गभर्नर पौडेलप्रति ज्ञानेन्द्र शाहीको कटाक्ष : चुनाव हरुवा कार्यकर्ता गभर्नर बन्ने

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, जेठ ७, २०८२
|
|
३० पटक हेरिएको
Shares
गभर्नर पौडेलप्रति ज्ञानेन्द्र शाहीको कटाक्ष : चुनाव हरुवा कार्यकर्ता गभर्नर बन्ने

सारांश

  •   राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता ज्ञानेन्द्र शाहीले नवनियुक्त गभर्नर विश्व पौडेलका प्रति कटाक्ष गरेका छन्।
  • पौडेललाई ‘चुनाव हरुवा’को संज्ञा दिँदै शाहीले कार्यकर्ता गभर्नर बनेको बताएका छन्।
  • ‘अझै पनि देश बन्छ भनेर पत्याइदिनुपर्ने।

 

७ जेठ, काठमाडौं । 

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता ज्ञानेन्द्र शाहीले नवनियुक्त गभर्नर विश्व पौडेलका प्रति कटाक्ष गरेका छन्। पौडेललाई ‘चुनाव हरुवा’को संज्ञा दिँदै शाहीले कार्यकर्ता गभर्नर बनेको बताएका छन्। ‘अझै पनि देश बन्छ भनेर पत्याइदिनुपर्ने। चुनाव हारेको हरुवा कार्यकर्ता गभर्नर बन्ने,’ शाहीले फेसबूकमा लेखेका छन्। पौडेल  मंगलबार मात्रै नेपाल राष्ट्र बैंकको १८औं गभर्नर नियुक्त भएका छन्।

उनी प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसको कोटाबाट गभर्नर नियुक्त भएका हुन्। उनी पछिल्लो संसदीय निर्वाचनमा चितवन क्षेत्र नं. १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का हरि ढकालसँग पराजित भएका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?