फतुवा विजयपुर नगरपालिकाको सार्वजनिक अनुरोध!
 फतुवा विजयपुर नगरपालिकाको सार्वजनिक अनुरोध!

आज कोजाग्रत पूर्णिमा : दसैं बिदाइ, लक्ष्मीको स्वागत

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, कार्तिक ९, २०८३
|
|
९४ पटक हेरिएको
Shares
आज कोजाग्रत पूर्णिमा : दसैं बिदाइ, लक्ष्मीको स्वागत

सारांश

  • आज कोजाग्रत पूर्णिमा, बडादसैं बिदा गरी लक्ष्मीको स्वागत गरेर मनाइँदै छ ।
  • कोजाग्रत पूर्णिमाको अवसरमा आज रातभरि जाग्राम बसी धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरिन्छ ।
  • आजको दिनदेखि नै १५ दिन लामो दुर्गा पक्ष अर्थात् नेपालीहरूको महान् चाड बडादसैं समाप्त हुन्छ ।

 

८ कात्तिक, काठमाडौं ।

आज कोजाग्रत पूर्णिमा, बडादसैं बिदा गरी लक्ष्मीको स्वागत गरेर मनाइँदै छ । कोजाग्रत पूर्णिमाको अवसरमा आज रातभरि जाग्राम बसी धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरिन्छ । आजको दिनदेखि नै १५ दिन लामो दुर्गा पक्ष अर्थात् नेपालीहरूको महान् चाड बडादसैं समाप्त हुन्छ । आज साँझ दूर्गाको एक रूप महालक्ष्मीको पूजाआराधना गरी रातभरि जाग्राम बस्ने गरिन्छ । यसो गरे लक्ष्मी घरमा प्रवेश गरी धनधान्यले सम्पन्न बनाउँछिन् भन्ने धार्मिक विश्वास छ ।

लक्ष्मीपूजाको १५ दिनअघि पर्ने कोजाग्रत पूर्णिमाको दिन महालक्ष्मीको आराधना गरिने भएकाले यस पर्वको विशेष महत्त्व छ । यस पूर्णिमालाई कौमुदी पनि भनिन्छ ।

आश्विन शुक्ल दशमी अर्थात् विजयादशमीदेखि सुरु भएको टीका र जमरा लगाउने क्रम आश्विन शुक्ल पूर्णिमा अर्थात् कोजाग्रत पूर्णिमाका दिन समाप्त हुन्छ ।

आज बेलुकी अखिल (सबै) बलि पूर्ति नभएसम्म देवीको प्रसादको रूपमा दसैंको टीका र जमरा लगाउनु शास्त्रसम्मत हुने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

बिहानै दसैंघरका सम्पूर्ण फूलप्रसाद जमराको अवशेष नजिकको नदी, तलाउ, पोखरी आदि तीर्थस्थलमा लगेर विसर्जन गरिन्छ ।

भोलिदेखि कात्तिक स्नान सुरु हुने र आकाशदीप दान गर्ने प्रचलन छ । यसलाई दसैंको बिदा र तिहारको तयारीका रूपमा पनि लिने  गरिन्छ ।

आश्विन शुक्ल पूर्णिमादेखि कात्तिक शुक्ल पूर्णिमासम्म कात्तिक स्नान गरी घरघरमा विशेष रूपमा गरिने तुलसी पूजा पनि आजदेखि नै सुरु हुन्छ । कात्तिक स्नान गर्नेले आजदेखि कात्तिक शुक्ल पूर्णिमासम्म दुई दल भएका मास, मुगी, मुसुरो, चना, भटमास आदि अन्न खान नहुने शास्त्रीय मान्यता छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

७५ जिल्लामा पुर्‍याइयो निर्वाचन सामग्री र मतपत्र
७५ जिल्लामा पुर्‍याइयो निर्वाचन सामग्री र मतपत्र
नारायणहिटीमा सभा गर्न नपाएपछि राजावादीहरूको आन्दोलन बालुवाटारतिर सोझियो
नारायणहिटीमा सभा गर्न नपाएपछि राजावादीहरूको आन्दोलन बालुवाटारतिर सोझियो
अर्थमन्त्री खनाल र अमेरिकी उच्च अधिकारीहरूबीच छुट्टाछुट्टै भेटवार्ता
अर्थमन्त्री खनाल र अमेरिकी उच्च अधिकारीहरूबीच छुट्टाछुट्टै भेटवार्ता
खेलकुद विकासका लागि चीनले दियो ठूलो रकमको खेल सामग्री
खेलकुद विकासका लागि चीनले दियो ठूलो रकमको खेल सामग्री
यातायात कार्यालय कलैयामा आठ करोड बढी राजस्व संकलन
यातायात कार्यालय कलैयामा आठ करोड बढी राजस्व संकलन
बीमा प्राधिकरणको अध्यक्ष नियुक्तिका लागि सिफारिस समिति गठन
बीमा प्राधिकरणको अध्यक्ष नियुक्तिका लागि सिफारिस समिति गठन
कर्मचारीमाथि दुर्व्यवहारको आरोपमा वडाध्यक्ष प्रहरी नियन्त्रणमा
कर्मचारीमाथि दुर्व्यवहारको आरोपमा वडाध्यक्ष प्रहरी नियन्त्रणमा
भोलिदेखि बजेट अधिवेशन- सरकारको नीति कार्यक्रम प्रस्तुत हुने
भोलिदेखि बजेट अधिवेशन- सरकारको नीति कार्यक्रम प्रस्तुत हुने
हवाई साधनमार्फत २३ जनाको उद्धार
हवाई साधनमार्फत २३ जनाको उद्धार
बंगलादेशमा हिन्दुमाथि भएको हत्याको विरोधमा प्रदर्शन, पूर्व–पश्चिम राजमार्ग अवरुद्ध
बंगलादेशमा हिन्दुमाथि भएको हत्याको विरोधमा प्रदर्शन, पूर्व–पश्चिम राजमार्ग अवरुद्ध