जीर्ण आयोजनाका ठेक्का काम नगर्ने व्यवसायीसँग मात्र तोडिनेः मन्त्री घिसिङ

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, आश्विन ५, २०८२
|
|
३२ पटक हेरिएको
Shares
जीर्ण आयोजनाका ठेक्का काम नगर्ने व्यवसायीसँग मात्र तोडिनेः मन्त्री घिसिङ

सारांश

  • ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकास मन्त्री कुलमान घिसिङले कुनै पनि निर्माण व्यवसायीप्रति पूर्वाग्रही भएर जीर्ण बनेका आयोजनाका ठेक्का तोडिने नसक्ने बताएका छन् ।
  • नेपाल निर्माण व्यवसायी महासङ्घका प्रतिनिधिसँग आइतबार भएको भेटमा मन्त्री घिसिङले वर्षौंसम्म काम नगरी आयोजना अलपत्र पार्ने व्यवसायीलाई भने कारबाही हुने चेतावनी दिए ।
  • “अनुमानित लागतभन्दा कम रकम कबोल गरेर आयोजना लिने तर काम नगर्ने प्रवृति व्यापक छ ।

 ५ असोज ,ठमाडौं ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकास मन्त्री कुलमान घिसिङले कुनै पनि निर्माण व्यवसायीप्रति पूर्वाग्रही भएर जीर्ण बनेका आयोजनाका ठेक्का तोडिने नसक्ने बताएका छन् ।
नेपाल निर्माण व्यवसायी महासङ्घका प्रतिनिधिसँग आइतबार भएको भेटमा मन्त्री घिसिङले वर्षौंसम्म काम नगरी आयोजना अलपत्र पार्ने व्यवसायीलाई भने कारबाही हुने चेतावनी दिए । “अनुमानित लागतभन्दा कम रकम कबोल गरेर आयोजना लिने तर काम नगर्ने प्रवृति व्यापक छ ।

बजेट छ, आयोजना तयारी अवस्थामा छ, सबै कुरा छ, तर किन काम हुँदैन ? यस्तो प्रवृत्ति अब सह्य हुँदैन,” मन्त्री घिसिङले भने । उनले विदेशमा उत्कृष्ट काम गर्ने नेपाली निर्माण व्यवसायीहरू देशभित्र भने असफल देखिनु दुःखद भएको उल्लेख गर्दै, तोकिएको समय र गुणस्तरमा आयोजना सम्पन्न गर्न आग्रह गरे । “निर्माण क्षेत्रमा अनियमितता र भ्रष्टाचार रहेको बुझाइ छ । अहिलेको सरकारले भ्रष्टाचार नियन्त्रणलाई प्राथमिकता दिएको छ, त्यसैले निर्माण व्यवसायीहरूले पनि यसमा साथ दिनुपर्छ,” उनले भने । महासङ्घका प्रतिनिधिहरूले यस अवसरमा निर्माण क्षेत्रका विद्यमान समस्याबारे ज्ञापनपत्र बुझाएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?