अमेरिकामा बेपत्ता नर्स ममताका श्रीमानले अनलाइनमा खोजेका थिए- श्रीमती मृत्युको कति समयपछि विवाह गर्न मिल्छ ?

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, भाद्र ११, २०८१
|
|
२९ पटक हेरिएको
Shares
अमेरिकामा बेपत्ता नर्स ममताका श्रीमानले अनलाइनमा खोजेका थिए- श्रीमती मृत्युको कति समयपछि विवाह गर्न मिल्छ ?

सारांश

  • ’ भनेर अनलाइनमा सर्च गरेको पाइएको छ।
  • श्रीमती बेपत्ता पारेको आरोपमा  उनीबरुद्ध सोमबार मुद्दाको सुनुवाइ भएको थियो।
  • सुनुवाइका क्रममा मुद्दाका अभियोजकहरुले अमेरिकी सेक्रेट सर्विसले प्रमाण पेश गरेको बताएका छन्।

 

११ भदौ , काठमाडौं- अमेरिकामा बेपत्ता नर्स ममता काफ्लेका श्रीमान् नरेशदत्त भट्टले आफ्नो कम्प्युटरमा ‘श्रीमती मृत्युको कति समयपछि विवाह गर्न मिल्छ ?’ भनेर अनलाइनमा सर्च गरेको पाइएको छ। श्रीमती बेपत्ता पारेको आरोपमा  उनीबरुद्ध सोमबार मुद्दाको सुनुवाइ भएको थियो। सुनुवाइका क्रममा मुद्दाका अभियोजकहरुले अमेरिकी सेक्रेट सर्विसले प्रमाण पेश गरेको बताएका छन्। अमेरिकी सञ्चारमाध्यमका अनुसार भट्टले गत अप्रिलमा नै आफ्नो कम्प्युटरमा गुगल गरेका छन्,  ‘श्रीमती मृत्युको कति समयमा विवाह गर्न मिल्छ ? कर्जामा रहेकी श्रीमतीको मृत्युपछि के हुन्छ ?’ भट्ट नर्स श्रीमती काफ्लेको हत्याका लागि लामो समयदेखि तयारी गरिरहेको प्रमाणका रुपमा उक्त कुरालाई उल्लेख गरिएको छ। श्रीमती बेपत्ता पारेको प्रशस्त प्रमाण रहेको भन्दै उनलाई धरौटीमा छाड्न उनका वकिलले गरेको निवेदन  न्यायाधीशले सोमबार पनि खारेज  गरेका छन्। नर्स काफ्लेको शव अहिलेसम्म फेला परेको छैन र नरेश भट्टलाई हत्याको आरोप भने लगाइसकिएको छैन। उजुरीमा भने भट्टले श्रीमतीको हत्या गरेको उल्लेख  छ। 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?