काठमाडौं महानगरको नगरसभा : स्वास्थ्य प्रवद्र्धन केन्द्रका लागि दरबन्दी स्वीकृत

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, पौष ११, २०८२
|
|
५५ पटक हेरिएको
Shares
काठमाडौं महानगरको नगरसभा : स्वास्थ्य प्रवद्र्धन केन्द्रका लागि दरबन्दी स्वीकृत

सारांश

  • काठमाडौं महानगरपालिकाको नगरसभाको १८औँ अधिवेशनले स्वास्थ्य सेवा विस्तार र संगठनात्मक सुधारसँग सम्बन्धित महत्त्वपूर्ण निर्णयहरू पारित गरेको छ ।
  • शुक्रबार सम्पन्न अधिवेशनमा महानगर प्रमुख बालेन शाहले नगरसभा सञ्चालन सम्बन्धी कार्यविधि ऐन २०७५ को दफा १६ बमोजिम विभिन्न प्रस्तावहरू स्वीकृत भएको घोषणा गरेका हुन् ।
  • नगरसभाले ४३ औँ नगर कार्यपालिकाबाट स्वीकृत स्वास्थ्य बीमा लागू भएका १० वटा स्वास्थ्य प्रवद्र्धन केन्द्रका लागि आवश्यक जनशक्ति व्यवस्थापनसम्बन्धी प्रस्ताव अनुमोदन गरेको हुन् ।

११ पुस, काठमााडौं ।

काठमाडौं महानगरपालिकाको नगरसभाको १८औँ अधिवेशनले स्वास्थ्य सेवा विस्तार र संगठनात्मक सुधारसँग सम्बन्धित महत्त्वपूर्ण निर्णयहरू पारित गरेको छ । शुक्रबार सम्पन्न अधिवेशनमा महानगर प्रमुख बालेन शाहले नगरसभा सञ्चालन सम्बन्धी कार्यविधि ऐन २०७५ को दफा १६ बमोजिम विभिन्न प्रस्तावहरू स्वीकृत भएको घोषणा गरेका हुन् । नगरसभाले ४३ औँ नगर कार्यपालिकाबाट स्वीकृत स्वास्थ्य बीमा लागू भएका १० वटा स्वास्थ्य प्रवद्र्धन केन्द्रका लागि आवश्यक जनशक्ति व्यवस्थापनसम्बन्धी प्रस्ताव अनुमोदन गरेको हुन् ।

यसअनुसार स्वास्थ्य प्रवद्र्धन केन्द्रहरूमा विभिन्न पदका लागि ३० जना तथा सफ्टवेयर विकास तथा सञ्चालनका लागि थप २० जना करार कर्मचारीको दरबन्दी स्वीकृत गरिएको छ । प्रस्तावलाई ध्वनी मतका आधारमा पारित गरिएको हो । ‘आजको बैठकको कार्यसूची क्रम संख्या ६ मा रहेको ४३ औँ कार्यपालिकाबाट स्विकृत भएका स्वास्थ्य बीमा लागू भएका १० वटा स्वास्थ्य प्रवद्र्धन केन्द्रहरुको लागि विभिन्न पदका लागि ३० जना सफ्ट वेयर विकास तथा सञ्चालनको लागि विभिन्न २० जना करार दरबन्दी अनुमोदन गर्ने प्रस्ताव स्वीकृत गर्ने निर्णयको लागि पेश गर्दछु,’ महानगर प्रमुख बालेनले भने, ‘हुन्छ भन्ने ध्वनी मतको आधारमा ४३ औँ कार्यपालिकाबाट स्वीकृत भएको करार दरबन्दी अनुमोदन गर्ने प्रस्ताव नगरसभा सञ्चालन सम्बन्धि कार्यविधि ऐन २०७५ को दफा १६ बमोजिम स्वीकृत भएको घोषणा गर्दछु ।’

यस्तै नगरसभाले काठमाडौं महानगरपालिकाको संगठन संरचना तथा दरबन्दी पुनरावलोकन गर्ने कार्यलाई अघि बढाउन नगर कार्यपालिकालाई अधिकार प्रत्यायोजन गर्ने प्रस्ताव पनि स्वीकृत गरेको छ । बाग्मती प्रदेश सरकारबाट जारी स्थानीय सेवा ऐनको दफा ५ बमोजिम गठित समितिबाट पेश हुने संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदनलाई नगर कार्यपालिकाबाट स्वीकृत गरी कार्यान्वयनमा ल्याउने अधिकार प्रदान गरिएको हो । नगरसभाबाट पारित यी निर्णयहरूले महानगरको स्वास्थ्य सेवा सुदृढीकरणसँगै प्रशासनिक संरचना थप व्यवस्थित हुने विश्वास लिइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सर्लाहीको मलंगवामा दिउँसै चोरी
सर्लाहीको मलंगवामा दिउँसै चोरी
मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप ७ दिन हिरासतमा राख्न प्रहरीको माग
मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप ७ दिन हिरासतमा राख्न प्रहरीको माग
मिटरब्याज पीडित र दुध किसानको समस्या समाधान नभए संसदको अर्को बैठक अवरुद्ध पार्छौंः अध्यक्ष लिङ्देन
मिटरब्याज पीडित र दुध किसानको समस्या समाधान नभए संसदको अर्को बैठक अवरुद्ध पार्छौंः अध्यक्ष लिङ्देन
तोकिएकै मितिमा निर्वाचन गर्न सरकार दृढ : गृहमन्त्री
तोकिएकै मितिमा निर्वाचन गर्न सरकार दृढ : गृहमन्त्री
एफ१ सफ्ट ग्रुपको प्रमुख बने विश्वास ढकाल, अध्यक्षमा सिद्धान्त
एफ१ सफ्ट ग्रुपको प्रमुख बने विश्वास ढकाल, अध्यक्षमा सिद्धान्त
करेन्ट लागेर चालकको मृ*त्यु : क्षतिपूर्तिको माग गर्दै रसुवा सडक खण्ड बन्द
करेन्ट लागेर चालकको मृ*त्यु : क्षतिपूर्तिको माग गर्दै रसुवा सडक खण्ड बन्द
८ महिनामा व्यापार घाटा नौ खर्बमाथि : भारतसँग मात्रै ५ खर्बको
८ महिनामा व्यापार घाटा नौ खर्बमाथि : भारतसँग मात्रै ५ खर्बको
सुशीला कार्की र दुर्गा प्रसाईंलाई विशेष सुरक्षासहित जङ्गीअड्डा लगियो
सुशीला कार्की र दुर्गा प्रसाईंलाई विशेष सुरक्षासहित जङ्गीअड्डा लगियो
मोरङको बेलबारीमा हात्ती मृत फेला
नेपाली जनताले लडेर ल्याएको अधिकार खोस्ने तागत कसैसँग छैन- प्रधानमन्त्री
नेपाली जनताले लडेर ल्याएको अधिकार खोस्ने तागत कसैसँग छैन- प्रधानमन्त्री