जीबीसहित साहारा सहकारीका १७ विरुद्ध मुद्दा दर्ता, साढे ३७ करोड मागदाबी

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, आश्विन ९, २०८१
|
|
२० पटक हेरिएको
Shares
जीबीसहित साहारा सहकारीका १७ विरुद्ध मुद्दा दर्ता, साढे ३७ करोड मागदाबी

सारांश

  • साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थामा भएको बचत रकम अपचलनबारे चितवन जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ ।
  • १७ जनालाई प्रतिवादी बनाउँदै सहकारी ठगी कसुरमा मुद्दा दर्ता भएको हो ।
  • प्रतिवादीमा सहकारीका संस्थापक अध्यक्ष जीबी राई, सागर केसी, हेमन्त राई, भुपेन्द्र राई, आशिष आनन्द, अनन्तबाबु राई, छत्रमणि भट्टराई, देवेन्द्रबाबु राई, दिनेश रोका, तीर्थराज लामिछाने, मनोज गुरुङ, दीपा न्यौपाने, शिवप्रसाद आचार्य, कुमार रम्तेल, वीरबहादुर रानाभाट, शरण विश्वकर्मा र थानबहादुर बुढामगर छन् ।

९ असोज, काठमाडौं । साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थामा भएको बचत रकम अपचलनबारे चितवन जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ ।

१७ जनालाई प्रतिवादी बनाउँदै सहकारी ठगी कसुरमा मुद्दा दर्ता भएको हो । प्रतिवादीमा सहकारीका संस्थापक अध्यक्ष जीबी राई, सागर केसी, हेमन्त राई, भुपेन्द्र राई, आशिष आनन्द, अनन्तबाबु राई, छत्रमणि भट्टराई, देवेन्द्रबाबु राई, दिनेश रोका, तीर्थराज लामिछाने, मनोज गुरुङ, दीपा न्यौपाने, शिवप्रसाद आचार्य, कुमार रम्तेल, वीरबहादुर रानाभाट, शरण विश्वकर्मा र थानबहादुर बुढामगर छन् । ४ सय ४६ बचतकर्ताको ३७ करोड ६५ लाख ८४ हजार ५ सय ४६ रुपैयाँ अपचलन भएको निष्कर्ष निकाल्दै मुद्दा दायर गरिएको हो ।

प्रतिवादीबाट बिगो असुल उपर गर्नुका साथै मुलुकी फौजदारी अपराध संहिताको दफा २४९ को ठगी गर्न नहुने कसुरको मुद्दा लगाउँदै ७ वर्षसम्म कैद र ७० हजार रुपैयाँसम्म जरिवानाको समेत मागदाबी गरिएको छ । त्यसैगरी गोरखा मिडियामा गएको रकमका हकमा भने अनुसन्धान गर्न बाँकी नै रहेकाले पूरक अभियोजन लैजाने बाटो खुला राखिएको छ । ‘साहारा सहकारीबाट गोरखा मिडियाको ग्लोबल

आईएमई बैंकको खातामा जम्मा भएको रकममध्ये ४७ करोड रुपैयाँ बराबर कारोबार के–कसरी को–कोसँग भएको हो, त्यसको विवरण माग गरिएकोमा प्राप्त नहुँदै अनुसन्धान प्रतिवेदन प्राप्त भएकाले उक्त कम्पनीको वर्तमान अवस्था, पदाधिकारी, सञ्चालक समिति लगायत बारे थप अनुसन्धान गर्नुपर्ने देखिन आयो । जसका कारण पूरक अनुसन्धान गरी पूरक अभियोजन पेस गरिने बेहोरा जानकारी गराइन्छ,’ अभियोगपत्रमा उल्लेख छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कोभिड र आपूर्ति सङ्कटबीच वित्तीय स्थायित्व जोगाउन सफल भएको गभर्नर अधिकारीको भनाइ
कोभिड र आपूर्ति सङ्कटबीच वित्तीय स्थायित्व जोगाउन सफल भएको गभर्नर अधिकारीको भनाइ
‘सत्यको पक्ष रोजेँ’ भन्दै पत्रकार राजिव खत्री रास्वपा प्रवेश
‘सत्यको पक्ष रोजेँ’ भन्दै पत्रकार राजिव खत्री रास्वपा प्रवेश
सार्वजनिक लेखा समितिको बैठक स्थगित
सार्वजनिक लेखा समितिको बैठक स्थगित
बर्दियाको समृद्धि विशेष प्राथमिकतामाः अध्यक्ष दाहाल
बर्दियाको समृद्धि विशेष प्राथमिकतामाः अध्यक्ष दाहाल
नवनिर्वाचित अध्यक्ष चौधरीले दिए सम्पूर्ण निर्माण व्यवसायीलाई धन्यवाद
नवनिर्वाचित अध्यक्ष चौधरीले दिए सम्पूर्ण निर्माण व्यवसायीलाई धन्यवाद
आजको मौसम पूर्वानुमान : देशभर आंशिकदेखि साधारणतया बदली रहने
आजको मौसम पूर्वानुमान : देशभर आंशिकदेखि साधारणतया बदली रहने
पोखरीमा डुबेर सिरहामा दुई बालकको मृत्यु
पोखरीमा डुबेर सिरहामा दुई बालकको मृत्यु
ओली, लेखक, खापुङमाथि १० वर्ष कैद सिफारिस तोकिएको कार्की आयोग प्रतिवेदन सार्वजनिक गर्ने तयारी
ओली, लेखक, खापुङमाथि १० वर्ष कैद सिफारिस तोकिएको कार्की आयोग प्रतिवेदन सार्वजनिक गर्ने तयारी
पछिल्लो २४ घण्टामै गाजामा भएको इजरायली आक्रमणमा ५२ प्यालेस्टिनीको मृ*त्यु
पछिल्लो २४ घण्टामै गाजामा भएको इजरायली आक्रमणमा ५२ प्यालेस्टिनीको मृ*त्यु
बेलायत प्रवास समिति गठनपछि कुलमानको अनुरोध : जनतामुखी र परिणाममुखी पार्टीमा भोट हाल्नुहोला
बेलायत प्रवास समिति गठनपछि कुलमानको अनुरोध : जनतामुखी र परिणाममुखी पार्टीमा भोट हाल्नुहोला