सुनसरी घटना छानबिनका लागि ५ सदस्यीय समिति गठन

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, श्रावण ११, २०८३
|
|
७४ पटक हेरिएको
Shares
सुनसरी घटना छानबिनका लागि ५ सदस्यीय समिति गठन

सारांश

  • सरकारले सुनसरीको घटना छानबिनका लागि पाँच सदस्यीय समिति गठन गरेको छ ।
  • गृहमन्त्रालयका सहसचिव भुपेन्द्र थापाको संयोजकत्वमा ५ सदस्यीय समिति गठन भएको हो ।
  •  समितिलाई प्रतिवेदन बुझाउन एक हप्ताभित्र म्याद दिइएको छ ।

११ साउन, काठमाडौं ।

सरकारले सुनसरीको घटना छानबिनका लागि पाँच सदस्यीय समिति गठन गरेको छ । गृहमन्त्रालयका सहसचिव भुपेन्द्र थापाको संयोजकत्वमा ५ सदस्यीय समिति गठन भएको हो । समितिलाई प्रतिवेदन बुझाउन एक हप्ताभित्र म्याद दिइएको छ । सुनसरी घटनाबारे आजै साँझ ५ बजे केन्द्रीय सुरक्षा समितिको बैठक बोलाइएको छ ।

सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगन्जमा दुई समूहबीचको विवाद नियन्त्रणमा लिने क्रममा प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएपछि अहिले स्थानीय प्रशासनले कर्फ्यू आदेश जारी गरेको छ । सुनसरीको सो घटनापछि गृहमन्त्री सुधन गुरुङले सुरक्षा प्रमुखसँग मन्त्रालयमा छलफल आयोजना गरेका थिए । सोही छलफलपछि ५ सदस्यीय समिति गठन भएको हो । छलफलमा गृहमन्त्री गुरुङसहित नेपाल प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की र सशस्त्र प्रहरीका आईजीपी नारायणदत्त पौडेल लगायत सहभागी थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जनकपुरधामलाई ‘म्यारिज हव’को रुपमा विकास गर्नुपर्छः उपप्रधानमन्त्री सिंह
जनकपुरधामलाई ‘म्यारिज हव’को रुपमा विकास गर्नुपर्छः उपप्रधानमन्त्री सिंह
भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा नेपालगञ्जमा वाकाथन
भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा नेपालगञ्जमा वाकाथन
सुदूरपश्चिम प्रदेशको बजेट आज प्रस्तुत हुने
सुदूरपश्चिम प्रदेशको बजेट आज प्रस्तुत हुने
लागूऔषध ओसारपसारको अभियोगमा १६ जना पक्राउ
१० हजार मेगावाट बिजुली किन्ने भारतको घोषणा कार्यान्वयन चरणमा
१० हजार मेगावाट बिजुली किन्ने भारतको घोषणा कार्यान्वयन चरणमा
नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा पुन: कार्की
नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा पुन: कार्की
दिशाविहीन, नीतिविहीन र थितिविहीन राजनीति भइरहेको छ : ओली
दिशाविहीन, नीतिविहीन र थितिविहीन राजनीति भइरहेको छ : ओली
गृहमन्त्री लामिछानेविरुद्धको रिट हेर्न नमिल्नेमा
गृहमन्त्री लामिछानेविरुद्धको रिट हेर्न नमिल्नेमा
रवीन्द्र मिश्रलाई सातौं पटक म्याद थप्न अदालत लगियो, फोटो खिच्न रोक
रवीन्द्र मिश्रलाई सातौं पटक म्याद थप्न अदालत लगियो, फोटो खिच्न रोक
यू-१९ महिला टी-२० विश्‍वकपको ‘टिम अफ द टुर्नामेन्ट’मा परिन् पुजा
यू-१९ महिला टी-२० विश्‍वकपको ‘टिम अफ द टुर्नामेन्ट’मा परिन् पुजा