तुइन खोलामा खसेको सुख्खा पहिरो पन्छाएपछि मुग्लिन–नारायणगढ सडक सुचारु

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, बैशाख २५, २०८३
|
|
२०३ पटक हेरिएको
Shares
तुइन खोलामा खसेको सुख्खा पहिरो पन्छाएपछि मुग्लिन–नारायणगढ सडक सुचारु

सारांश

  • मुग्लिन–नारायणगढ सडक खण्ड अन्तर्गत इच्छा कामना गाउँपालिका–५ स्थित तुइनखोला नजिकै आज बिहान खसेको सुख्खा पहिरो पन्छाएपछि सडक दुवैतर्फ सुचारु भएको छ ।
  • बिहानै माथिबाट एक्कासि ढुङ्गासहितको ठुलो पहिरो खसेपछि यो व्यस्त सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको थियो ।
  • सडकमा पहिरो थुप्रिएपछि गन्तव्यतर्फ गुडिरहेका सवारी साधनहरू बिच बाटोमै रोकिएका थिए, जसका कारण यात्रीहरूले सास्ती खेप्नुपरेको थियो ।

 

२५ वैशाख, मुग्लिन।

मुग्लिन–नारायणगढ सडक खण्ड अन्तर्गत इच्छा कामना गाउँपालिका–५ स्थित तुइनखोला नजिकै आज बिहान खसेको सुख्खा पहिरो पन्छाएपछि सडक दुवैतर्फ सुचारु भएको छ । बिहानै माथिबाट एक्कासि ढुङ्गासहितको ठुलो पहिरो खसेपछि यो व्यस्त सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको थियो । सडकमा पहिरो थुप्रिएपछि गन्तव्यतर्फ गुडिरहेका सवारी साधनहरू बिच बाटोमै रोकिएका थिए, जसका कारण यात्रीहरूले सास्ती खेप्नुपरेको थियो ।

सडक डिभिजन कार्यालय भरतपुरका साइट सुपरभाइजर ईश्वर क्षेत्रीका अनुसार, पहिरो जानसाथ आवश्यक हेभी इक्विपमेन्ट र मेशिनहरू परिचालन गरिएको थियो । निरन्तरको प्रयासपछि सडकमा थुप्रिएको पहिरो हटाएर आवागमन पुन: सञ्चालनमा ल्याइएको हो । हाल सडक खुलेर सवारी साधनहरू आफ्नो गन्तव्यतर्फ लाग्न थालेका छन् । यद्यपि, सो क्षेत्रको भौगोलिक बनावटका कारण बेलाबेला सुख्खा पहिरो खस्ने जोखिम कायमै रहने हुनाले उक्त सडक खण्ड भएर यात्रा गर्ने चालक तथा यात्रीहरूलाई उच्च सावधानी अपनाउन सडक विभाग र स्थानीय प्रशासनले आग्रह गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?