मन्त्री गुप्ताको अडियो प्रकरणले संसदमा हंगामा, माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, आषाढ २९, २०८२
|
|
२६ पटक हेरिएको
Shares
मन्त्री गुप्ताको अडियो प्रकरणले संसदमा हंगामा, माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ

सारांश

  • नेकपा माओवादी केन्द्रका सांसदहरूले सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताको अडियो प्रकरणमा सरकारको जवाफ माग गरेका छन्।
  • प्रतिनिधिसभाको आइतबारको बैठकमा धारणा राख्दै माओवादी सांसदहरूले सामान्य प्रशासन मन्त्रीको घुससम्बन्धी अडियो प्रकरणमा सरकारको जवाफ माग गरेका हुन्।
  • माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले सामान्य प्रशासन मन्त्री र भूमि व्यवस्था मन्त्रीको घुस डीलसम्बन्धी समाचारहरू सार्वजनिक भएको भन्दै यसबारे प्रधानमन्त्रीले सदनमा जानकारी दिन माग गरे।

२९ असार, काठाडौं ।

नेकपा माओवादी केन्द्रका सांसदहरूले सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताको अडियो प्रकरणमा सरकारको जवाफ माग गरेका छन्। प्रतिनिधिसभाको आइतबारको बैठकमा धारणा राख्दै माओवादी सांसदहरूले सामान्य प्रशासन मन्त्रीको घुससम्बन्धी अडियो प्रकरणमा सरकारको जवाफ माग गरेका हुन्। माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले सामान्य प्रशासन मन्त्री र भूमि व्यवस्था मन्त्रीको घुस डीलसम्बन्धी समाचारहरू सार्वजनिक भएको भन्दै यसबारे प्रधानमन्त्रीले सदनमा जानकारी दिन माग गरे।

सुशासनका विषयमा सरकारले बलियो कलम चाल्नसमेत उनले माग गरे। त्यस्तै माओवादी केन्द्रकी सांसद रेखा शर्माले सामान्य प्रशासनमन्त्री र भूमि व्यवस्थामन्त्रीले कर्मचारी सरुवामा ७८ लाखको डील गरेको भन्ने समाचारहरू बाहिर आइरहेको भन्दै प्रधानमन्त्रीले सदनमा जानकारी गराउन माग गरिन्।उनले यस प्रकरण छानबिन गरी दोषी भेटिए कारबाही हुनुपर्ने उल्लेख गरिन्।

त्यस्तै माओवादी केन्द्रका अर्का सांसद सुदन किरातीले सुशासनका लागि भनेर बनेको सरकारको छातीमा कुशासनको तक्मा थपिएको जिकिर गरे। सामान्य प्रशासनमन्त्री र भूमि सुधारमन्त्रीको बारेमा सञ्चारमाध्यममा आएका विषयमा सरकारको तर्फबाट संसद्लाई सत्यतथ्य जानकारी गराउनुपर्ने उनले माग गरे। संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले कर्मचारी सरुवा रोक्न र नियुक्ति दिलाउन ७८ लाख घुसको डिल गरेको अडियो सार्वजनिक भएपछि प्रतिपक्षीले सरकारको जवाफ माग गरेको हो। यस विषयमा सत्तापक्ष दलबाट भने कुनै प्रतिक्रिया आएको छैन।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भन्सार नतिरेका २८ वटा भारतीय मोटरसाइकल बरामद
भन्सार नतिरेका २८ वटा भारतीय मोटरसाइकल बरामद
एयर इन्डिया विमान दुर्घटना : पूर्वमुख्यमन्त्रीसहित सबै २४२ यात्रुको मृत्यु
मिथिला माध्यमिकी परिक्रमा आज कञ्चन वन पुग्दै, आजैदेखि मिथिलाञ्चलमा होली सुरु
मिथिला माध्यमिकी परिक्रमा आज कञ्चन वन पुग्दै, आजैदेखि मिथिलाञ्चलमा होली सुरु
स्कटल्यान्डले ५ ओभरमा २४ रन बनाउँदा नेपालले लियो ५ विकेट
स्कटल्यान्डले ५ ओभरमा २४ रन बनाउँदा नेपालले लियो ५ विकेट
मधेश प्रदेशसभा बैठक तेस्रो दिन पनि अवरुद्ध- बजेट पुनर्लेखन गर्न माग
मधेश प्रदेशसभा बैठक तेस्रो दिन पनि अवरुद्ध- बजेट पुनर्लेखन गर्न माग
अखिल क्रान्तिकारीले असार १५ देखि देशव्यापी संघर्ष गर्ने, यस्ता छन् कार्यक्रम
अखिल क्रान्तिकारीले असार १५ देखि देशव्यापी संघर्ष गर्ने, यस्ता छन् कार्यक्रम
मन्त्री रावलले गरिन् सहकारी पीडितसँग प्रत्यक्ष छलफल
मन्त्री रावलले गरिन् सहकारी पीडितसँग प्रत्यक्ष छलफल
आज अन्तर्राष्ट्रिय योग दिवस मनाइँदै
आज अन्तर्राष्ट्रिय योग दिवस मनाइँदै
नाउपा दलको कार्यालयमा मधेश केन्द्रित ८ दलको बैठक
नाउपा दलको कार्यालयमा मधेश केन्द्रित ८ दलको बैठक
आज ६ वटा संसदीय समितिको बैठक बस्दै
आज ६ वटा संसदीय समितिको बैठक बस्दै