म यो आन्दोलनको अपनत्व लिन्छु भन्दै हिनेको देखिन्छ । ७६ जनाको बलिदान, देशको सिंहदरबार जलेको, न्यायालय जलेको यी सबै निर्वाचनको लागि नारा जस्तो भए तर निकास कहिले पाउने त देशले, आन्दोलन धेरै भए नभएका होइनन्् । निर्वाचन पनि धेरै भए तर देशले निकास कहिले पनि पाएको छैन ।’ यस्तै, उनले निर्वाचनले बद्लाव ल्याउँछ भनेर अझ ५, १० वर्ष कुर्ने हो भने देशको अस्तित्व नै नरहने सम्भावना भएको भन्दै निर्वाचन अगाडि नै निकास एकदमै आवश्यक रहेको बताए ।

उनले भने, ‘अहिले पनि महिनामा ६५ हजार नेपाली देश छोडेर विदेशिनु परेको छ । यो निर्वाचनले कुनै खालको बद्लाव यो देशमा ल्याउँला भनेर अझ ५, १० वर्ष कुर्ने हो भने त्यो समयसम्म सायद देशको अस्तित्व नै रहला कि नरहला, नेपाली भए त नेपाल नेपाली नै सबै विदेशिन थालेपछि कसरी नेपाल हुन्छ । त्यसकारण निर्वाचन अगाडि नै निकास एकदमै आवश्यक छ ।’ सोही क्रममा प्राइम टिभिका सञ्चालक ऋषि धमलाले जेनजी आन्दोलनपछि बनेको सरकार र सरकारको प्रधानमन्त्री शुसीला कार्कीमाथि धेरैको आशा र भरोसा रहेको बताए ।

उनले भने, ‘जेनजी आन्दोलनपछि शुसीला कार्की देशको प्रधानमन्त्री बन्नु भयो र उहाँमाथि धेरैको आशा र भरोसा थियो । यो सरकारले भ्रष्टाचारीलाई कारबाही गर्छ, यो सरकारले सुशासन दिन्छ, यो सरकारले जेनजी जनविद्रोहलाई दबाउनेलाई कडा कारबाही गर्छ भन्ने जनताको चाहाना थियो ।’ आज जेनजी पुस्ताहरु दलिय राजनीतिमा लागेको उल्लेख गर्दै राजनीतिमा लागे पनि सबैले भदौ २३ र २४ गतेको कालो दिनलाई बिर्सिन नहुने पनि उनको भनाई छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भैरहवामा अलपत्र यात्रुलाई चार्टर विमानबाट काठमाडौं ल्याइँदै
भैरहवामा अलपत्र यात्रुलाई चार्टर विमानबाट काठमाडौं ल्याइँदै
जिल्ला प्रशासन कार्यालय धनुषाबाट सेवा प्रवाह सुरु
जिल्ला प्रशासन कार्यालय धनुषाबाट सेवा प्रवाह सुरु
बाराको सिमरामा बस दुर्घटना हुँदा १५ जना घाइते
बाराको सिमरामा बस दुर्घटना हुँदा १५ जना घाइते
कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ
कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ
नेपाललाई विकासशील राष्ट्र बनाउन आवश्यक तयारी सुरु
नेपाललाई विकासशील राष्ट्र बनाउन आवश्यक तयारी सुरु
प्रगतिशील लोकतान्त्रिक पार्टी जेनजी आन्दोलनकै उपज हो : डा. भट्टराई
प्रगतिशील लोकतान्त्रिक पार्टी जेनजी आन्दोलनकै उपज हो : डा. भट्टराई
विद्यादेवी भण्डारी एमालेमा फर्किन मिल्छ कि मिल्दैन पार्टीले निर्णय गर्छ: प्रधानमन्त्री ओली
विद्यादेवी भण्डारी एमालेमा फर्किन मिल्छ कि मिल्दैन पार्टीले निर्णय गर्छ: प्रधानमन्त्री ओली
माओवादीले आगामी चुनावमा तीन एजेण्डा उठाउने
माओवादीले आगामी चुनावमा तीन एजेण्डा उठाउने
१ लाख ४९ हजार भन्दाबढी निर्वाचन प्रहरीको आज बिदाई गरिँदै
१ लाख ४९ हजार भन्दाबढी निर्वाचन प्रहरीको आज बिदाई गरिँदै
म्यानमार छाडेर बङ्गलादेश भागिरहेका रोहिंग्यामाथि ड्रोन हमला, २०० भन्दा धेरैको मृत्यु
म्यानमार छाडेर बङ्गलादेश भागिरहेका रोहिंग्यामाथि ड्रोन हमला, २०० भन्दा धेरैको मृत्यु