Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

नेपाली जनताले लडेर ल्याएको अधिकार खोस्ने तागत कसैसँग छैन- प्रधानमन्त्री

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, चैत्र १३, २०८१
|
|
४३ पटक हेरिएको
Shares
नेपाली जनताले लडेर ल्याएको अधिकार खोस्ने तागत कसैसँग छैन- प्रधानमन्त्री

सारांश

  • प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनताले लडेर ल्याएको अधिकार खोस्ने तागत कसैसँग नभएको स्पष्ट गर्नुभएको छ ।
  •  राष्ट्रिय युवा सङ्घ नेपालद्वारा आज आयोजित राष्ट्रिय स्वयंसेवक भेला, २०८१ लाई सम्बोधन गर्दै नेकपा (एमाले) का अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले युवा सङ्घसँग कति तागत छ भन्ने कुरा मान्छेहरुले आँकलन नै नगरेको भए देश र जनताको लागि परिआएमा यसले प्रतिगामी शक्तिसँग जस्तोसुकै मुकाविला गरेर पनि सक्षमता देखाउनुपर्ने बताउनुभयो ।
  • “हामीले लडेर ल्याएको अधिकार खोस्ने तागत कसैको छैन ।

 

काठमाडौँ, १३ चैत ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनताले लडेर ल्याएको अधिकार खोस्ने तागत कसैसँग नभएको स्पष्ट गर्नुभएको छ । राष्ट्रिय युवा सङ्घ नेपालद्वारा आज आयोजित राष्ट्रिय स्वयंसेवक भेला, २०८१ लाई सम्बोधन गर्दै नेकपा (एमाले) का अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले युवा सङ्घसँग कति तागत छ भन्ने कुरा मान्छेहरुले आँकलन नै नगरेको भए देश र जनताको लागि परिआएमा यसले प्रतिगामी शक्तिसँग जस्तोसुकै मुकाविला गरेर पनि सक्षमता देखाउनुपर्ने बताउनुभयो ।

“हामीले लडेर ल्याएको अधिकार खोस्ने तागत कसैको छैन । यो कुरा अझ राम्रोसँग युवाहरुले बताउन सक्छ । देशलाई कसैले अप्ठ्यारोमा पार्न खोजेमा युवा सङ्घले बाघले झम्टिए झैँ झम्टन्छ ।”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “स्वयंसेवाको यो क्रियाकलाप राम्रो थालनी हो । यस शक्तिलाई व्यवस्थित र मर्यादितरुपमा परिचालन गर्नुस् । पहिलाको युथ फोर्स जस्तै । यो एउटा निसस्त्र स्थायी टोली होस्, कोही प्रतिगामी शक्ति टाउको जुधाउन आएमा वा विकास विरोधीहरुले हाम्रा काममा अवरोध खडा गरेमा सशक्त प्रतिवाद गरोस् ।

”प्रधानमन्त्री ओलीले सरकारले एउटा कर्मचारीलाई हटाउँदा केहीले छाति पिटिपिटी रोएको टिप्पणी गर्दै प्रधानमन्त्रीले जवाफ दिइरहनुनपर्ने स्पष्ट गर्नुभयो । “प्रधानमन्त्रीले जवाफ दिइसक्यो । एउटा हटायो, अर्काे नियुक्ति गर्यो । सक्कियो । त्यही हो जवाफ । उहाँहरुलाई सहयोग हुने उहाँहरुले जो भन्यो त्यही नियुक्ति गर्ने हाम्रो काम हो्इन ।” प्रधानमन्त्री ओलील् यही चैत १८ गतेभित्र अध्यादेशहरुलाई प्रतिस्थापन विधेयक ल्याएर पारित गर्नुपर्ने अवस्थामा त्यसलाई रोक्न विपक्षीले सदन अवरोधको काम थालेकामा चिन्ता व्यक्त गर्नुभयो ।

विपक्षीलाई आग्रह गर्दै प्रधानमन्त्रीले भन्नुभयो, “यति सस्तो, यति हल्का र यति उत्ताउलो नहुनुस् तपाईँहरु । प्रधानमन्त्रीका सवालमा जथाभावी नबोल्नुस् । आखिर तपाईँहरु चिसै पानीले नुहाउनुपर्छ । हामी न मात्तिछौँ । न आत्तिन्छौँ । धैर्यपूवर्क अगाडि बढ्छौँ ।” कार्यक्रममा एमालेका महासचिव शङ्कर पोखरेल, जनसङ्गठन समन्वय संयन्त्रका प्रमुख भानुभक्त ढकाल, पोलिटब्युरो सदस्य महेश बस्नेत, सङ्घका अध्यक्ष क्षितिज थेबेलगायतले राष्ट्रिय स्वयंसेवक अभियानको आवश्यकताबारे मन्तव्य दिनुभएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आफ्नै श्रीमतीलाई घाँटी थिचेर हत्या गरेको अभियोगमा, श्रीमान् पक्राउ
आफ्नै श्रीमतीलाई घाँटी थिचेर हत्या गरेको अभियोगमा, श्रीमान् पक्राउ
सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ हुँदै
सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ हुँदै
नीति तथा कार्यक्रमलाई रचनात्मक सुझावसहित समर्थन गर्ने कांग्रेसको निर्णय
नीति तथा कार्यक्रमलाई रचनात्मक सुझावसहित समर्थन गर्ने कांग्रेसको निर्णय
प्रतिनिधिसभाको बैठक बस्दै
प्रतिनिधिसभाको बैठक बस्दै
नेकपा बहुमत निकट अखिल क्रान्तिकारी र प्रहरीबीच माइतीघरमा घम्साघम्सी, केही पक्राउ
नेकपा बहुमत निकट अखिल क्रान्तिकारी र प्रहरीबीच माइतीघरमा घम्साघम्सी, केही पक्राउ
ड्रोन निर्माण गर्ने कम्पनीमा आ*गलागी, कम्तीमा २२ जनाको मृ*त्यु
ड्रोन निर्माण गर्ने कम्पनीमा आ*गलागी, कम्तीमा २२ जनाको मृ*त्यु
बीपी राजमार्गमा सवारी सञ्चालनमा रोक
बीपी राजमार्गमा सवारी सञ्चालनमा रोक
कात्तिक कृष्ण औंसी : धन धान्यकी देवी लक्ष्मी पूजा
कात्तिक कृष्ण औंसी : धन धान्यकी देवी लक्ष्मी पूजा
भानुआटुमा भूकम्पका कारण मृत्यु हुनेको सङ्ख्या १४ पुग्यो, २ सय जना घाइते
भानुआटुमा भूकम्पका कारण मृत्यु हुनेको सङ्ख्या १४ पुग्यो, २ सय जना घाइते
प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र बुझाउँदै एकीकृत समाजवादी
प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र बुझाउँदै एकीकृत समाजवादी