कोशीमा २८ सिटका लागि ५०५ उम्मेदवार, झापा बन्यो चुनावी ‘इपिसेन्टर’

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, माघ ७, २०८२
|
|
२४ पटक हेरिएको
Shares
कोशीमा २८ सिटका लागि ५०५ उम्मेदवार, झापा बन्यो चुनावी ‘इपिसेन्टर’

सारांश

  • आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा देशभरका अन्य स्थानको तुलनामा कोशी प्रदेशको राजनीतिक माहोल थप तातिएको छ ।
  • २८ वटा निर्वाचन क्षेत्र रहेको प्रदेशमा ५०५ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
  • प्रदेश निर्वाचन कार्यालय विराटनगरका प्रमुख चोलाराज दंगालका अनुसार अन्तिम नामावली प्रकाशनपछि उम्मेदवारको संख्या घटबढ हुन सक्ने भए पनि प्रारम्भिक तथ्यांकअनुसार यति नै उम्मेदवारी दर्ता भएको हो ।

 

७ माघ, विराटनगर ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा देशभरका अन्य स्थानको तुलनामा कोशी प्रदेशको राजनीतिक माहोल थप तातिएको छ । २८ वटा निर्वाचन क्षेत्र रहेको प्रदेशमा ५०५ जनाले उम्मेदवारी दर्ता गराएका छन् । प्रदेश निर्वाचन कार्यालय विराटनगरका प्रमुख चोलाराज दंगालका अनुसार अन्तिम नामावली प्रकाशनपछि उम्मेदवारको संख्या घटबढ हुन सक्ने भए पनि प्रारम्भिक तथ्यांकअनुसार यति नै उम्मेदवारी दर्ता भएको हो । विशेष गरी सहरी र राजनीतिक रूपमा संवेदनशील क्षेत्रहरूमा उम्मेदवारको चाप बढी देखिएको छ । सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ मा मात्रै ३४ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

सुनसरीका चारै निर्वाचन क्षेत्रमा गरी कुल ११० जना उम्मेदवार मैदानमा छन् । सुनसरी क्षेत्र नम्बर १ मा धरान उपमहानगरपालिकाका पूर्वमेयर हर्कराज राईसहित प्रतिस्पर्धा हुँदैछ । सुनसरी–४ मा नेपाली कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्की र नेकपा एमालेका जगदीश कुसियतमाझ मुख्य टक्कर हुने देखिएको छ । यसअघि सो क्षेत्रमा कार्की विजयी भएका थिए । मोरङ र झापा राजनीतिक केन्द्रमा, झापा बन्यो ‘इपिसेन्टर’
प्रदेश राजधानी विराटनगर समेटिएको मोरङका ६ निर्वाचन क्षेत्रबाट ११८ जनाले उम्मेदवारी दिएका छन् । मोरङमा नेपाली कांग्रेसका प्रभावशाली नेताहरू डा. शेखर कोइराला, महामन्त्री गुरुराज घिमिरे र डा. सुनिल शर्मासहित प्रतिस्पर्धामा छन् । उता झापाका ५ निर्वाचन क्षेत्रमा ९० जनाले उम्मेदवारी दर्ता गराएका छन् । तीमध्ये क्षेत्र नम्बर ५ सबैभन्दा बढी चर्चामा छ । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीबाट बालेन्द्र साह (बालेन) को उम्मेदवारीले यो क्षेत्र राष्ट्रिय राजनीतिमै बहसको केन्द्र बनेको छ ।

दुवै दलले आफ्ना उम्मेदवारलाई भावी प्रधानमन्त्रीका रूपमा प्रस्तुत गरेपछि यहाँ एकजनाको हार निश्चित हुने छ । यही कारण झापा–५ लाई यसपटकको निर्वाचनको ‘इपिसेन्टर’का रूपमा हेरिएको छ । झापाकै क्षेत्र नम्बर २ मा पूर्वसभामुख देवराज घिमिरे र उपसभामुख इन्दिरा राना मगर मैदानमा छन् भने क्षेत्र नम्बर ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन उम्मेदवार छन् । पहाड र हिमालमा पनि चुनावी चासो प्रदेश निर्वाचन कार्यालयका अनुसार उदयपुरका दुई निर्वाचन क्षेत्रमा कुल ३१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । कोशी प्रदेशका पहाडी तथा हिमाली जिल्लामा पनि प्रतिस्पर्धा कमजोर देखिएको छैन । उपलब्ध तथ्यांकअनुसार ताप्लेजुङमा १३, पाँचथरमा १५, इलामका दुई निर्वाचन क्षेत्रमा २७, संखुवासभामा १६, तेह्रथुममा १२, भोजपुरमा १२, धनकुटामा १८, सोलुखुम्बुमा १२, खोटाङमा १५ र ओखलढुंगामा १६ जनाले उम्मेदवारी दिएका छन् । प्रदेश सभाबाट राजीनामा दिएर प्रतिनिधिसभा निर्वाचनमा यसैबीच झापा निर्वाचन क्षेत्र नम्बर ४ (२) बाट राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रदेश सभा सदस्य भक्ति प्रसाद सिटौलाले आफ्नो पदबाट राजीनामा दिएर प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दर्ता गराएका छन् । उनले राप्रपाकै तर्फबाट झापा–४ मा उम्मेदवारी दिएका हुन् । कोशी प्रदेश सभा सचिवालयका अनुसार सिटौलाले सभामुखसमक्ष राजीनामा पेश गरी सनाखत गराइसकेका छन् । राजीनामा स्वीकृत भएसँगै सो क्षेत्रको प्रदेश सभा सदस्य पद रिक्त भएको छ । उम्मेदवारी दर्ता प्रक्रिया शान्तिपूर्ण रूपमा सम्पन्न भएको निर्वाचन कार्यालयले जनाएको छ । अब उजुरी, छानबिन र अन्तिम नामावली प्रकाशनपछि औपचारिक चुनावी प्रचारले तीव्रता पाउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कर्मचारीमाथि प्रधानमन्त्रीको कडाइ : ४५ दिनमै ४ हजार १८८ जनालाई कारबाही सिफारिस
कर्मचारीमाथि प्रधानमन्त्रीको कडाइ : ४५ दिनमै ४ हजार १८८ जनालाई कारबाही सिफारिस
रास्वपा संसदमा प्रवेश गरेसँगै सदन हेर्न र सुन्नलायक भएको छः डोलप्रसाद अर्याल
रास्वपा संसदमा प्रवेश गरेसँगै सदन हेर्न र सुन्नलायक भएको छः डोलप्रसाद अर्याल
ओली सरकारलाई फोहोर उठाउनेहरूको पाप लाग्ला : सांसद् ज्ञानेन्द्र शाही
ओली सरकारलाई फोहोर उठाउनेहरूको पाप लाग्ला : सांसद् ज्ञानेन्द्र शाही
प्रकाश तामाङलाई चार दिन भित्रमै नागरिकता दिन प्रधानमन्त्री ओलीको निर्देशन;
प्रकाश तामाङलाई चार दिन भित्रमै नागरिकता दिन प्रधानमन्त्री ओलीको निर्देशन;
२ सन्देश बोकेर आएका थिए भाजपा विदेश विभाग प्रमुख चौथाइवाले
२ सन्देश बोकेर आएका थिए भाजपा विदेश विभाग प्रमुख चौथाइवाले
झापामा डेंगुबाट एक बालिकाको मृ*त्यु, ५५ बिरामीको उपचार जारी
झापामा डेंगुबाट एक बालिकाको मृ*त्यु, ५५ बिरामीको उपचार जारी
झापामा बस दुर्घटना हुँदा ११ जना घाइते, चालक पक्राउ
झापामा बस दुर्घटना हुँदा ११ जना घाइते, चालक पक्राउ
आज फेरी बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुदैछ कारोबार ?
आज फेरी बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुदैछ कारोबार ?
आमाको नामबाट नागरिकता पाइने भएपछि रेखा थापाले दिइन् गृहमन्त्री लेखकलाई धन्यवाद
आमाको नामबाट नागरिकता पाइने भएपछि रेखा थापाले दिइन् गृहमन्त्री लेखकलाई धन्यवाद
जल यातायातलाई व्यवस्थित र सुरक्षित बनाउन पानीजहाज विधेयक आवश्यकः मन्त्री दाहाल
जल यातायातलाई व्यवस्थित र सुरक्षित बनाउन पानीजहाज विधेयक आवश्यकः मन्त्री दाहाल