धवनको अर्धशतकमा कर्णालीले काठमान्डुलाई दियो १५० रनको लक्ष्य

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, मंसिर १९, २०८१
|
|
२८ पटक हेरिएको
Shares
धवनको अर्धशतकमा कर्णालीले काठमान्डुलाई दियो १५० रनको लक्ष्य

सारांश

  • शिखर धवनले अर्धशतक प्रहार गरेपछि कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल)मा काठमान्डु गुर्खाजलाई १५० रनको लक्ष्य दिएको छ ।
  • कीर्तिपुरस्थित टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले २० ओभरमा ५ विकेट गुमाएर १४९ रन बनायो ।
  • धवनले ५१ बल खेल्दै ४ चौका र ५ छक्का मदतमा अविजित ७२ रन जोडे ।

१९ मंसिर, काठमाडौं । शिखर धवनले अर्धशतक प्रहार गरेपछि कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल)मा काठमान्डु गुर्खाजलाई १५० रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले २० ओभरमा ५ विकेट गुमाएर १४९ रन बनायो । धवनले ५१ बल खेल्दै ४ चौका र ५ छक्का मदतमा अविजित ७२ रन जोडे । एक छेउबाट सुरुदेखि नै विकेट गएपनि धवनले अर्को छेउबाट टिकेर इनिङ्स सम्हालेका थिए । धवनले छैटौं विकेटका लागि जिसान मक्सुदसँग अविजित ६५ रनको साझेदारी गरे ।

मक्सुदले ११ बल खेल्दै १ चौका मदतमा अविजित १४ रन जोडे । चाडविक वाल्टनले २१, बाबा रहायतले १३ र गुल्सन झा ले २ रन जोडे । अर्जुन घर्ती ४ रनमा आउट भए भने ओपनर देव खनालले खाता खोल्न सकेनन् । बलिङमा काठमाडौंका जेरार्ड एरासमसले २ तथा करण केसी, नाथन सोटर र दिपेश कँडेलले १-१ विकेट लिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गाउँपालिका महासंघ, नगरपालिका संघ र जीसस महासंघको आह्वान– संविधानसम्मत निकास खोजौं
गाउँपालिका महासंघ, नगरपालिका संघ र जीसस महासंघको आह्वान– संविधानसम्मत निकास खोजौं
‘ग्रे लिस्ट’ बाट बाहिरिन गरेका कामको प्रगति प्रधानमन्त्री कार्यालय पठाउनु पर्ने
‘ग्रे लिस्ट’ बाट बाहिरिन गरेका कामको प्रगति प्रधानमन्त्री कार्यालय पठाउनु पर्ने
दुर्गा प्रसाईंसहित सात जनालाई डिल्लीबजार कारागार पठाइयो
दुर्गा प्रसाईंसहित सात जनालाई डिल्लीबजार कारागार पठाइयो
चौतर्फि आलोचनापछि मधेसका आठ राज्यमन्त्री हटाइयो।
चौतर्फि आलोचनापछि मधेसका आठ राज्यमन्त्री हटाइयो।
६० किलो सुन तस्करी प्रकरणः जीवन चलाउनेसहित फरार प्रतिवादीलाई हाजिर हुन अदालतको सूचना
६० किलो सुन तस्करी प्रकरणः जीवन चलाउनेसहित फरार प्रतिवादीलाई हाजिर हुन अदालतको सूचना
मालपोत कार्यालय काभ्रेमा अख्तियारको छापा, नगदसहित मुद्दा फाँटका नासु नियन्त्रणमा
मालपोत कार्यालय काभ्रेमा अख्तियारको छापा, नगदसहित मुद्दा फाँटका नासु नियन्त्रणमा
आर्थिक वर्ष २०८२/०८३ को बजेट आज सार्वजनिक हुँदै
आर्थिक वर्ष २०८२/०८३ को बजेट आज सार्वजनिक हुँदै
हाम्रो लक्ष्य सुशासन र विकास केन्द्रित हुनुपर्छः प्रधानमन्त्री ओली
हाम्रो लक्ष्य सुशासन र विकास केन्द्रित हुनुपर्छः प्रधानमन्त्री ओली
पाँच किलाे अफिमसहित एक जना पक्राउ
पाँच किलाे अफिमसहित एक जना पक्राउ
चितवन २ बाट रास्वपा सभापति रवि लामिछाने विजयी
चितवन २ बाट रास्वपा सभापति रवि लामिछाने विजयी