गृहमन्त्री लेखकले पाथीभरा केबुलकार विवाद बारे तीन जिल्लाका सांसदहरुसँग छलफल गर्दै

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, माघ १५, २०८१
|
|
२५ पटक हेरिएको
Shares
गृहमन्त्री लेखकले पाथीभरा केबुलकार विवाद बारे तीन जिल्लाका सांसदहरुसँग छलफल गर्दै

सारांश

  • ताप्लेजुङस्थित पाथीभरा केबुलकारको विषयमा बढेको विवादले सिर्जना भएको तनाव कम गर्न गृहमन्त्री रमेश लेखकले छलफल थालेका छन् ।
  • गृहमन्त्री लेखकले मंगलबार ताप्लेजुङ, पाँचथर, इलाम र तेह्रथुमका सांसदहरुसँग छलफल गर्ने लागेका छन् ।
  • ताप्लेजुङबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सांसद लीलादेवी बोखिमले आफूहरूलाई साँझ ५ बजे छलफलका लागि गृह मन्त्रालयमा बोलाइएको जानकारी दिएकी छन् ।

 

काठमाडौँ । ताप्लेजुङस्थित पाथीभरा केबुलकारको विषयमा बढेको विवादले सिर्जना भएको तनाव कम गर्न गृहमन्त्री रमेश लेखकले छलफल थालेका छन् । गृहमन्त्री लेखकले मंगलबार ताप्लेजुङ, पाँचथर, इलाम र तेह्रथुमका सांसदहरुसँग छलफल गर्ने लागेका छन् ।

ताप्लेजुङबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सांसद लीलादेवी बोखिमले आफूहरूलाई साँझ ५ बजे छलफलका लागि गृह मन्त्रालयमा बोलाइएको जानकारी दिएकी छन् ।  पाथीभरा क्षेत्रमा निर्माण हुने केबलकारको विषयमा गत शनिबार ‘नो केबलकार’ पक्षधर र सुरक्षाकर्मीबीच झडप भएको थियो। झडपका क्रममा सुरक्षाकर्मीले चलाएको गोली लागेर घाएते भएका ‘नो केबलकार’ पक्षधरका ३ जनाको अहिले शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ ।

घाइते नेपाल प्रहरी र सशस्त्र प्रहरीका ७ जनाको ताप्लेजुङ जिल्ला अस्पतालमा उपचार भइरहेको छ । सुरक्षाकर्मीले आफूहरूमाथि ज्यादती गरेको भन्दै ‘नो केबलकार’ पक्षधरले आजबाट मेची राजमार्ग, तमोर करिडोर र तेह्रथुमबाट ताप्लेजुङ छिर्ने नाकामा अनिश्चितकालीन यातायात बन्दको आवह्वान समेत गरेका छन् । बन्दका कारण ताप्लेजुङमा यातायात प्रभावित भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?