पत्रकार महासंघ सर्लाहीका अध्यक्ष ठाकुरलाई मातृशोक

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, माघ १३, २०८१
|
|
६४ पटक हेरिएको
Shares
पत्रकार महासंघ सर्लाहीका अध्यक्ष ठाकुरलाई मातृशोक

सारांश

  • नेपाल पत्रकार महासंघ सर्लाही शाखाका नवनिर्वाचित अध्यक्ष तथा कान्तिपुर दैनिकका संवाददाता ओमप्रकाश ठाकुरलाई मातृशोक परेको छ।
  • उनकी आमा वैदेही देवी ठाकुरको ७५ वर्षको उमेरमा हिजो साँझ निधन भएको छ।
  •   महाकुम्भ स्नानका लागि भारततर्फ जाँदै गर्दा मलंगवा नजिकै अचानक अस्वस्थ भएपछि उनलाई उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा पुर्याइएको थियो।

 

सर्लाही। नेपाल पत्रकार महासंघ सर्लाही शाखाका नवनिर्वाचित अध्यक्ष तथा कान्तिपुर दैनिकका संवाददाता ओमप्रकाश ठाकुरलाई मातृशोक परेको छ। उनकी आमा वैदेही देवी ठाकुरको ७५ वर्षको उमेरमा हिजो साँझ निधन भएको छ।

 

महाकुम्भ स्नानका लागि भारततर्फ जाँदै गर्दा मलंगवा नजिकै अचानक अस्वस्थ भएपछि उनलाई उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा पुर्याइएको थियो। तर, अस्पतालले उनलाई मृत घोषित गरेको परिवारिक स्रोतले जनाएको छ।

 

वैदेही देवीका एक छोरा र चार छोरी रहेका छन्। उनको शव पिपरियास्थित घरमा लगिएको छ, आज दिउँसो २ बजेपछि हिन्दू परम्पराअनुसार अन्त्येष्टि गरिने परिवारले जानकारी दिएको छ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?