कम्युनिस्टहरू निराश हुँदैनन्, जुनसुकै परिणामबाट शिक्षा लिन्छन्

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, आषाढ ६, २०८३
|
|
२२० पटक हेरिएको
Shares
कम्युनिस्टहरू निराश हुँदैनन्, जुनसुकै परिणामबाट शिक्षा लिन्छन्

सारांश

  • नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सहसंयोजक माधवकुमार नेपालले वर्तमान विश्व परिस्थितिलाई निराशा र सम्भावनाका दुवै पक्षबाट हेर्नुपर्ने बताएका छन् ।
  • नेपाल बुद्धिजीवी संगठनको एकता राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले केही मानिसले सबै कुरा बिग्रिएको भन्दै निराशाको प्रचार गरिरहेको उल्लेख गरे ।
  • अर्कोतर्फ, वास्तविक जटिलतालाई बेवास्ता गरेर केवल सकारात्मक पक्ष मात्रै हेर्ने प्रवृत्ति पनि रहेको उनको भनाइ थियो ।

 

काठमाडौं ।

नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सहसंयोजक माधवकुमार नेपालले वर्तमान विश्व परिस्थितिलाई निराशा र सम्भावनाका दुवै पक्षबाट हेर्नुपर्ने बताएका छन् । नेपाल बुद्धिजीवी संगठनको एकता राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले केही मानिसले सबै कुरा बिग्रिएको भन्दै निराशाको प्रचार गरिरहेको उल्लेख गरे । अर्कोतर्फ, वास्तविक जटिलतालाई बेवास्ता गरेर केवल सकारात्मक पक्ष मात्रै हेर्ने प्रवृत्ति पनि रहेको उनको भनाइ थियो । उनले भने, ‘अहिले हामी जुन विश्वमा बाँचेका छौं, जुन अवस्थामा उभिएका छौं, यसका दुईवटा पाटा छन् ।

कसैकसैले निराशा देखिरहेका छन्, सबै बर्बाद भयो भन्ने मात्र ठानिरहेका छन् । र उनीहरूले निराशाको प्रचार गरिरहेका छन् । अर्कोतर्फ निराशालाई वास्तै नगरी एउटै पाटोलाई मात्रै हेरेर चल्ने पनि प्रवृत्ति हुनसक्छ ।’  उनले आफूहरू द्वन्द्ववादी दृष्टिकोणमा विश्वास गर्ने भएकाले जटिलता र सम्भावना, निराशा र आशा दुवैलाई सँगसँगै विश्लेषण गर्ने बताए । निराशा चिर्नका लागि त्यसका कारण पहिचान गरी समाधान खोज्नुपर्नेमा जोड दिँदै उनले रोगको पहिचान नगरी उचित उपचार सम्भव नहुने उल्लेख गरे । वास्तविक अवस्था पहिला बुझ्न आवश्यक रहेको उनको भनाइ थियो । उनले भने, ‘हामी द्वन्द्ववादी हौं । जटिलतालाई पनि हेर्छौं, सम्भावनालाई पनि हेर्छौं। निराशालाई पनि हेर्छौं, आशालाई पनि हेर्छौं । निराशा कसरी चिर्नुपर्छ, त्यसको उपाय पनि खोज्छौं । पहिला रोग पत्ता लगाउनुपर्छ । रोग पत्ता लगाएनौं भने उचित उपचार दिन सक्दैनौं । वास्तविकता पहिला पत्ता लगाउनुपर्छ।’

यसैगरी उनले कम्युनिस्टहरू निराश नभई आशावादी भएर अगाडि बढ्नुपर्ने बताए । उनले कम्युनिस्ट आन्दोलन नेपालमा विभिन्न उथलपुथल र राजनीतिक उतारचढावका बीचबाट अघि बढेको उल्लेख गरे । विभिन्न राजनीतिक शक्तिहरूसँग प्रतिस्पर्धा गर्दै प्रतिगामी शक्तिहरूलाई चुनौती दिँदै नयाँ इतिहास रचना गर्ने काममा कम्युनिस्टहरूको महत्वपूर्ण भूमिका रहेको उनको भनाइ थियो ।

नेपालले कम्युनिस्ट आन्दोलनका क्रममा पछिल्ला वर्षहरूमा ठूला राजनीतिक परिवर्तनहरू देखिएको उल्लेख गर्दै विशेषगरी २०७९ सालको निर्वाचनपछि अप्रत्यासित परिणामहरू प्राप्त भएको बताए । उनका अनुसार २०८२ सालको निर्वाचनले समेत अपेक्षा विपरीत परिणाम दिएको छ, जसले पार्टीलाई गम्भीर शिक्षा दिएको छ ।

उनले अब पार्टीभित्र आत्मचिन्तन र मन्थन गर्नुपर्ने आवश्यकता रहेको बताए । कम्युनिस्टहरू आशावादी भएर सबै खालका चुनौतीको सामना गर्नुपर्नेमा जोड दिँदै उनले नेपालको सन्दर्भमा राजनीतिक प्रतिस्पर्धा र संघर्षबीच कम्युनिस्ट आन्दोलन अघि बढिरहेको धारणा व्यक्त गरे ।

उनले भने, ‘हामी कम्युनिस्टहरू निराश हुने होइन, आशावादी हुने हो । त्यो आशावादी भएर हामीले सबै खालका चुनौतीको सामना गर्ने हो। नेपालको सन्दर्भमा पनि चर्चा गर्ने हो भने धेरै उथलपुथलको बीचबाट उतारचढावको बीचबाट नेपालको कम्युनिस्ट आन्दोलन अगाडि बढेको छ । विभिन्न राजनीतिक शक्तिहरूसँग प्रतिस्पर्धा गर्दै प्रतिगामी शक्तिहरूलाई चुनौती दिँदै नयाँ इतिहास रचना गर्ने काममा पनि कम्युनिस्टहरूले नै महत्वपूर्ण भूमिका खेलेका छन्। यो सबै अवस्थाभित्र अहिले खासगरी २०७९ सालको निर्वाचनपश्चात निकै ठूलो परिवर्तन देखा परेको छ । अहिलेको ०८२ सालको चुनावले कल्पना नगरेको परिणाम प्राप्त गरेका छौं। यो हाम्रा लागि निकै ठूलो शिक्षा पनि हो । अब आफूभित्र आत्मचिन्तन र मन्थन गर्नुपर्ने आवश्यकता छ ।’

कार्यक्रममा उनले नेपाली समाजमा समयपालनको समस्या अझै कायम रहेको टिप्पणी पनि गरे । कार्यक्रममा समयमै उपस्थित हुने प्रतिबद्धता जनाएपनि धेरै बुद्धिजीवीहरू ढिला आउने गरेको भन्दै उनले यस्तो बानी सुधार्न आवश्यक रहेको बताए ।

बुद्धिजीवीहरूले ज्ञान, विज्ञान, प्रविधि र संगठनका क्षेत्रमा विश्वभरका उत्कृष्ट अनुभव र अभ्यासहरू आत्मसात गर्नुपर्ने उनको धारणा थियो । उनले विचारमा उत्कृष्ट, संगठनमा सुदृढ, कार्यशैलीमा प्रभावकारी र व्यवहारमा लोकप्रिय बन्ने दिशामा पार्टीलाई अघि बढाउन नेपाल बुद्धिजीवी संगठनले महत्वपूर्ण वैचारिक योगदान दिनुपर्ने बताए ।

संगठन निर्माण केवल नाम र समिति गठनमै सीमित हुन नहुने उल्लेख गर्दै उनले समितिका बैठक नियमित रूपमा बसे वा नबसेका, गहन छलफल भए वा नभएका तथा जिम्मेवारीको कार्यान्वयन र परिणामबारे समीक्षा हुनुपर्नेमा जोड दिए ।

यस्ता विषयमा अपेक्षित मूल्यांकन र समीक्षा हुन नसकेको भन्दै उनले संगठनात्मक गतिविधिलाई थप प्रभावकारी बनाउन आवश्यक रहेको बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सकुम्बासीको न्यायका लागि संघर्ष समितिद्वारा देशव्यापी आन्दोलनको घोषणा, नेपाल बन्दसम्म
सकुम्बासीको न्यायका लागि संघर्ष समितिद्वारा देशव्यापी आन्दोलनको घोषणा, नेपाल बन्दसम्म
एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै
एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै
वीरगञ्जमा निःशुल्क आँखा शिविर सञ्चालन
वीरगञ्जमा निःशुल्क आँखा शिविर सञ्चालन
बाढीले डाइभर्सन बगाउँदा नारायणगढ–बुटवल सडकखण्ड अवरुद्ध
बाढीले डाइभर्सन बगाउँदा नारायणगढ–बुटवल सडकखण्ड अवरुद्ध
यो वर्ष एसईईमा ५ लाख २२ हजार परीक्षार्थी, प्रश्नपत्र जिल्ला-जिल्लामा पठाइँदै
यो वर्ष एसईईमा ५ लाख २२ हजार परीक्षार्थी, प्रश्नपत्र जिल्ला-जिल्लामा पठाइँदै
सुरक्षाकर्मीलाई गृहमन्त्रीको निर्देशन : लागुऔषधको समस्या डरलाग्दो छ, नियन्त्रणमा लाग्नूस्
सुरक्षाकर्मीलाई गृहमन्त्रीको निर्देशन : लागुऔषधको समस्या डरलाग्दो छ, नियन्त्रणमा लाग्नूस्
काठमाडौंमा बसभित्र पाकेटमारी, समातिए १० युवा
काठमाडौंमा बसभित्र पाकेटमारी, समातिए १० युवा
कांग्रेसले सुदूरपश्चिम प्रदेश सभा बैठकमा अवरोध गर्ने
कांग्रेसले सुदूरपश्चिम प्रदेश सभा बैठकमा अवरोध गर्ने
महाकाली सिँचाइ तेस्रो चरणले गति लिँदै
महाकाली सिँचाइ तेस्रो चरणले गति लिँदै
सिरहाको नवराजपुर गाउँपालिकाका पूर्वअध्यक्ष-उपाध्यक्षसहित १३ विरुद्ध भ्रष्टाचार मुद्दा
सिरहाको नवराजपुर गाउँपालिकाका पूर्वअध्यक्ष-उपाध्यक्षसहित १३ विरुद्ध भ्रष्टाचार मुद्दा