हिन्दु अधिराज्य र राजसंस्था पुनस्र्थापना हाम्रो बटमलाइन : धवलशमशेर

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, श्रावण २१, २०८३
|
|
३३१ पटक हेरिएको
Shares
हिन्दु अधिराज्य र राजसंस्था पुनस्र्थापना हाम्रो बटमलाइन : धवलशमशेर

सारांश

  • जय नेपाल पार्टीका अध्यक्ष डा.
  • धवलशमशेर जबराले सनातन धर्म सापेक्ष हिन्दु अधिराज्य र अभिभावकीय भूमिकासहितको संवैधानिक राजसंस्थाको पुनस्र्थापना गर्ने बताएका छन् ।
  •   बिहीबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै जबराले नेपाल विविध जाति, जनजाति, भाषा र धर्मावलम्बीहरूको साझा देश भएकाले सबैलाई समेट्ने राजसंस्था आवश्यक रहेको दाबी गरे ।

 

काठमाडौं ।

जय नेपाल पार्टीका अध्यक्ष डा.धवलशमशेर जबराले सनातन धर्म सापेक्ष हिन्दु अधिराज्य र अभिभावकीय भूमिकासहितको संवैधानिक राजसंस्थाको पुनस्र्थापना गर्ने बताएका छन् ।  बिहीबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै जबराले नेपाल विविध जाति, जनजाति, भाषा र धर्मावलम्बीहरूको साझा देश भएकाले सबैलाई समेट्ने राजसंस्था आवश्यक रहेको दाबी गरे ।  उनले भने, ‘नेपाल विविधतामा एकता भएको देश हो । सबै जाति, जनजाति, धर्मवली सबैले राजसंस्थालाई मान्दै आएको परम्परा छ ।

राजसंस्था पाखा लगाउँदा देशको गति वा हालत के भयो भन्ने कुरा भन्नुपर्ने यहाँ छैन । त्यसकारण एउटा मियोको रुपमा वा एउटा अभिभावकको रुपमा राजसंस्थालाई पुनस्र्थापना गर्ने योजना हाम्रो छ ।’  राजसंस्था हटेपछि मुलुक राजनीतिक अस्थिरता र अव्यवस्थातर्फ गएको उनले बताए ।  उनले भने, ‘देश सबैको हो । हरेक देशको वा एउटा राष्ट्रको एउटा धर्म हुन्छ । क्रिश्चियनहरुको सयौँ वटा देश छन् । मुस्लिमहरुको ४७ वटा देश छन् । बुद्धिष्टहरुको ११ वटा देश छन् । विश्वमा एक अर्ब ५० करोड भन्दा बढी हिन्दुहरु छन् । त्यसमध्ये एकमात्र हिन्दु राज्य थियो त्यो नेताहरुले सिध्याइदिए ।’  उनले विश्वका विभिन्न देशहरूको धार्मिक पहिचान भएको उल्लेख गर्दै नेपाललाई पुनः हिन्दु राष्ट्रका रूपमा स्थापित गर्नुपर्ने बताए । उनले जय नेपाल पार्टीले शान्तिपूर्ण लोकतान्त्रिक प्रक्रियामार्फत—सडक आन्दोलन र संसदीय अभ्यास दुवै माध्यमबाट—हिन्दु अधिराज्य पुनस्र्थापनाका लागि अभियान सञ्चालन गर्ने बताए ।उनले देशको समृद्धिलाई पार्टीको अर्को प्रमुख प्राथमिकता बनाइएको जानकारी दिए ।  प्राकृतिक स्रोत–साधनको प्रभावकारी उपयोग गर्न सके नेपाल विश्वकै समृद्ध राष्ट्रमध्ये एक बन्न सक्ने सम्भावना रहेको उनले बताए ।  वर्तमान राजनीतिक नेतृत्वको गलत सोच र स्वार्थका कारण देश आर्थिक रूपमा पछाडि परेको आरोप लगाए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?