मन्त्री गुप्ताको अडियो प्रकरणले संसदमा हंगामा, माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, आषाढ २९, २०८२
|
|
३७ पटक हेरिएको
Shares
मन्त्री गुप्ताको अडियो प्रकरणले संसदमा हंगामा, माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ

सारांश

  • नेकपा माओवादी केन्द्रका सांसदहरूले सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताको अडियो प्रकरणमा सरकारको जवाफ माग गरेका छन्।
  • प्रतिनिधिसभाको आइतबारको बैठकमा धारणा राख्दै माओवादी सांसदहरूले सामान्य प्रशासन मन्त्रीको घुससम्बन्धी अडियो प्रकरणमा सरकारको जवाफ माग गरेका हुन्।
  • माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले सामान्य प्रशासन मन्त्री र भूमि व्यवस्था मन्त्रीको घुस डीलसम्बन्धी समाचारहरू सार्वजनिक भएको भन्दै यसबारे प्रधानमन्त्रीले सदनमा जानकारी दिन माग गरे।

२९ असार, काठाडौं ।

नेकपा माओवादी केन्द्रका सांसदहरूले सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताको अडियो प्रकरणमा सरकारको जवाफ माग गरेका छन्। प्रतिनिधिसभाको आइतबारको बैठकमा धारणा राख्दै माओवादी सांसदहरूले सामान्य प्रशासन मन्त्रीको घुससम्बन्धी अडियो प्रकरणमा सरकारको जवाफ माग गरेका हुन्। माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले सामान्य प्रशासन मन्त्री र भूमि व्यवस्था मन्त्रीको घुस डीलसम्बन्धी समाचारहरू सार्वजनिक भएको भन्दै यसबारे प्रधानमन्त्रीले सदनमा जानकारी दिन माग गरे।

सुशासनका विषयमा सरकारले बलियो कलम चाल्नसमेत उनले माग गरे। त्यस्तै माओवादी केन्द्रकी सांसद रेखा शर्माले सामान्य प्रशासनमन्त्री र भूमि व्यवस्थामन्त्रीले कर्मचारी सरुवामा ७८ लाखको डील गरेको भन्ने समाचारहरू बाहिर आइरहेको भन्दै प्रधानमन्त्रीले सदनमा जानकारी गराउन माग गरिन्।उनले यस प्रकरण छानबिन गरी दोषी भेटिए कारबाही हुनुपर्ने उल्लेख गरिन्।

त्यस्तै माओवादी केन्द्रका अर्का सांसद सुदन किरातीले सुशासनका लागि भनेर बनेको सरकारको छातीमा कुशासनको तक्मा थपिएको जिकिर गरे। सामान्य प्रशासनमन्त्री र भूमि सुधारमन्त्रीको बारेमा सञ्चारमाध्यममा आएका विषयमा सरकारको तर्फबाट संसद्लाई सत्यतथ्य जानकारी गराउनुपर्ने उनले माग गरे। संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले कर्मचारी सरुवा रोक्न र नियुक्ति दिलाउन ७८ लाख घुसको डिल गरेको अडियो सार्वजनिक भएपछि प्रतिपक्षीले सरकारको जवाफ माग गरेको हो। यस विषयमा सत्तापक्ष दलबाट भने कुनै प्रतिक्रिया आएको छैन।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जुवा खेल्दै गरेको आरोपमा काठमाडौं बाट ९ जना १० लाख रकम सहित पक्राउ
जुवा खेल्दै गरेको आरोपमा काठमाडौं बाट ९ जना १० लाख रकम सहित पक्राउ
बालेन शाहको स्टाटस : “केपी ओली इज टेरोरिस्ट”
बालेन शाहको स्टाटस : “केपी ओली इज टेरोरिस्ट”
प्रधानमन्त्री बालेन शाहलाई भारत भ्रमणको निम्तो
प्रधानमन्त्री बालेन शाहलाई भारत भ्रमणको निम्तो
पूर्वराष्ट्रपति भण्डारी र प्रवक्ता झाबीच भेटघाट
पूर्वराष्ट्रपति भण्डारी र प्रवक्ता झाबीच भेटघाट
पतञ्जली जग्गा प्रकरणमा प्रधानमन्त्रीबाट राजनीतिक प्रतिशोधको गन्ध आयो : प्रचण्ड
पतञ्जली जग्गा प्रकरणमा प्रधानमन्त्रीबाट राजनीतिक प्रतिशोधको गन्ध आयो : प्रचण्ड
पूर्वमन्त्री रायको हत्या छिमेकीकै योजनामा भएको खुलासा
पूर्वमन्त्री रायको हत्या छिमेकीकै योजनामा भएको खुलासा
काठमाडौं ३ मा घरदैलो गरेका मतदाता भन्छन : कुलमानले हारे देश हार्छ’
काठमाडौं ३ मा घरदैलो गरेका मतदाता भन्छन : कुलमानले हारे देश हार्छ’
सिरहा–उदयपुरका विकट बस्तीलाई जोड्ने कच्ची ‘ट्रयाक’ खुल्यो
सिरहा–उदयपुरका विकट बस्तीलाई जोड्ने कच्ची ‘ट्रयाक’ खुल्यो
बक्यौता असुली ठोस परिणाम तर्फ अग्रसर भएको ऊर्जा मन्त्री घिसिङको दाबी
बक्यौता असुली ठोस परिणाम तर्फ अग्रसर भएको ऊर्जा मन्त्री घिसिङको दाबी
थाइल्याण्डको लगातार तेस्रो जित, नेदरल्याण्ड्सलाई १७ रनले हरायो
थाइल्याण्डको लगातार तेस्रो जित, नेदरल्याण्ड्सलाई १७ रनले हरायो