जेनजीका माग पूरा नभए चुनाव हुन नदिने सुदन गुरुङको चेतावनी

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, कार्तिक २०, २०८२
|
|
३५ पटक हेरिएको
Shares
जेनजीका माग पूरा नभए चुनाव हुन नदिने सुदन गुरुङको चेतावनी

सारांश

  • ‘हामी नेपाल’का संस्थापक सुदन गुरुङले गृहमन्त्री ओमप्रकाश अर्यालविरुद्ध कडा कदम चाल्ने चेतावनी दिएका छन् ।
  • उनले गृहमन्त्रीलाई लक्षित गर्दै कडा शब्दमा आलोचना समेत गरेका छन् ।
  • सामाजिक सञ्जालमार्फत उनले गृहमन्त्रीले जनताको भरोसा तोडेका आरोप लगाउँदै तत्काल कदम चाल्न चेतावनी दिएका हुन् ।

२० कात्तिक, काठमाडौं ।

‘हामी नेपाल’का संस्थापक सुदन गुरुङले गृहमन्त्री ओमप्रकाश अर्यालविरुद्ध कडा कदम चाल्ने चेतावनी दिएका छन् । उनले गृहमन्त्रीलाई लक्षित गर्दै कडा शब्दमा आलोचना समेत गरेका छन् । सामाजिक सञ्जालमार्फत उनले गृहमन्त्रीले जनताको भरोसा तोडेका आरोप लगाउँदै तत्काल कदम चाल्न चेतावनी दिएका हुन् । गुरुङले भनेका छन्, ‘तपाईंले जनताको भरोसा पूरा गर्न सक्नुभएको छैन ।

देशभर ‘हत्यारालाई कारबाही गर’, ‘भ्रष्टाचारीलाई कारबाही गर’ भन्ने आवाज उठ्दा पनि तपाईं ‘जेनजीलाई कारबाही’ भन्ने आवाज मात्र सुन्ने गृहमन्त्री बन्नुभयो । यो राष्ट्रप्रतिको अपमान हो ।’ उनले गृहमन्त्रीलाई शहीदको बलिदान, नेपाली जनताको आशा र आँसु सम्झन आग्रह गरेका छन् । उनले भनेका छन्, ‘काम गर्न नसके पद छोड्ने वाचा गर्नुभएको थियो । अब त्यो समय आएको छ । किनभने दुई महिना भइसक्दा पनि न भ्रष्टाचारविरुद्ध कारबाही भएको छ, न हत्यारा विरुद्ध कारवाही गरिएको छ ।’

गुरुङले आफू र आफ्ना सहकर्मीहरू राष्ट्रहितका लागि लडिरहेको बताउँदै लेखेका छन्, ‘देशको हितको लागि लड्दा मैले भ्रामक समाचार, चरित्र हत्या र अपमान सहनु प¥यो । म सोच्थें—कामले बोल्छ । तर अब तपाईंबाट आशा हराइसकेको छ ।’ यसैगरी उनले जेनजीका माग पूरा नभएसम्म चुनाव हुन नदिने चेतावनी समेत दिएका छन् । उनले चेतावनी दिंदै भनेका छन्, ‘यदी नेपाली जनता र जेनजीका मागहरू सम्बोधन भएनन् भने यसपालीको चुनाव हुन दिइने छैन । अझै पनि गृहमन्त्रीको पदमा टाँसेर बस्नुभयो भने दुई दिनपछिको प्रेस कन्फ्रेन्सले तपाईंको भविष्य निर्धारण गर्नेछ ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गभर्नर पौडेलप्रति ज्ञानेन्द्र शाहीको कटाक्ष : चुनाव हरुवा कार्यकर्ता गभर्नर बन्ने
गभर्नर पौडेलप्रति ज्ञानेन्द्र शाहीको कटाक्ष : चुनाव हरुवा कार्यकर्ता गभर्नर बन्ने
एकतामात्रै गरेर हुँदैन, पार्टी सुदृढ बनाऔं : नारायणकाजी श्रेष्ठ
एकतामात्रै गरेर हुँदैन, पार्टी सुदृढ बनाऔं : नारायणकाजी श्रेष्ठ
खुर्सानी खोलामा सडक भत्किएपछि पूर्वपश्चिम राजमार्ग अवरुद्ध
खुर्सानी खोलामा सडक भत्किएपछि पूर्वपश्चिम राजमार्ग अवरुद्ध
नेपाल फार्मा एक्स्पो सम्पन्न : नेपाली औषधिले भारत र बंगलादेशसँग प्रतिस्पर्धा गर्न सक्ने
नेपाल फार्मा एक्स्पो सम्पन्न : नेपाली औषधिले भारत र बंगलादेशसँग प्रतिस्पर्धा गर्न सक्ने
मधेश प्रदेशका मुख्यमन्त्री यादवको गतिविधि रोक्का गर्न युवा संगठनहरुको माग
मधेश प्रदेशका मुख्यमन्त्री यादवको गतिविधि रोक्का गर्न युवा संगठनहरुको माग
दसौँपटक बिहारको मुख्यमन्त्री पदमा आज शपथ खाँदै नितिश कुमार
दसौँपटक बिहारको मुख्यमन्त्री पदमा आज शपथ खाँदै नितिश कुमार
जेनजी आन्दोलनमा राज्य पक्षबाट भएको दमनको जिम्मेवारी लिन्नँ : रमेश लेखक
जेनजी आन्दोलनमा राज्य पक्षबाट भएको दमनको जिम्मेवारी लिन्नँ : रमेश लेखक
कमला सिचाईको मुल समितिमा निर्बिरोध अध्यक्षमा यादव विजय
कमला सिचाईको मुल समितिमा निर्बिरोध अध्यक्षमा यादव विजय
प्रधानमन्त्री ओलीसँग ओमानका विदेशमन्त्रीको शिष्टाचार भेट
प्रधानमन्त्री ओलीसँग ओमानका विदेशमन्त्रीको शिष्टाचार भेट
एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै
एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै