Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

जीर्ण आयोजनाका ठेक्का काम नगर्ने व्यवसायीसँग मात्र तोडिनेः मन्त्री घिसिङ

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, आश्विन ५, २०८२
|
|
४३ पटक हेरिएको
Shares
जीर्ण आयोजनाका ठेक्का काम नगर्ने व्यवसायीसँग मात्र तोडिनेः मन्त्री घिसिङ

सारांश

  • ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकास मन्त्री कुलमान घिसिङले कुनै पनि निर्माण व्यवसायीप्रति पूर्वाग्रही भएर जीर्ण बनेका आयोजनाका ठेक्का तोडिने नसक्ने बताएका छन् ।
  • नेपाल निर्माण व्यवसायी महासङ्घका प्रतिनिधिसँग आइतबार भएको भेटमा मन्त्री घिसिङले वर्षौंसम्म काम नगरी आयोजना अलपत्र पार्ने व्यवसायीलाई भने कारबाही हुने चेतावनी दिए ।
  • “अनुमानित लागतभन्दा कम रकम कबोल गरेर आयोजना लिने तर काम नगर्ने प्रवृति व्यापक छ ।

 ५ असोज ,ठमाडौं ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकास मन्त्री कुलमान घिसिङले कुनै पनि निर्माण व्यवसायीप्रति पूर्वाग्रही भएर जीर्ण बनेका आयोजनाका ठेक्का तोडिने नसक्ने बताएका छन् ।
नेपाल निर्माण व्यवसायी महासङ्घका प्रतिनिधिसँग आइतबार भएको भेटमा मन्त्री घिसिङले वर्षौंसम्म काम नगरी आयोजना अलपत्र पार्ने व्यवसायीलाई भने कारबाही हुने चेतावनी दिए । “अनुमानित लागतभन्दा कम रकम कबोल गरेर आयोजना लिने तर काम नगर्ने प्रवृति व्यापक छ ।

बजेट छ, आयोजना तयारी अवस्थामा छ, सबै कुरा छ, तर किन काम हुँदैन ? यस्तो प्रवृत्ति अब सह्य हुँदैन,” मन्त्री घिसिङले भने । उनले विदेशमा उत्कृष्ट काम गर्ने नेपाली निर्माण व्यवसायीहरू देशभित्र भने असफल देखिनु दुःखद भएको उल्लेख गर्दै, तोकिएको समय र गुणस्तरमा आयोजना सम्पन्न गर्न आग्रह गरे । “निर्माण क्षेत्रमा अनियमितता र भ्रष्टाचार रहेको बुझाइ छ । अहिलेको सरकारले भ्रष्टाचार नियन्त्रणलाई प्राथमिकता दिएको छ, त्यसैले निर्माण व्यवसायीहरूले पनि यसमा साथ दिनुपर्छ,” उनले भने । महासङ्घका प्रतिनिधिहरूले यस अवसरमा निर्माण क्षेत्रका विद्यमान समस्याबारे ज्ञापनपत्र बुझाएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुन्तलाको जुस बनाएर अतिरिक्त आम्दानी
सुन्तलाको जुस बनाएर अतिरिक्त आम्दानी
वडाध्यक्षको निधनको शोकमा तीन दिन राष्ट्रिय झण्डा आधा झुकाइने
वडाध्यक्षको निधनको शोकमा तीन दिन राष्ट्रिय झण्डा आधा झुकाइने
दुई समिति सभापतिले लिए शपथ
दुई समिति सभापतिले लिए शपथ
हिमपातले अवरुद्ध नाग्म-गमगढी सडक अझै खुलेन
हिमपातले अवरुद्ध नाग्म-गमगढी सडक अझै खुलेन
विद्युत् महसुल विवाद समाधान गर्न सरकारको स्वीकृति, २४ घन्टाभित्र उद्योगमा लाइन जोडिने
विद्युत् महसुल विवाद समाधान गर्न सरकारको स्वीकृति, २४ घन्टाभित्र उद्योगमा लाइन जोडिने
बजेटको बिरोधमा कांग्रेसकै सांसद, बाल्कोनीमा पुगेर उभिए
बजेटको बिरोधमा कांग्रेसकै सांसद, बाल्कोनीमा पुगेर उभिए
तुइन खोलामा खसेको सुख्खा पहिरो पन्छाएपछि मुग्लिन–नारायणगढ सडक सुचारु
तुइन खोलामा खसेको सुख्खा पहिरो पन्छाएपछि मुग्लिन–नारायणगढ सडक सुचारु
७ महिनामा ४५ करोडको सुपारी आयात, ८३ करोड राजस्व सङ्कलन
७ महिनामा ४५ करोडको सुपारी आयात, ८३ करोड राजस्व सङ्कलन
भारतीय अभिनेत्री शिल्पा शेट्टीविरुद्ध ६० करोड ठगीको आरोप, घन्टौं लिइयो बयान
भारतीय अभिनेत्री शिल्पा शेट्टीविरुद्ध ६० करोड ठगीको आरोप, घन्टौं लिइयो बयान
राष्ट्रियसभामा माओवादीले माग्यो गृहमन्त्रीको राजीनामा
राष्ट्रियसभामा माओवादीले माग्यो गृहमन्त्रीको राजीनामा