आईसीयूमा क्यामेरा पुगेपछि प्रेस काउन्सिलको चासो

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, भाद्र २९, २०८३
|
|
६५ पटक हेरिएको
Shares
आईसीयूमा क्यामेरा पुगेपछि प्रेस काउन्सिलको चासो

सारांश

  • नेपाल प्रेस काउन्सिलले आईसीयूमा उपचाररत बिरामीसँग अन्तर्वार्ता लिइएको विषयमा अनुसन्धान थालेको छ।
  • काउन्सिलले सोमबार सूचना जारी गर्दै रसुवाको बाढीमा घाइते भई आईसीयूमा उपचाररत व्यक्तिसँग अन्तर्वार्ता लिइएको घटनाबारे अध्ययन तथा अनुगमन सुरु गरिएको जनाएको हो।
  • काउन्सिलका अनुसार माथिल्लो त्रिशूली–३ ए जलविद्युत् आयोजनाबाट १० दिनपछि उद्धार गरिएका व्यक्तिसँग आईसीयूभित्रै अन्तर्वार्ता लिएर ‘इन्साइड द बंकर’ युट्युब च्यानलमार्फत प्रसारण गरिएको सामग्रीबारे अनुसन्धान भइरहेको छ।

काठमाडौँ । नेपाल प्रेस काउन्सिलले आईसीयूमा उपचाररत बिरामीसँग अन्तर्वार्ता लिइएको विषयमा अनुसन्धान थालेको छ।

काउन्सिलले सोमबार सूचना जारी गर्दै रसुवाको बाढीमा घाइते भई आईसीयूमा उपचाररत व्यक्तिसँग अन्तर्वार्ता लिइएको घटनाबारे अध्ययन तथा अनुगमन सुरु गरिएको जनाएको हो।

काउन्सिलका अनुसार माथिल्लो त्रिशूली–३ ए जलविद्युत् आयोजनाबाट १० दिनपछि उद्धार गरिएका व्यक्तिसँग आईसीयूभित्रै अन्तर्वार्ता लिएर ‘इन्साइड द बंकर’ युट्युब च्यानलमार्फत प्रसारण गरिएको सामग्रीबारे अनुसन्धान भइरहेको छ। साथै, सगरमाथा क्षेत्रमा सम्पर्कविहीन भएका एक पदप्रदर्शकलाई उद्धार गरेपछि अस्पतालको आईसीयूबाटै अन्तर्वार्ता लिइएको विषयमा पनि जानकारी प्राप्त भएको काउन्सिलले जनाएको छ।

यस क्रममा सम्बन्धित सञ्चारकर्मी, अस्पताल र नेपाल मेडिकल काउन्सिललाई ध्यानाकर्षण पत्र पठाइएको काउन्सिलले जनाएको छ।

काउन्सिलले दुवै घटनाबारे पत्रकार आचारसंहिताको परिधिभित्र रहेर थप अध्ययन र अनुगमन भइरहेको उल्लेख गरेको छ। काउन्सिलका अनुसार अनुसन्धानको निष्कर्षपछि आवश्यक निर्णय गरिनेछ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?