मधेश सरकार : तीन दलबीच १५ बुँदे सहमति, चार मन्त्रीको शपथको तयारी

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, जेठ १२, २०८३
|
|
४०५ पटक हेरिएको
Shares
मधेश सरकार : तीन दलबीच १५ बुँदे सहमति, चार मन्त्रीको शपथको तयारी

सारांश

  • लामो रस्साकस्सीपछि मधेश प्रदेश सरकार विस्तार हुने भएको छ ।
  • सत्तारुढ नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्यनिस्ट पार्टीबीच १५ बुँदे सहमति भएपश्चात् मन्त्रिमण्डल विस्तारको तयारी थालिएको हो ।
  • नयाँ सहमतिअनुसार एमालेबाट तीन र नेकपाबाट एकसहित चार मन्त्रीले शपथ लिने तयारी गरिएको छ ।

१२ जेठ, जनकपुरधाम ।

लामो रस्साकस्सीपछि मधेश प्रदेश सरकार विस्तार हुने भएको छ । सत्तारुढ नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्यनिस्ट पार्टीबीच १५ बुँदे सहमति भएपश्चात् मन्त्रिमण्डल विस्तारको तयारी थालिएको हो । नयाँ सहमतिअनुसार एमालेबाट तीन र नेकपाबाट एकसहित चार मन्त्रीले शपथ लिने तयारी गरिएको छ ।

एमालेबाट बिना विभागीय मन्त्रीको शपथ लिएका मोहम्मद समिरलाई भौतिक पूर्वाधार मन्त्रालय जिम्मेवारी दिने तयारी छ  । यस्तै, एमालेबाटै शारदादेवी थापालाई श्रम तथा यातायात मन्त्रालय, लखन दासलाई समाज कल्याण तथा खेलकुद मन्त्रालय र मनोज सिंहलाई शिक्षा तथा संस्कृति मन्त्री नियुक्त गर्ने तयारी छ । नेकपाका संसदीय दलका नेता युवराज भट्टराईलाई अर्थ मन्त्रालय दिइने भएको छ । मुख्यमन्त्री कृष्णप्रसाद यादवले उनीहरूलाई मन्त्री नियुक्त गरेर केहीबेरमा शपथ खुवाउने तयारी गरेका छन् । यसअघि नेकपा रुष्ट हुँदा मन्त्रिमण्डल विस्तारको काम रोकिएको थियो । दुई दिनअघि मात्रै मन्त्रिमण्डल विस्तार अन्योल हुँदा एमालेबाट प्रस्तावित मन्त्रीहरू शपथका लागि आएपनि त्यत्तिकै फर्किएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

छानबिन समिति बनाउन रवि लामिछाने तयार, संसद‍्मा बोल्न पाउनुपर्ने सर्त
छानबिन समिति बनाउन रवि लामिछाने तयार, संसद‍्मा बोल्न पाउनुपर्ने सर्त
भाँडी खोलामा पहिरो खसेपछि मेची राजमार्ग अवरुद्ध
भाँडी खोलामा पहिरो खसेपछि मेची राजमार्ग अवरुद्ध
सुनको मूल्य हालसम्मकै उच्च, प्रतितोला कति पुग्यो ?
सुनको मूल्य हालसम्मकै उच्च, प्रतितोला कति पुग्यो ?
मन्त्री बनेपछि पुराना साथीहरूसँगको सम्बन्ध घट्यो, तनाव पनि बढ्यो : सञ्चारमन्त्री खरेल
मन्त्री बनेपछि पुराना साथीहरूसँगको सम्बन्ध घट्यो, तनाव पनि बढ्यो : सञ्चारमन्त्री खरेल
सानेपामा कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक
सानेपामा कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक
प्रधानन्यायाधीश नियुक्ति सिफारिस गर्न प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषद् बैठक
प्रधानन्यायाधीश नियुक्ति सिफारिस गर्न प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषद् बैठक
ईश्वर पोखरेल प्यानलबाट उपाध्यक्षमा विष्ट र उपमहासचिवमा भट्टराई विजयी
ईश्वर पोखरेल प्यानलबाट उपाध्यक्षमा विष्ट र उपमहासचिवमा भट्टराई विजयी
तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल
तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल
खहरेखोलाबाट आएको लेदोले बीपी राजमार्ग अवरुद्ध
खहरेखोलाबाट आएको लेदोले बीपी राजमार्ग अवरुद्ध
महिला तथा बालिकामाथिको हिंसा रोक्न माग गर्दै सिडियोमार्फत गृहमन्त्रीलाई ज्ञापन
महिला तथा बालिकामाथिको हिंसा रोक्न माग गर्दै सिडियोमार्फत गृहमन्त्रीलाई ज्ञापन